×

NIC ASIA

छोरीको नामको बैंक खातालाई प्राथमिकता

बैशाख २, २०७९

Prabhu Bank
NTC
तस्वीर सौजन्य : राजधानी दैनिक
Premier Steels

प्रदेश सरकारले तीन वर्षअघि सुरु गरेको छोरी सुरक्षा कार्यक्रमअन्तर्गत जुम्लाका २ हजार २ सय ६५ जना छोरीको नाममा बैंक खाता खोलिएको छ । कार्यक्रम सञ्चालन भएको तीन वर्षमा २२ सय बढी छोरी कार्यक्रममा समेटिएका हुन् । यो विवरणले पनि कर्णाली प्रदेश सरकारले सुुरु गरेको छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

Muktinath Bank

१ साउन २०७६ पछि जन्मिएका छोरीहरूको बैंक खाता खोलिएको हो । जसमा बितेको तीन वर्षमा २ हजार २ सय ६५ जना छोरीको नाममा बैंक खाता खोलिएको सामाजिक विकास कार्यालय जुम्लाको तथ्यांक छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुम्लाका आठै स्थानीय तहले छोरी सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले जानकारी दिए । उनका अनुसार छोरी सुरक्षा कार्यक्रममा कनकासुन्दरीका २ सय ३५ जना, हिमाका २ सय २ जना र तातोपानीका ३ सय १८ जना छोरीको खाता खोलिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, गुठीचौरका २ सय २२ जना, तिलाका ३ सय ३५ जना, चन्दननाथका २ सय ९३ जना, सिंजाका ४ सय १५ जना र पातारासी गाउँपालिकाका २ सय ४५ जना गरी २ हजार २ सय ६५ जना छोरी सुरक्षा कार्यक्रममा समेटिएको प्रमुख चौलागार्इंको भनाइ छ ।

Vianet communication

‘२०७६ साल साउन १ गतेपछि छोरी जन्मिएको ४५ दिनभित्र आवश्यक कागजात पूरा गरी बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको छ,’ चौलागाईले भने, ‘छोरीलाई माध्यमिक शिक्षासम्मको पहुँच वृद्ध गर्न, लैंगिक विभेदको अन्त्य गर्न, बालविवाह अन्त्य गर्न, छोरी सुरक्षा कार्यक्रम प्रभावकारी हुनेछ ।’ उनका अनुसार एक दम्पतीको दुई जना छोरीले मात्र यो कार्यक्रममा समावेश हुन पाउने प्रावधान छ ।

चन्दननाथमा अपेक्षित रूपमा छोरी सुरक्षा कार्यक्रममा लक्षित वर्ग नसमेटिएको उनको भनाइ छ । खाता खोल्दा सुरुमा १ हजार र मासिक ५ सयका दरले २० वर्षसम्म छोरीको खातामा पैसा जम्मा गरेपछि १ लाख २० हजार रकम जम्मा हुने छ । कार्यक्रममा समेटिए पनि २० वर्ष नपुग्दै छोरीको विवाह गरेमा भने सेवा सुविधा पाउने छैनन् ।

पर्याप्त प्रचारप्रसार नहुनु, झन्झटिलो प्रक्रिया तथा र पालिकाका कर्मचारीको ढिलासुस्तीले अधिकांश स्थानीय छोरी सुरक्षा कार्यक्रमबाट छुटेको स्थानीयको गुनासो छ ।

तीन वर्षसम्म २२ सय ६५ छोरी मात्रै कार्यक्रममा समेटिनु लक्ष्यअनुसार प्रभावकारी नभएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । प्रचारप्रसारलाई जोड दिएर जन्मिएका सबै छोरीलाई कार्यक्रममा समेट्न सुझाव दिए । यो कार्यक्रम सुरु भएपछि जुम्लाका २२ सय ६५ छोरीले २० वर्षपछि १ लाख २० हजार रुपैयाँ एकमुष्ठ पाउनेछन् । राजधानी दैनिकमा मानबहादुर कुँवरले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x