×

NIC ASIA

बीमा कम्पनीको पूँजी वृद्धि योजना : अन्तिम विकल्पमा मर्जर

बैशाख १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी बढाउने क्रममा अधिकांश कम्पनीले मर्जरलाई अन्तिम विकल्पको रूपमा अघि सारेका छन् ।

Muktinath Bank

बीमा कम्पनीले चुक्तापूँजी बढाउने योजना (क्यापिटल प्लान) समितिमा बुझाउनुपर्ने अन्तिम दिन आइतवार थियो । सो दिनसम्ममा ३९ मध्ये २४ कम्पनीले क्यापिटल प्लान पेश गरेका छन् । त्यसमा अधिकांशले बोनस शेयरमार्फत पूँजी बढाउने योजनालाई पहिलो नम्बरमा राखेका छन् । हकप्रद शेयर दोस्रो नम्बरमा छ । यी दुई तरीकाले तोकिएको पूँजी पुग्ने अवस्था नआएमात्र उपयुक्त कम्पनी छनोट गरेर छानेर मर्जरमा जाने गरी कम्पनीहरूले क्यापिटल प्लान पेश गरेको बीमा समितिले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीमा कम्पनीका अधिकारीहरू पनि पहिलो नम्बरमा बोनस शेयर र दोस्रोमा हकप्रद शेयरलाई पूँजी बढाउने विकल्पको रूपमा अघि सारिएको बताउँछन् । त्यसले तोकिएको पूँजी नपुग्ने अवस्था आएमात्र मर्जर रोज्ने उनीहरूको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘हामीले यसरी नै चुक्तापूँजी बढाउने भनेर समितिमा क्यापिटल प्लान पेश गरेका छौं । अब त्यसमा समितिले कस्तो प्रतिक्रिया जनाउँछ, त्यहीअनुसार पूँजी वृद्धिको योजना अगाडि बढ्न सक्छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भने, ‘चुक्तापूँजी बढाउन दिइएको समय एकदम कम छ । त्यो अवस्थामा बोनस शेयरमार्फत पूँजी पुर्‍याउन सम्भवै हुँदैन । हकप्रद नै उपयुक्त विकल्प हुन सक्छ । त्यसपछि पनि भएन भने मर्जरबारे सोच्नेछौं ।’

Vianet communication

बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरूलाई चुक्तापूँजी बढाउन निर्देशन दिएको थियो । हाल जीवन बीमा कम्पनीको चुक्तापूँजी न्यूनतम २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवनको २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी हुनुपर्छ । त्यसका लागि ३० दिनभित्र क्यापिटल प्लान पेश गर्न समितिले निर्देशन दिएको थियो ।

क्यापिटल प्लान बुझाउने अन्तिम दिन आइतवारसम्ममा २४ कम्पनीले योजना पेश गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘हामीले कम्पनी संख्या घटाउन मर्जरमै लैजाने गरी निर्णय गरेका हौं । कम्पनीहरूले के कस्तो क्यापिटल प्लान पेश गरेका छन्, त्यो अध्ययन गर्न बाँकी छ,’ उनले भने, ‘तैपनि हामी मर्जरलाई नै प्राथमिकतामा राखेर यससम्बन्धी काम कारबाही अघि बढाउँछौं ।’

आइतवारसम्ममा क्यापिटल प्लान नबुझाउने कम्पनीलाई कारबाही गरिने पनि उनले बताए । ‘हाम्रो निर्देशनअनुसार क्यापिटल प्लान पेश गर्नुपर्ने आइतवार अन्तिम दिन थियो । त्यो अवधिमा केही कम्पनीले पेश गरेका छैनन्,’ उनले भने, ‘उनीहरूलाई बीमा ऐनअनुसार कारबाही हुन्छ ।’ तोकिएको मितिभित्र पूँजीवृद्धिको योजना नबुझाउने कम्पनीलाई के कारबाही हुने हो, त्यो चाहिँ कार्यकारी निर्देशक पौडेलले खुलाएनन् ।

हाल नेपालमा १९ जीवन र २० निर्जीवन बीमा कम्पनी छन् । त्यसमा १२ जीवन र १२ निर्जीवन बीमा कम्पनीले क्यापिटल प्लान पेश गरेका छन् ।  

नेपाल लाइफको यसअघि नै तोकिएअनुसार चुक्तापूँजी पुगिसकेको छ । उसलाई तत्काल पूँजी बढाउनुपर्ने बाध्यता छैन । जीवन बीमातर्फ अझै ६ कम्पनीले चुक्तापूँजी बढाउने योजना पेश गर्नुपर्ने देखिन्छ । त्यसमा प्राइम लाइफ, ज्योति लाइफ, युनियन लाइफ, प्रभु लाइफ, राष्ट्रिय बीमा संस्थान र रिलायबल नेपाल लाइफले योजना पेश गर्न बाँकी छ । निर्जीवनतर्फ अब ८ कम्पनीले क्यापिटल प्लान पेश गर्न बाँकी छ । निर्जीवनतर्फ द ओरियण्टल, नेशनल, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ, एनएलजी, प्रिमियर, प्रभु र हिमालयन जनरल इस्योरेन्सले क्यापिटल प्लान पेश गर्न बाँकी रहेको समितिले जानकारी दिएको छ । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खबर लेखेका  छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x