कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
आज बिहानैदेखि किन–किन जिग्री दोस्त गोपालको याद आइरहेको छ । सानैदेखिको साथी हो ऊ, ज्यादै मिल्ने साथी ! सहयोगी र मिलनसार त्यस्तै ।
रिसाउन र झगडा गर्न जानेकै थिएन । परिवारको तेस्रो छोरो थियो । जन्मेको सबै गन्ने हो भने चौथोमा पथ्र्यो । छोरीसहित हिसाब गर्दा छैटौंमा ।
आमा जानुकाले यसअघि नै ५ सन्तान जन्माइसकेकी थिइन्, ३ छोरा, २ छोरी तर एउटा दाजु र एउटी दिदीले बाल्यकालमै बिदा लिएका थिए । मरेर जानेलाई कसले गणना गर्छ र ? गणनामा पर्ने बाँचेकाहरू नै हुन्, जसमा उही तेस्रो छोरो हो ।
त्यसैले हुनुपर्छ प्रायः सबै साइँला भन्थे उसलाई । मायाले बोलाउनेहरू गोपे साइँलो भन्न रुचाउँथे । गोपे मात्रै भन्नेहरू पनि उत्तिकै थिए ।
गोपाल अति निम्न मध्यम वर्गीय परिवारको सदस्यमा पथ्र्यो । यसको अर्थ गए–गुज्रेकै भन्ने पनि होइन । दुःखजिलो गरेर जेनतेन खान पुग्थ्यो । यदाकदा एकाध महिना बेसाउन पनि पथ्र्यो ।
परिवार धेरै, जग्गा–जमिन कम, खान नपुगेपछि बेसाउनै पर्यो । बेसाउनुपर्दा छिमेकीले नदेखून् भनेर लुकीलुकी पल्लो गाउँबाट उधारो ल्याउने गर्थिन् आमा जानुका ।
यदाकदा आफैंले पनि त्यसैगरी ल्याएको सम्झना छ ऊसँग । बेसाएर खाएको कसैले देखे भने इज्जत जान्छ भन्ने मान्यता थियो त्यतिबेला । बुवा हरिदास खेती किसानी गर्थे । न हलमा गोरु थिए, न गोठमा भैंसी । जीवनशैली गए–गुज्रेकै थियो भन्दा हुन्छ ।
हरिदास गाउँले उत्पादन छालाको जुत्ता लगाएर गाउँबेशी गर्थे । भोटो, सुरुवाल र पटुका उनको प्रिय पोशाक थियो । चाडपर्वमा इन्डियन लाहुरेहरूले दिएका पुराना कोट, जुत्ता लगाउन छुटाउँदैनथे तर परिवारले भने हिउँदे र वर्षे २ जोर लुगाले नै वर्ष बिताउनुपथ्र्यो ।
हिउँदे लुगा दशैंमा सिलाइन्थ्यो, वर्षे लुगा वैशाखतिर । जाडोयाम पनि त्यस्तै एकसरो लुगाले बिताउनुपथ्र्यो । जुत्ता–मोजाको त के कुरा गर्ने ? देखेकै थिएनन् । के हिउँद के वर्षा ? खाली खुट्टाले नै गाउँबेशी गर्नुपथ्र्यो ।
गोपालको काम गोठालो जानु हुन्थ्यो । एकाध गाईबाख्रा लिएर कहिले खोलाको किनारतिर जान्थ्यो, कहिले जंगल त कहिले बाँजो खेतबारीतिर । खोला किनारतिर गएको बेला पौडी खेल्न र पाएसम्म माछा मार्न औंधी रुचाउँथ्यो । जेठ–वैशाखको महिनाले भने निकै सताउँथ्यो उसलाई । एक किसिमले शत्रु नै भन्दा पनि हुन्छ उसका लागि । कारण त्यस मौसममा गाउँमा पानीको अभाव हुन्थ्यो ।
गाई, बाख्रालाई पानी खुवाउन र पानी लिनकै लागि पनि झण्डै आधाकोश टाढा खोलामा पुग्नुपथ्र्यो तर बाटो राम्रो थिएन । ढुंगेन र गग्रेन हुँदै ओरालो झर्नुपथ्र्यो । यसै पनि वैशाख, जेठको घामले तातेर आगोको बनेको गग्रेन त्यसैमाथि खाली खुट्टा कस्तो भयो होला उही जानोस् । त्यसैले हुनुपर्छ वैशाख, जेठ जस्तो महिना कहिल्यै नआओस् भन्थ्यो तर भनेको भरमा प्रकृतिले कहाँ सुन्छ र ?
भनाइको पछि लाग्न थाले उसको गति नै रोकिन्छ । भनसुन चल्ने मानव राज्यमा हो, प्राकृतिक साम्राज्यमा होइन ।
एक पटक उसको दाजु रामे नून लिन त्रिशूली बजार गएको थियो बुवाको साथमा । फर्कंदा सेतो गन्जी लगाएर आएको रहेछ । त्यसलाई देखाउन दाजु बेसी खेतमै पुगेको थियो, जहाँ ऊ गाई–बाख्रा लिएर गएको थियो । त्यति राम्रो सेतो गन्जी उसले कहिल्यै देखेको थिएन । देख्नु के थियो उसलाई पनि लगाउन मन लाग्यो तर लाग्दैमा कहाँ पाइन्थ्यो र ? दाजु त साथमा नून लिन गएका थिए र पो बुवाले किनिदिएका थिए । घरमै बस्नेलाई किन सम्झन्थे र ?
