×

NMB BANK
NIC ASIA

फर्काइँदै विदेशिएका प्राचीन सम्पदा

बैशाख ५, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

नेपालबाट गैरकानुनी रूपमा विदेशिएका लिच्छवि र मल्लकालीन मूर्ति फिर्ता गर्ने कार्यले पछिल्लो समय गति लिएको छ ।

Muktinath Bank

अमेरिका, फ्रान्स, बेलायत, जर्मनलगायत देशबाट ७९ वटा मूर्ति फिर्ता ल्याइसकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 बेलायतका एक नागरिकको निजी सङ्ग्रहमा रहेका तीन मूर्ति फिर्तासम्बन्धी सम्झौतापत्रमा विश्व सम्पदा दिवसकै दिन सोमबार हस्ताक्षरसमेत हुँदैछ । यद्यपि पद्मपाणि लोकेश्वेर, शाक्यमुनि बुद्ध र नागराजको मूर्ति कहाँबाट कहिले चोरिएको थियो भन्ने विषयचाहिँ अध्ययन र खोजमै रहेको छ । 


Advertisment
Nabil box
Kumari

पुरातत्त्वअधिकृत सरिता सुवेदीका अनुसार मूर्तिको बनोट, शैलीका आधारमा नेपालकै हो भन्ने पुष्टि भएर फिर्ता ल्याउन लागिए पनि कुन ठाउँबाट चोरिएको थियो भन्ने जानकारी हुन सकेको छैन । सन् १९५० पछिको तीन दशक नेपालबाट मूर्ति चोरीका घटना अत्यधिक भएको र सोही समय नेपालका महत्वपूर्ण सम्पदा विदेशिएको उनले बताए ।

Vianet communication

नेपालबाट लिच्छवि तथा मल्लकालीन मूर्ति कति विदेशिए भन्ने यकिन तथ्याङ्क पुरातत्त्वसँग छैन । कहिले, कहाँबाट चोरी भयो ? त्यसको पर्याप्त विवरणसमेत छैन । नेपालमा पुरातात्त्विक सम्पदा के कति छन् ? त्यसको खास विवरण पनि छैन । 

पुरातत्त्वका प्रमुख संरक्षण अधिकृत सुभद्रा भट्टराईले भनिन्, “यसको विस्तृत अध्ययन हुन सकेको छैन । योजनाबद्ध रूपमा पर्याप्त बजेट व्यवस्था गरी हराएका र देशभरका सम्पदाको विस्तृत तथा व्यवस्थित अभिलेख आवश्यक छ ।” ने

पालबाट हराएका र विश्वका विभिन्न निजी तथा सरकारी सङ्ग्रहालयमा रहेका नेपाली मूर्ति फिर्ता ल्याउन पुरातत्त्वले पछिल्लो समय सक्रियता बढाएको छ । यसमा सम्पदा संरक्षण अभियन्ताको भूमिका महत्वपूर्ण रहँदै आएको बुझाइ उनको छ ।

हराएका नेपाली मूर्तिको खोजी गर्ने पुरातत्त्वको आफ्नै कुनै संयन्त्र नभए पनि सम्पदा अभियन्ता र विदेशमा रहेका नेपालीको सूचनाका आधारमा खोजी अभियान थाल्दै आएको छ । सामाजिक सञ्जाल, पत्रपत्रिका, मूर्तिसम्बन्धी विदेशीले लेखेका पुस्तकका आधारमा पुरातत्वले मूर्ति खोजी गर्दै आएको छ । 

स्विट्जरल्यान्डको वासेलमा लिलाममा राखिएकै स्थानबाट समेत नेपाली मूर्ति फिर्ता ल्याउने पहल थालिएको छ । भक्तपुरस्थित हनुमानघाटबाट सन् १९८० तिर चार टाउके महेश्वरको मूर्ति हराएको थियो । प्रमुख संरक्षण अधिकृत भट्टराईले भनिन्, “वुरेड वेल्ली विड्मर अक्सनमा राखिएको चार टाउके महेश्वरको मूर्ति कूटनीतिक पहलबाट तत्काल रोकिएको छ । त्यस मूर्तिलाई नेपाल ल्याउन पहल थालिएको छ ।”

