×

NMB BANK
NIC ASIA

दशैं मान्नासाथ सुटुक्क हिँडेको गोपाल सोही दिन साँझ मामा घर पुग्यो । मामाको घर पुग्न छिटो हिँडे १ दिन र ढिलो हिँडे डेढ दिन लाग्थ्यो । 

Muktinath Bank

पढ्ने उद्देश्यले मामा घर त पुग्यो तर त्यहाँ पनि त्यस्तो वातावरण पाएन । कारण त्यहाँ पनि नजिक स्कूल थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मामाको बाध्यता आफ्नै, खर्च सामल हालेर पढ्न राखिदिने शक्ति थिएन । १५ दिनजति मामाका छोराहरूका साथमा गाईबाख्रा चराएर बस्यो । कहिले गोठालो जान्थ्यो, कहिले घाँस दाउरा त कहिले घरकै अन्य काम सघाउने गथ्र्यो । 


Advertisment
Nabil box
Kumari

१ दिन बिहान खाना खाएर के बसेको थियो अचानक भाउन्न छुटेर आयो । उसको मनले भन्यो, यसरी बसेर हुँदैन तर जाने कहाँ थाहा थिएन । तैपनि मसक्क आँटेर उठ्यो र ‘मामा ! हिँडे है’ भन्दै बाटो लाग्यो ।

Vianet communication

मामाले राम्ररी ‘कता भान्जा ?’ भन्न पनि भ्याएका थिएनन्, उसले आँगनको डिल काटिसकेको थियो । मामा घरमाथि डाँडामा एउटा ठूलो चौतारो थियो, जहाँबाट हालको गण्डकी प्रदेशमा पर्ने प्रायः सबै हिमाल देखिन्थे । एकछिन सुस्ताउने विचार गरी चौतारोमा बसेर तिनै हिमाल र आसपासका पहाडी दृश्यमा आँखा लगायो ।

हेर्दाहेर्दै मनमा कताकता गोरखा तान्द्राङ भन्ने स्थानको सम्झना आयो । उसले तान्द्राङमा हाईस्कूल छ भन्ने सुनेको थियो । हेडमास्टर वनारसबाट आचार्य पास गरी आएका भान्दाइ नाता पर्ने राजु खनाल छन् भन्ने पनि सुनेको थियो, बुवा हरिदासबाट अघि कुनै बेला । त्यसपछि उसको मनले त्यतै जाउँ भन्यो र २ दिन हिँडेर पुग्यो पनि तर त्यहाँ पनि भने जस्तो भएन । 

भर्खर लागू भएको नयाँ शिक्षाका कारण हाईस्कूल खारेजीमा परेको रहेछ । भान्दाइ राजु खनाल आरुघाट भीमोदय हाईस्कूलमा सरुवा भएका रहेछन् । 

भान्दाइ बिहान ८ बजे खाना खाएर हिँड्थे, साँझ ७ बजेतिर घर पुग्थे । न उनको साथमा बसेर पढ्ने अवसर मिल्थ्यो, न न आरुघाट झरेर पढ्न सकिने अवस्था थियो । केही दिन त्यतै हल्लिएर करीब डेढ महिनापछि घर फक्र्यो । घरमा बुवा हरिदास रगतमासीले नराम्ररी थलिएका रहेछन् । दशैंमा घरमै पालेको मोटो खसीको मासु खाएपछि शुरू भएको रगतमासी अझै ठीक भएको रहेनछ । त्यतिबेला गाउँमा अस्पताल पुगेको थिएन । बिरामी पर्दा गाउँघरकै जडीबुटीमा भर पर्नुपथ्र्यो । साह्रै भए मात्र कविराज, वैद्यको खोजी हुन्थ्यो । 

कविराज, वैद्य कहाँ लगिदिने मानिस थिएनन् । मानिस खोजेर जाने उनको आफ्नै हैसियत थिएन । आमा र भाइबहिनीले जडिबुटीको रस खुवाएका त रहेछन् तर छोएको रहेनछ । बुवाको हालत देख्नासाथ नरमाइलो मान्दै जडिबुटी खोज्न जंगलतिर लाग्यो । गाउँले जडीबुटीबारे राम्रै जानकार थियो ऊ । पहिले पनि बुवालार्ई पखाला लागेको बेला उसले नै भट्टेको जरा, कोइरालाको बोक्रा र अम्माको पात पिसेर खुवाउने गरेको थियो ।

