×

NMB BANK
NIC ASIA

प्रेमको निरन्तरता चलचित्र ‘ए मेरो हजुर ४’

बैशाख ५, २०७९

NTC
Premier Steels

माया प्रेमको कथालाई नै निरन्तरता दिएको विषयवस्तुमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशनमा फेरि रजतपटमा  देखापरेको छ ।

Muktinath Bank

 स्वर्गीय शिव रेग्मीको निर्देशनबाट सुरु भएको ‘ए मेरो हजुर’ को शृङ्खलालाई निरन्तरता दिँदै बनेको चलचित्र सुनिलकुमार थापाको लगानी र झरना थापाको निर्देशनमा यसअघि दोस्रो र तेस्रो संस्करण पनि बनिसकेका छन् ।  मिलन–बिछोड र रुवावासी नै जसरी अधिकांश नेपाली चलचित्रहरूका आधार  बनेका छन् । र, ए मेरो हजुर ४ पनि त्यसबाट उम्किन सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँलाई लिएर थापाले ‘ए मेरो हजुर २’ बनाएकी थिइन् भने तेस्रोमा अनमोल केसीसँग आफ्नी छोरी सुहाना थापालाई डेब्यु गराएकी थिइन् । अनमोल र सुहानाकै जोडी ‘ए मेरो हजुर ४’ मा दोहोरिएको छ । निर्देशक थापाले यसमा पनि प्रेमकै कथा छानेकी छिन् । प्रेममै संसार अडिएको छ भन्छन्, तर उनको यस प्रेमकथा भने बक्स अफिसमा कतिञ्जेल अडिन्छ भन्ने कुरालाई चलचित्रको सफलताले निक्र्योल गर्नेछ । 


Advertisment
Nabil box
Kumari

 धनी परिवारका एक्ला छोरा हुन् प्रेम (अनमोल केसी) । प्रेमलाई पैसाको दुःख छैन तैपनि उनी कामलाई सर्वोपरि मान्छन् । आफूले मिहिनेत गरेर कमाएको प्रतिष्ठा नै आफ्नो लागि ठूलो कुरा भन्ने प्रेम ठान्दछन् । प्रेमका बुवा (सरोज खनाल)ले प्रेमलाई बारम्बार आफ्नो व्यवसायमा सघाउन आग्रह गर्छन्, तर प्रेम आफ्नै रोजगारमा रमाउँछन्, बुवाको कुरालाई टार्छन् । प्रेम, एउटा क्याफेमा कफी बनाउने काम गर्छन् । 

Vianet communication

नेवार परिवारमा हुर्किएकी आर्या (सुहाना थापा) लाई बुवा रवि गिरीको डाक्टर बनाउने सपना छ तर उनी आफ्नै जन्डो पारामा मस्त छिन् । उनी रक्सी पिउँछिन्, परिआउँदा केटाहरूलाई झापड हान्छिन् र आफूलाई मन लागको जे पनि गरिदिन्छिन् ।  प्रेम र आर्याको भेट आर्याको हराएको कुकुर (टोनी)बाट हुन्छ । टोनीकै कारण यी दुईबीच माया बस्छ । यी दुवैको प्रेम र त्यसमा आउने आरोह–अवरोहमै चलचित्रको मुख्य कथा घुमेको छ । 

चलचित्रको मध्यान्तरसम्म प्रेम र आर्याको माया र नाचगानमा सकिएको छ । घरपालुवा कुकुरले चलचित्रमा अधिक प्राथमिकता पाएको छ । कहिलेकाहीँ त यस्तो लाग्छ टोनीका अघिल्तिर सबै कलाकार सहायक हुन् । चलचित्रको कथा जनावर प्रेमप्रति बडो संवेदनशील छ । यतिसम्म कि टोनीलाई न्याय दिलाउनको खातिर प्रेम र आर्या अदालतसम्म पुग्छन् । न्यायाधीशको भूमिकामा किरण केसी छन् । उनले बहसपछि दिएको निर्णयमा निर्देशक अलि बढी महत्वाकाङ्क्षी देखिएकी छिन् । निर्देशकले नेपाल पुलिसलाई पनि चलचित्रमा व्यङ्ग्य गर्न खोजेकी छिन् । यस्तै चलचित्रमा नेपालमा भएको बङ्गलादेश विमान दुर्घटनाको प्रसङ्ग जोडिएको छ । यसले कथालाई पूर्णता दिन कोसिस गरेको छ । 

आफ्नो लभर ब्वायको इमेजमा टिक्न अनमोलले कुनै कसर छाडेका छैनन् तर उनले आफ्नो अभिनय कौशल देखाउने पर्याप्त मौका भने यस पटक पनि पाएका छैनन् । आफ्नो दोस्रो चलचित्रमा सुहानाले केही नयाँ गर्न खोजेको देखिन्छ । उनले यस चलचित्रमा यथेष्ट प्राथमिकता पनि पाएकी छिन् । नेवार पहिरन र लवज उनलाई एकदमै सुहाएको छ । रवि गिरीसँग जति कौशल छ त्यसको पर्याप्त उपयोग चलचित्रमा हुन पाएको छैन । सलोन बस्नेत, रिअर राई र सरोज खनालले खासै प्रभावकारी भूमिका पाएका छैनन्, त्यसैले उनीहरूको काम औसतमै टुङ्गिएको छ । चलचित्रको सङ्गीत र सिनेम्याटोग्राफीमा भने राम्रो काम भएको छ ।   

समग्रमा चलचित्र एक पटक हेर्दा पछुताउनु पर्दैन । आशा छ, आगामी चलचित्रमा निर्माता÷निर्देशकले आफ्नो मेकिङमा स्तरोन्नति गर्नेछन् र दर्शकले यिनका चलचित्र दोहो¥याई तेह¥याई हेर्नेछन् । गुणवत्तामा ध्यान दिइएको खण्डमा आफ्नो चलचित्रले प्राथमिकता पाएन, हलवालाले दुःख दिए भनेर गुनासो गर्ने ठाउँ रहने छैन । गोरखापत्र दैनिकमा सुकृत नेपालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x