×

NMB BANK
NIC ASIA

चाइनिज कम्पनीको कृषियन्त्र दिएपछि तत्कालीन प्रदेश सचिवसहित ४ जनाविरुद्ध मुद्दा

बैशाख ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकसमेत ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Muktinath Bank

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ५ बुटवल, रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आव २०७५/०७६ मा किसानहरूलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रालि भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलब्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, साविक ५ नम्बर प्रदेशबाट सञ्चालन गरिएको कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाई/दोहोरो बिलको भुक्तानी लिने/दिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी हानि पुर्‍याएको हुँदा उक्त कार्यमा संलग्न राष्ट्रसेवक कर्मचारी तथा आपूर्तिकर्ताको हकमा देहाय बमोजिमको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ तथा  भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
 
तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी/नगराई भुक्तानी दिने सम्बन्धी टिप्पणी सदर गरी/गराई ७ वटा मिनि टिलरको ६ लाख २२ हजार ५०० रुपैयाँ बराबरको झुट्ठा बिल भरपाई बनाई दोहोरो भुक्तानी गरी प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्‍याई भष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसूर गरेको एवं निजहरूले सम्झौता पत्रमा उल्लेख भएबमोजिम वितरण गर्नुपर्ने यन्त्र उपकरण खरिद नगरी कम गुणस्तरको १७ वटा र १२ वटा मिनि टिलर खरिद गरी प्रदेश सरकारलाई ३७ लाख १५ हजार रुपैयाँ हानी पुर्‍याई सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय खण्ड (ञ) बमोजिमको कसुर गरेको देखिँदा निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (१)  बमोजिम बिगो ४३ लाख ३७ हजार ५०० रुपैयाँ कायम गरी ३ महिनादेखि ३ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम गैरकानूनी हानी पुर्‍याएको बिगो रकम निजहरूबाट असूलउपर गर्न समेत मागदाबी लिइएको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x