यस्तैमा एकपटक उसले कोइरालाको बोक्रा ताछ्न खोज्दा खुर्पाले आफ्नै घुडा छप्काएको थियो । त्यसले बनाएको खत उसको घुँडामा ताजै थियो । त्यसमाथि यसैका कारण झण्डै १ महिना थलिन परेको कुरा किन बिर्सन्थ्यो र ? जे होस् उसले जंगलबाट जडीबुटी ल्याएर बुवालाई खुवायो, जसले रोग ठीक पारेको भए पनि रगतमासीले गलेकाले कमजोरी भने पछिसम्म पनि कायमै थियो ।

बुवा हरिदास ठीक भएपछि गोपालले पुनः घर छाड्ने विचार गर्‍यो तर भइदियो के भने त्यति नै बेला बुवाले बसाइ सर्ने कुरा निकाले । कारण के परेको थियो भने हरिदासलाई सो स्थान साँघुरो भइसकेको थियो । एक त गरीब थिए, जग्गाजमिन खासै थिएन । दोस्रो कुरा भएको जमिनमध्ये पनि लेकको बारी बेचेर चितवनमा हालिसकेका थिए । साथमा भएको घरबारी र २ सुर्को खेतको उब्जनीले धान्नै छाडिसकेको थियो । त्यसैले करीब २ कोस परको पखेरो बारी किन्ने निधो गरेका थिए उनले । 

जग्गा सुक्खा पखेरो भए पनि खनीखोस्री खान पुग्ने खालको थियो । मकै, कोदोबाहेक मास, भटमास, बोडी, बदाम प्रशस्तै फल्थे । यही लोभमा हरिदासले बसेको स्थान बेचेर जग्गा किन्न खोजेका हुन् । सायद त्यसै भएर हुनुपर्छ आमा जमुनाले पनि स्वीकृति दिएकी थिइन् । बुवाआमाको कुरा गोपाललाई पनि ठीकै लाग्यो र घर छाड्ने विचार थाती राखी बसाइ सर्ने काममा सघाउन थाल्यो । 

खाडीबाट निकालेको मल गह्रौं हुने भएकाले टाढा ओसार्न गाह्रो पथ्र्यो । यस्तो अवस्थामा पहिले मललार्ई सुकाउने चलन थियो त्यतातिर । लेकको बारीमा मल पुर्‍याउन हरिदासले पनि त्यस्तै गर्ने गरेका थिए । अहिले पनि त्यस्तै गर्न लागे हरिदास । यस काममा गोपालले पनि राम्रै सघायो । बसाइ सर्ने भन्ने कुरा भन्न जति सजिलो, गर्न त्यति नै गाह्रो रहेछ । घरका मालसामान बोक्नैपर्‍यो, मलखाद ओसार्नै पर्‍यो । अन्नपात, भाँडावर्तन, दाउरा, फर्निचर भइहाले । यसैका लागि नै झण्डै २ महिना लाग्यो । 

बसाइ सर्ने काम राम्ररी सकिन पनि भ्याइएको थिएन वर्षाले छोपिहाल्यो, जसले गर्दा त्यो साल गोपालले घरबाट निस्कन पाएन । खेतीपातीमा लागेर असार र साउन बितायो । हेर्दाहेर्दै भदौ पनि आयो । आखिर समय न हो किन रोकिन्थ्यो र ? कसैले काम भ्याएको छैन भनेर रोकिन थाल्यो भने संसारै चल्दैन । संसार देखाउने पनि समयले हो, बनाउने र बिगार्ने पनि समयले नै हो । उसले एकैसाथ धेरै काम गर्नुपर्ने हुन्छ । त्यसैले चाहेर पनि रोकिन पाउँदैन ।

गाउँघरमा भदौ लागेपछि खेत गोड्ने काम शुरू हुन्छ । गोपाल पनि बुवा र भाइबहिनीका साथमा खेत गोड्न जान्थ्यो तर मन भने त्यहाँ हुँदैनथ्यो । यताउता भड्किरहन्थ्यो । कहिले यता कहिले उता । १ दिन साँझ खाना खाएर सुतेको निद्रै परेन उसलाई । पूरा रात कोल्टे फेर्दैमा बित्यो । मानसिक ज्वारभाटाले यति सतायो कि एकैछिन पनि निदाउन पाएन । 

बिहान उज्यालो हुने बेलासम्म उसको बेचैनीको डिग्री बढेर धान्नै नसक्ने भइसकेको थियो । यही बेसुरापनले झिसमिसेमै कसैले थाहा नपाउने गरी पुनः घर छाड्न बाध्य पार्‍यो उसलाई । त्यसपछि कता पुग्यो अहिलेसम्म थाहा पाउन सकिएको छैन ।

कहाँ होला त्यो ?

चितवनलाई चटक्कै छाडेर गएको गोपाल कहाँ होला ?

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x