२०५४ सालयता ९७ वटा मूर्ति चोरी भएको तथ्याङ्क पुरातत्वसँग छ । प्रहरीले पक्राउ गरेका, अनुसन्धानमा रहेका र अदालतमा मुद्दा चल्दै गरेका ७३ थान मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा पठाइएको छ । विदेशबाट मूर्ति फिर्ता ल्याउनसमेत पुरातत्वले आक्रामक रूपमा अभियान थालेको छ ।

भट्टराईका अनुसार भक्तपुरको वीरभद्रेश्वरबाट २०३५ सालमा हराएको ताराको मूर्ति केही महिनाभित्रै अमेरिकाबाट फिर्ता ल्याइँदैछ । सन् १९६० को मध्यतिर पाटन गाहिटीबाट हराएको उमा महेश्वरको मूर्ति फिर्ता ल्याउन कूटनीतिक पहल भइरहेको छ । यस्तै सन् १९८४ मा पशुपतिबाट हराएको चर्तुमुखी शिवलिङ्ग, सन् १९७० मा भक्तपुरबाट हराएको उमामहेश्वर, पाटन च्यासलबाट हराएको श्रीधर विष्णुको मूर्ति फिर्ता ल्याउनसमेत दाबी प्रमाण पठाइएको छ ।

कानपा–१९, कङ्केश्वरी मन्दिरको पर्खालबाट हराएको दुई साधुको बीचमा उभिएको शिवको मूर्ति, २०२७ सालमा हनुमानढोकाबाट हराएको तलेजु भवानीको गहना कण्ठी, पाटनको तलेजु मन्दिरको तोरणबाट हराएको पाँचवटा मूर्ति (तोरणको १२ वटा मूर्तिमध्ये पाँचवटा हराएको थियो), जर्मनीको बर्लिनबाट ३० वटालगायत दर्जनौँ मूर्ति फिर्ताका लागि पहल भइरहेका छन् । उनले भनिन्, “यो वर्ष नेपालबाट हराएका थुप्रै मूर्ति फिर्ता ल्याउने गरी पहल अगाडि बढेको छ । मूर्तिसम्बन्धी तथ्य र प्रमाणसहित कूटनीतिक नियोगमार्फत पहल गरिएको छ ।” विदेशिएका मूर्ति खोजीका लागि राज्यले नै लगानी बढाउने हो भने अझ धेरै मूर्ति फिर्ता ल्याउन सकिने विश्वास उनको छ । 

विदेशबाट फिर्ता ल्याइएको वा प्रहरीले पक्राउ गरी प्राप्त भएका मूर्ति पुरातत्त्वले राष्ट्रिय सङ्ग्रहालय छाउनीमा पठाउने गरेको छ । केही मूर्ति पाटनस्थित कला राष्ट्रिय धातु कला सङ्ग्रहालयमा समेत रहेका छन् । राष्ट्रिय सङ्ग्रहालयका अधिकृत एवं सूचना अधिकारी सुवासकृष्ण डङ्गोलका अनुसार भारतको कोलकाताबाट फिर्ता ल्याइएका १३ थान मूर्ति २०४२ सालमा पहिलो पटक सङ्ग्रहालयमा ल्याइएको थियो । त्यसपछि लन्डन, इटाली, अमेरिकालगायत मुलुकबाट फिर्ता ल्याइएका ४९ थान मूर्ति सङ्ग्रहालयमा छन् । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय काठमाडौँबाट प्राप्त पत्थर, काठ र पित्तलका गरी २०५ थान मूर्ति सङ्ग्रहालयमा सङ्ग्रहित छन् । त्यसमध्ये केही थान मूर्ति सम्बन्धित गुठी र मन्दिरलाई समेत फिर्ता गरिएका छन् । त्यस्तै ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र जनसेवा काठमाडौँबाट ७५ थान मूर्ति सङ्ग्रहालयलाई प्राप्त भएको छ । 

अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार पछिल्ला चार महिनामा मात्रै पाँचवटा मूर्ति चोरीका घटना भएका छन् । त्यसमध्ये सुनाकोठीको बालकुमारी भवानीको मूर्ति, गोदावरी कुण्डको नारायणको मूर्ति, टौखेलस्थित बुद्धको मूर्ति फेला परेको छ । सो घटनामा संलग्न अभियुक्तसमेत पक्राउ गरी कारबाही चलिरहेको उनले जानकारी दिए । गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x