कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
झापामा जमेका शरमान गिरी हङकङमा जन्मेका हुन् । उनका बुवा पहलमान ब्रिटिश लाहुरे थिए । द्वितीय विश्वयुद्धमा राम्रो भूमिका निभाएको भन्दै ब्रिटिश सरकारले पहलमानलाई सुनको दाप र हात्तीको बिँड भएको खुकुरी दिएको थियो ।
बुवाले हङकङमै विवाह गरेका कारण शरमानको जन्म पनि उत्तै भएको थियो । उनको बाल्यकाल ऐसआराममा हङकङमै बितेको थियो । शरमानसँग हङकङको आईडी समेत छ ।
बुवाको जागिर सकिएपछि बुवासँगै उनी नेपाल फर्के । हङकङबाट फर्केपछि शरमान झापामा बस्न थाले । बुवाले हङकङमै जानका लागि पटक–पटक दबाब समेत दिए ।
‘नेपालमै केही गर्छु’ भन्ने योजना बनाएका शरमानलाई बुवाको दबाबले पनि थेगेन । आफ्नो माटोमा पौरख गर्ने र पसिना बगाउने योजनाअनुसार उनले शुरूमा सार्वजनिक तथा मालबाहक यातायातका साधनबाट भविष्यको खोजी गर्न शुरू गरे तर उनलाई पहिलो व्यवसायमा नै दाँतमा ढुंगा लागेजस्तै भयो ।
त्यसपछि उनले पेशा नै परिवर्तन गर्ने योजना बनाए । उनको पुर्ख्यौली थलो भोजपुरको टेम्केमैयुङ गाउँपालिका हो । उनले पुर्ख्यौली गाउँमा गएर आफ्नो जग्गा हेरे । जग्गा हेर्दा उनलाई रुन मन लाग्यो । झापाका चिया बगानमा काम गर्नेहरू उनका धेरै साथी थिए । भोजपुरबाट फर्केपछि उनले तिनै साथीहरूलाई जग्गाबारे बेलिविस्तार लगाए ।
जग्गाको कुरा सुनेपछि साथीहरूले उनलाई चिया खेती गर्न सुझाव दिए । झापामा ठूलाठूला बगान तथा उद्योगहरू उनका आँखा अगाडि झल्झल्ती नै थिए । साथीहरूकै सल्लाहमा खेती गर्ने योजना बनाए । त्यो समयमा भोजपुर गाडी जाँदैन्थ्यो ।
चियाको दानो खच्चडमा लिएर उनी गए । भोजपुर पुगेर उनले कालो झारले कब्जा गरेको हरियाली पाखामा आफ्नो भविष्य बनाउने योजना बनाए । चिया खेतीमा लाग्दा धेरैले मगज खुस्केको भन्दै गाली गरेको उनी सम्झन्छन् । पहाडको डाँडामा फर्केर कृषिमा लगानी गर्दा गाली गर्नेको ताँती नै उनीमाथि लाग्यो । हौसला दिनेभन्दा पनि धेरैले उनलाई निराशाजनक कुरा सुनाए । आलु–मकै उत्पादन हुने जग्गामा किन बौलाएर दाउरा पनि नहुने बोटविरुवा लगाएको भन्दै गाली गरिएको उनी बताउँछन् ।
तर योजनालाई मूर्तरूप दिन उनले ‘पहाडमा सुन फल्छ’ भन्ने उदाहरण पेश गरेर छाड्ने अठोट लिए । सोही योजनाअनुसार उनले पाखोवारीमा चिया खेती गरे । उनी भन्छन्, ‘सुन दापेको छोरो बौलाएछ, यसले बाउले कमाएको सम्पत्ति समेत सक्ने भयो भन्नेहरू धेरै थिए ।’
उद्योगलाई उनले गरस चिया उद्योग नाम दिएका छन् । उनका बुवालाई गाउँमा सुन दापे भन्ने गरेका छन् । बिस्तार–बिस्तारै उनले १०० रोपनी जग्गामा चिया खेती लगाएका छन् । पहिला गाली गर्नेहरूले नै उनकै बगानबाट विरुवा लगेर रोप्ने गरेका छन् । यो वर्ष मात्रै ३ हजार विरुवाको माग भएको उनले बताए ।
उत्पादन गरेको अग्र्यानिक चिया जापान, चीन, जर्मन, मलेसिया, इन्डोनेसिया, बेलायत, कोरिया, अस्ट्रेलियादेखि दक्षिण अफ्रिका र अमेरिकासम्म कोसेलीका रूपमा जाने गरेको छ । भोजपुरको एउटा मात्रै चिया उद्योग भएकाले उत्पादनको माग बढी रहेको छ ।
शुरूशुरूमा आगो बालेर कराइमा भुटेर पनि चिया बनाएका शरमानका छोरा रञ्जितले भने, ‘अहिले मशिन जडान गरेका छौं ।’ उनी दुबई, साउदी, इराक लगायत देशमा १२ वर्ष बिताएर अहिले बुवाले शुरू गरेको खेतीलाई सहयोग गरिरहेका छन् । चिया टिप्नेदेखि गोडमेलका काममा समेत आफैं खट्ने गर्छन् । चियाको पत्ता टिप्ने, रोप्ने र गोडमेल गर्ने बेला गाउँलेलाई रोजगारी दिन्छन् । मासिक रूपमा ३ जना र चिया टिप्ने समयमा दैनिक २५ जनालाई रोजगारी दिने गरेको उनीहरू बताउँछन् ।
अहिले हरियो चियापत्ति बेच्ने मात्रै होइन, उद्योग खोलेर चिया प्रशोधन गरेर समेत बेच्न थालेका छन् । उद्योगको स्थापनापछि गाउँका अन्य कृषकको हरियो चियाको मुना पनि खरिद गर्न थालिएको रञ्जितले बताए । हप्ताको १०० किलो किसानको चिया खरिद गरिदिने गरेको उनले बताए । १२ वर्षसम्म विदेशमा हन्डर खाएपछि मात्रै बुवाले अरुको देशमा पसिना बगाउदिनँ भनेको स्मरण गर्दै रञ्जितले भने, ‘अब आफ्नै ठाउँको माटोमा रमाउने हो ।’ उनी बजार व्यवस्थापनको काममा समेत खटिएका छन् ।
उद्योगमा गाउँपालिकाले असहयोग गरेको उनले बताए । उज्यालो गाउँपालिका घोषणा गरेपनि उद्योगमा अन्धकार रहेको उनको दुखेसो छ । गाउँपालिकाले राष्ट्रिय प्रसारण लाइन जडानमा ध्यान नदिँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको रञ्जितले बताए ।
गाउँपालिकाले आफैंले उत्पादन गरेको विद्युत्लाई मात्रै प्राथमिकता दिएको बताउँदै उनले भने, ‘त्यो विद्युत्ले हाम्रो उद्योग चल्दैन, राष्ट्रिय प्रसारणलाई जोड्न हाम्रो क्षमताले भ्याउँदैन । गाउँपालिका अध्यक्षलाई भन्दा १ जनाको उद्योगलाई सहयोग गरिँदैन भन्छन् ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...