×

NMB BANK
NIC ASIA

सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को ?

बैशाख ६, २०७९

NTC
Premier Steels

३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् ।

Muktinath Bank

सशस्त्र प्रहरीका १०औं आईजीपी शैलेन्द्र खनाल अनिवार्य अवकाशमा गएसँगै ११औं आइजीपीका रूपमा पुष्पराम केसीले हाल जिम्मेवारी सम्हालिरहेका छन् । तर उनीसमेत १९ वैशाखमा अनिवार्य अवकाशबाट घर जाँदै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनमा दुवै प्रहरी संगठनमा नयाँ आईजीपी


Advertisment
Nabil box
Kumari

सशस्त्र प्रहरीमा आइतबार मात्रै एआईजीका लागि बढुवा सिफारिसमा परेका राजु अर्याललाई नयाँ आईजीपी बन्न बाटो खुलेको छ । अबको १३ दिनपछि अर्याल सशस्त्र प्रहरीको १२औं आईजीपी बन्नेछन् ।

Vianet communication

अर्याल सशस्त्रमा कार्यरत डीआईजीमध्ये वरिष्ठ हुन् । एआईजी बढुवाका लागि डीआईजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीधर दाहालले आवश्यक कागजात बुझाएर दाबी पेस गरे पनि सरकारले वरिष्ठताक्रममा अघि रहेका अर्यालको नाम एआईजीका लागि सिफारिस गरिसकेको छ । सरकारको सिफारिसमा परेका अर्याल नै अबको चुनावी नेतृत्व सम्हाल्ने गरी सशस्त्र प्रहरीको आईजीपी बन्ने पक्का भएको हो ।

नेपाल प्रहरीमा पनि १८ वैशाखबाटै हालका आईजीपी शैलेश थापा क्षत्री ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि नेपाल प्रहरीमा पनि नयाँ आईजीपीको इन्ट्री हुनेछ ।

नेपाल प्रहरीमा एकै ब्याचका चार एआईजीहरू आईजीपीको दौडमा छन् । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल अन्य तीन जना एआईजीभन्दा डेढ वर्षअघि नै अर्थात् २०७७ मंसिरमा एआईजी बढुवामा परेका हुन् । अरू दाबेदारभन्दा पहिल्यै एआईजी भएकाले उनको सम्भावना बलियो छ ।

पोखरेल पछि गत असारमा एआईजी बढुवामा परेका सहकुल थापालाई पनि भावी आईजीपीका रूपमा हेरिएको छ । उनी प्रहरीको नेतृत्व लिन शक्ति केन्द्रसँग लबिङमा छन् ।

यसैगरी, पोखरेल र थापा एआईजी हुँदाहुँदै दरबन्दी नै थपेर सरकारले अन्य तीन जनालाई एआईजीमा बढुवा गरेपछि नेपाल प्रहरीमा आईजीपीमा विकल्प खोजिएको हो कि भन्ने चर्चा पनि छ ।

सरकारले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई केही समयअघि मात्रै एआईजीमा नयाँ दरबन्दी थप्दै बढुवा गरेको थियो । पन्त भने हालका आईजीपी थापासँगै अवकाशमा जानेछन् । उनी प्रहरी संगठनबाट बिदा हुँदा नेपाल प्रहरीको नयाँ नेतृत्वका लागि पोखरेल, थापा, सिंह र धानुक प्रतिस्पर्धामा रहनेछन् । यी चारै जना २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

प्रहरी संगठनभित्र सिंहलाई व्यावसायिक प्रहरी अधिकारीका रूपमा मानिन्छ । प्रहरी नियमावलीमा एआईजीहरूमध्येबाट सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने प्रावधान छ । नयाँ बन्ने आईजीपीले नै आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन गराउनेछन् । सरकारले स्थानीय तहको निर्वाचन र आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाईसमेत ख्याल गरेर नयाँ आईजीपी बनाउनेछ ।

प्रहरी नियमावली २०७१ को नियम ४१ अनुसार एआईजीमध्येबाट सरकारले चाहेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्नेछ ।

‘प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उत्तरदायित्व वहन गर्न सक्ने क्षमता भएको उम्मेदवारलाई बढुवा गर्नुपर्नेछ,’ नियमावलीमा भनिएको छ ‘नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई महानिरीक्षकमा बढुवा गर्नेछ ।’ राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x