×

NMB BANK
NIC ASIA

नेपाली रेल चढ्ने सपना बल्ल पूरा

चैत २०, २०७८

NTC
फाइल फोटो
Premier Steels

विगत ३ वर्षदेखि पटक–पटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पूरा भएको हो । 

Muktinath Bank

नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दिवास रेलमार्ग निर्माण तथा विस्तार आयोजना शुरू भएपछि २०७० माघ १७ गतेदेखि रेल सेवा बन्द भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

८ वर्ष २ महिनापछि विधिवत रूपमा रेल सञ्चालन भएको आफ्नै आँखाले हेर्न शनिवार हजारौं सर्वसाधारण बिहानैदेखि जनकपुर रेल्वे स्टेसनमा भेला भएका थिए ।


Advertisment
Nabil box
Kumari

प्रचण्ड गर्मीका बाबजुद स्कूले छात्रछात्रा घण्टौं लाइनमा उभिएर पाहुनाको स्वागत गर्न रेल्वे स्टेसनमा आएका थिए । सर्वसाधारणको भीड व्यवस्थापन गर्न जनपद र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

Vianet communication

अपराह्न पौने ३ बजे पाहुना सहितको रेल जनकपुर रेल्वे स्टेसन पुग्दा सर्वसाधारणले जयघोष गरेर पाहुनालाई स्वागत गरेका थिए । नियमित रूपमा रेल सञ्चालनमा आएपछि महोत्तरी विजलपुराका रामपुजन महराले रेल चढी जयनगरसम्म घुमेर आउने योजना आफूले बनाएको बताए ।

उनले भने, ‘मैले सुनेको यो रेल जनकपुर–कुर्थाबाट एकपटक बिहान जयनगर जान्छ रे ! साँझ फेरि फर्किन्छ । त्यसैले म बिहानै रेल चढेर जयनगर जान्छु, साँझ फर्किन्छु भन्ने योजनाका साथ जनकपुर रेल्वे स्टेसनमा आइपुगेको छु ।’ उनले आफू यसअघि कहिल्यै रेल नचढेको पनि बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा शनिवार भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै आइतवारदेखि नियमित रेल सेवा सञ्चालन भएको छ । दैनिक २ पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

आइतवारदेखि नै तालिका अनुसार नियमित रेल सञ्चालन भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए । झाका अनुसार दिनको २ पटक आउने र २ पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उनले जानकारी दिए ।
 
यसरी दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि छुट्ने रेल बिहान १० बजे कुर्था स्टेसन पुग्नेछ भने पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने महाप्रबन्धक झाले बताए । जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ ।
 
रेल चढ्न पहिचान खुल्ने कागजात अनिवार्य 

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए ।

सुरक्षा र खुल्ला सीमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले बताए ।

१० देखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटो सहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

नेपाली रेल चढ्न भारतीय नागरिकले पनि भारत सरकारद्वारा जारी वैध राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र वा कुनै आईडी कार्ड अनिवार्य बोक्नु पर्ने छ ।

कति छ रेल सेवाको भाडादर ?

जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको भाडादर कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४५० भाडा निर्धारण गरिएको छ । जयनगर–कुर्थासम्मको दूरी करीब ३५ किलोमिटर छ ।

यस्तो छ नेपालमा रेल्वेको इतिहास

विक्रम संवत् १९८४ (ई.१९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेलवे नेपालको पहिलो रेल्वे सेवा हो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेल्वे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगञ्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्न पैदल यात्रा गर्थे । उक्त रेलसेवा विक्रम संवत् २०२२ मा बन्द भयो । 

नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विक्रम संवत् १९९४ सालमा दोस्रो रेलका रूपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम (कोइलाबाट चल्ने) इन्जिनले सञ्चालन भइरहेको थियो । 

जयनगर–जनकपुर–बिजलपुरा रेल्वे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बोगी) पनि बनाइएको थियो । यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रूपमा सञ्चालन हुन थाल्यो । शुरूमा कोइलाबाट चल्ने रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो ।

८ वर्षअघिसम्म धनुषाको पूर्वीदक्षिणी भेगलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रूपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर)मा सीमित हुन पुग्यो ।

नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौताअनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दिवास रेलमार्ग निर्माण तथा विस्तार आयोजना शुरू भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भयो ।

अहिले रेलमार्ग सुधार गरी जाने नेपाल र भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो । – अजयकुमार साह/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x