×

NMB BANK
NIC ASIA

स्वदेशमै पाैरख

विदेशमा काम गर्दा ४५ हजार तलब, स्वदेशमै मयुरी चलाएर ७० हजार कमाइ

बैशाख ३, २०७९

NTC
Premier Steels

बिहानको झिसमिसे उज्यालोमा केही व्यक्ति मर्निङ वाकमा निस्किन्छन् तर मकवानपुरगढी गाउँपालिका–२ का ४५ वर्षीय जीतबहादुर तामाङ  बिहानैदेखि कमाइको धन्दामा लागिहाल्छन् ।

Muktinath Bank

विद्युतीय रिक्सा चलाएर स्वरोजगार बनेका तामाङ मासिक ७० हजार रुपैयाँसम्म कमाउँदै आएका छन् । उनी दिनरात नभनी मेहनत गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तामाङसँग ११ वर्ष वैदेशिक रोजगारीमा बसेको लामो अनुभव छ । आर्थिक स्थिति कमजोर भएका बेला वैदेशिक रोजगारीमा गएका उनी अन्ततः स्वदेशमै रमाएका छन् ।


Advertisment
Nabil box
Kumari

भविष्य खोज्दै २०६५ सालतिर उनी साउदी पुगेका थिए । उनी २ वर्ष साउदी बसेर २०६७ सालमा नेपाल फर्किएका थिए । नेपाल फर्केर केही गर्छु भन्ने सोचेको भए पनि जीतबहादुरले राजनीतिक अस्थिरता र लगानीको वातावरण नदेखेपछि २०६८ सालमा ‘इलेक्ट्रोनिक हेल्पर’ बनेर पुनः साउदी नै जाने निधो गरे ।

Vianet communication

नेपालबाट इलेक्ट्रोनिक हेल्पर भनेर गए पनि साउदीमा अरु नै काम गर्नुपर्दा उनी छाँगाबाट खसेजस्तै भए । साउदीमा रहँदा तोकिएबाहेक घरायसी काम समेत गर्नुपरेको उनले बताए ।

उनी वैदेशिक रोजगारीमै रहँदा घरमा उनका बुवाको मुत्यु भयो । उनले बुवाको मुत्युको खबर पाएपछि कम्पनीसँग घर फर्किन बिदा मागे तर बिदा नपाएको बताए । वैदेशिक रोजगारीका कारण आफू घरको ज्येष्ठ सदस्य बुवाको मुत्युमा पनि घर जान नसकेको उनको मनमा सधैं खेलिरहन्थ्यो ।

उनले भने, ‘२०७७ चैतको अन्यतिर विश्वव्यापी कोरोना महामारी बढ्दै थियो । मैले कम्पनीबाट बिदा पाउने समय पनि त्यही थियो । त्यही मौकामा नेपाल फर्किए र त्यसपछि विदेश नजाने निर्णय गरें । त्यसपछि यहाँ के गर्दा उपयुक्त होला बुझ्न थालें । घरपरिवारसँग बसेर राम्रो कमाइ हुने खालको कामको खोजीमा थिएँ । साथीभाइ र घरपरिवारको सल्लाहअनुसार मयुरी (विद्युतीय रिक्सा) राम्रो हुने पाएँ । त्यसलगत्तै २ लाख रुपैयाँ लगानी गर्दै मयुरी किनें ।’

घरमा आफू, १ छोरी र पत्नीसहित ३ जना रहेकोमा खर्च मयुरीको आम्दानीले नै धान्ने गरेको जीतबहादुरले बताए । बिहान ५–६ बजेदेखि साँझ ७ बजेसम्म मयुरी चलाउँदा मासिक ६०–७० हजार रुपैयाँसम्म कमाइ हुने उनले बताए । उनले भने, ‘बिहान ५–६ बजे विद्यार्थी भेटिँदा बोकेर क्याम्पस पुर्‍याउने गरेको छु, बजारबाट तरकारीहरू बोकेर पसलमा पुर्‍याउँछु । १० बजे खाना खान आउँदा मयुरी चार्जमा राख्छु र आराम गर्छु । ११ बजे पुनः मयुरी लिएर निस्किन्छु र ३–४ बजेतिर फेरि खाजा खान घरमा आउँदा चार्जमा राख्छु अनि एकैचोटी साँझ ७ बजेतिर फर्कन्छु । दैनिक २ हजारदेखि २५ सय रुपैयाँसम्म थोरैमा पनि कमाइ हुन्छ । गर्न सके यो काममा खटिनेले अझै बढी पनि कमाइ गर्न सक्छन् ।’

हाल हेटाडा–२ स्थित संंगमचोकमा डेरा लिएर बसेको सुनाउँदै उनले भने, ‘गर्न सके स्वदेशमै पनि राम्रो हुँदो रहेछ ।’ मासिक ४०–४५ हजार रुपैयाँका लागि विदेशमा लामो समय बिताएका उनले स्वदेशमै त्योभन्दा बढी कमाइ हुँदा निकै खुशी रहेको बताए ।

उनले भने, ‘छोरी १० कक्षामा पढ्दै छे । छोरीको पढाइ, कोठाभाडा, खाना इत्यादि सबै यहीबाट पुगेको छ ।’

मयुरीमा कमाइ मात्र नभई समस्या पनि रहेको उनले सुनाए । ‘अटो र मयुरीका लागि छुट्टै पार्किङको व्यवस्था छैन । कतै रोक्न पाइँदैन । मासिक १ हजार ५२० रुपैयाँ संघलाई लेबी बुझाउने गरेको छौं । सरकारलाई कर तिर्छाैं तर त्यो अनुसारको सरकारी तवरबाट गर्नुपर्ने काम नहुँदा हामीलाई धेरै समस्या छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x