दाजुबाट गन्जी किन्न २ रुपैयाँ पर्छ भन्ने थाहा पाएपछि उसको ध्यान कसरी २ रुपैयाँ कमाउने भन्नेतिर गयो तर यहाँ पनि उसका लागि भनेजस्तो भएन । हो, एकपटक उसलाई पल्ला घरे हजुर आमाले एक रुपैयाँको नोट दिएकी थिइन् । उसले सोचेकोे थियो हजुरआमाले माया गरेर गन्जी किन्न दिएकी होलिन् । यसैगरी अर्को रुपैयाँ पनि भेटिए त गन्जी लगाउन पाइन्थ्यो तर उसको सपना त्यतिबेला चकनाचूर भयो जतिबेला त्यो पैसा उसका लागि नभई बुवाले मागेका सापटी रहेछ भन्ने थाहा पायो । त्यसपछि बिस्तारै सेतो गन्जी लगाउने धोको धोकोमै सीमित भयो ।
एकपटक उसले बुवाको साथमा गोदावरी नुहाउन काठमाडौं जाने अवसर पायो । त्रिशूली बजारमा चप्पल देखेर उसलाई पनि लगाउन मन नलागेको होइन तर देख्दैमा कहाँ पाइन्छ र ? देखेको पाइने धनीमानीका लागि हो, गरीबका लागि होइन । एकपटक हिम्मत गरेर बुवालाई किनिदिन भनेको पनि थियो तर बुवाले भोलि बस चढ्नुपर्छ किन चाहियो भनेर टारिदिए । त्यतिबेला त्रिशूली–काठमाडौं भर्खर बस चलेको थियो । भारत सरकारले त्रिशूली पावर हाउस निर्माण गर्न बनाएको बाटो सानो, कच्ची र उबडखाबड थियो । वाकवाक गर्दैै त्रिशूलीबाट साँझ काठमाडौं पुग्यो ।
सोह्रखुट्टेतिर कुनै गाउँले सज्जनको घरमा बसेर करीब १ हप्ता काठमाडौंमा बितायो । गोदावरी गयो, पशुपतिको दर्शन गर्यो । एयरपोर्ट हेर्न जाँदा हवाइजहाज उडेको र बसेको देखेर आश्चर्य मान्यो । एयरपोर्टबाट चिडियाखान पुगेर गैंडा, हात्ती देख्दा पनि त्यस्तै भयो । धरहरा हेर्यो त्यस्तै, घण्टाघर हेर्यो त्यस्तै । रन्जना सिनेमा हल देखेर थप आश्चर्यमा पर्यो । हेर्दाहेर्दै अनायासै ‘यस्तो घर पनि बन्दो रहेछ बाई’ भन्न पुग्यो । धन्न भित्र गएर सिनेमा हेर्ने छुट पाएन नत्र ‘फोटो पनि हिड्ने, उड्ने र बोल्ने गर्दो रहेछ बाई’ भन्न पनि भ्याउँथ्यो होला ।
जे होस् १ हप्तासम्म काठमाडौंको रङ्गीचङ्गी दृश्य हेरेर घर फक्र्यो, त्रिशूली बजारबाट एकपाथी नून बोकेर तर उसको खुट्टा भने जाँदा जस्तै फर्कंदा पनि खाली नै थियो ।
उसको खुट्टामा सर्वप्रथम चप्पल परेको चितवन जाँदा हो, जुन दाजुले टाँडी बजारमा किनिदिएका थिए । त्यतिबेला उसको उमेर त्यस्तै १०–१२ वर्षको थियो होला । चप्पल लगाउन पाउँदा ऊ यति खुशी थियो कि मानौं स्वर्गको नन्दन वन नै प्राप्त गरेको होस् ।
गोपालको बाल्यजीवन यस्तैयस्तै अभाव र गरीबीमा बित्यो । तैपनि उसले न कुनै गुनासो गर्यो न कतै असन्तुष्टि पोखेकै पाइयो । हमेशा हँसमुख देखिन्थ्यो । सधैं खुशी, सधैं आनन्दित ।
गरीबी नै संसार, गरीबी नै सर्वस्व । तैपनि न दिक्क, न हैरानी, न गुनासो, न ईश्र्या । धनीमानीको रहनसहन देखेर उसलाई पनि त्यस्तै हुने रहर थियो होला तर त्यसलाई कहिल्यै व्यक्त गरेन, हुन दिएन । उसको बाल्यकालीन अवस्था सम्झँदा कहिले हाँसो उठ्छ, कहिले दिक्क लाग्छ । थाहा छैन ऊ अहिले कहाँ होला, कस्तो भयो होला । जीवित पनि छ कि छैन ? भए के गर्दै होला । भेट पनि हुने हो कि होइन, भए के भन्थ्यो होला ? हुन सक्छ ठक्कर खाएर खारिएको हुँदा राम्रै जीवन बिताइरहेको पो छ कि ! हवस् त अहिलेलाई यति नै, बाँकी गोपाल भेटिएछ भने भनौंला है !
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...