×

NMB BANK
NIC ASIA

कुन महानगरमा को बलियो ?

बैशाख ५, २०७९

NTC
Premier Steels

काठमाडौं महानगर
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका एमालेले जीत हात पारेको थियो । त्यसबखत काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत ल्याएर विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

Muktinath Bank

यसैगरी, मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४ सय ३९ मत र साझाका किशोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएका थिए । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत, नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, कांग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । उनलाई एमालेको साथ थियो । माओवादी केन्द्रकी सुशीलाकुमारी पौडेलले १० हजार ४ सय ४८ मत, नयाँ शक्तिकी सविना अर्याल दवाडीले ३ हजार ४ सय ९४ मत र साझाकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

ललितपुर महानगर
ललितपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए । त्यसबखत निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यन्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए । महर्जन र व्यन्जनकारबीच मतान्तर ३ सय २६ मात्र थियो ।

Vianet communication

यसैगरी, माओवादीका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए । ललितपुरमा कांग्रेसलाई गठबन्धनले सहयोग गर्दा एमालेका लागि कठिन देखिन्छ ।

विराटनगर महानगर
विराटनगर महानगरपालिको मेयरमा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए ।

सो महानगरमा उपमेयरमा एमालेले विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेको थियो । यस्तै, माओवादी केन्द्र र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो । फोरमबाट मेयरको उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए ।

वीरगन्ज महानगर
वीरगन्ज महानगरको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगीले १९ हजार ३ सय ९३ मत ल्याउँदै विजयी बनेका थिए । त्यसबखत उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १ सय ९७ मत ल्याएका थिए ।

यसैगरी, सो महानगरमा उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय ७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५ सय ३० मत ल्याएर पराजीत बनेकी थिइन् ।

यस्तै, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १ सय ६५ मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६ सय ६३ मत ल्याएकी थिइन् ।

२०७४ मा वीरगन्जको मेयर बनेका सरावगी हाल नेकपा एमालेमा गइसकेका छन् । यस्तै, तेस्रो स्थानमा रहेका सिंह जसपामा छन् । त्यसबखत जसपासँगको मतान्तर कम भएकाले कांग्रेस यसपटक वीरगन्ज महानगरको नेतृत्व छाड्ने पक्षमा छैन । गत निर्वाचनमा कांग्रेससँग जसपाको मतान्तर १ सय ९६ मात्रै थियो ।

भरतपुर महानगर
भरतपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा रेणु दाहाल ४३ हजार १ सय २७ मत ल्याएर विजयी बनेकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन् ।

यसअघि भरतपुरमा राप्रपाबाट मेयरको उम्मेदवार बनेका बद्रीनाथ तिमल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए भने उपप्रमुख रिना गुरुङले ७ हजार २ सय ५२ मत ल्याएकी थिइन् । हाल राप्रपा विभाजीत छ ।

पोखरा महानगर
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार १ सय १८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए ।

यसैगरी, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याएकी थिइन् । माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो । ढकाल उपमेयरमा ८ हजार ७ सय ९६ मत ल्याएर तेस्रो भएकी थिइन् । माओवादी केन्द्रले सघाउँदा यसअघिको निर्वाचनमा पोखरा महानगरमा एमाले र कांग्रेसको मतान्तर १३ हजार ७ सय २ थियो । हाल भने एमाले विभाजन भएकाले त्यसको असर स्थानीय निर्वाचनमा पर्ने आँकलन कांग्रेसको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x