×

NMB BANK
NIC ASIA

उपत्यकाका १० मेयरले फेरि पाए अवसर

बैशाख १४, २०७९

NTC
Premier Steels

काठमाडौं उपत्यकाका १८ मेयरमध्ये १० जनाले फेरि टिकट पाएका छन् भने ८ ले पाएनन् । टिकट पाएका १० जना मेयरले पुन आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

Muktinath Bank

काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकाका तीन जिल्लामा दुई महानगरपालिकासहित १८ नगरपालिका छन् । सोमबार यी सबै नगरपालिकामा उम्मेदवारी दर्ता हँुदा १० जना पुरानै मेयरको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालमा मेयरमा जितेका १८ मध्ये १० जनाले पुनः मेयरमा दोहोरिने अवसर पाए भने बाँकी आठ जना दोहोरिन सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले दोहोरिने चाहना राखे पनि उनले फेरि टिकट पाएनन् । काठमाडौंमा एमालेले केशव स्थापितलाई मेयरको उम्मेदवार बनाएकाले पनि शाक्यको दोहोरिने चाहनामा बिराम लागेको हो । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई भने कांग्रेसले फेरि मेयर उम्मेदवार बनाएको छ ।


Advertisment
Nabil box
Kumari

ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनलाई पनि कांग्रेसले फेरि उम्मेदवार बनाएको छ भने महालक्ष्मी नगरपालिकामा रामेश्वर श्रेष्ठले फेरि टिकट पाएनन् । पाँच वर्षअघि उनले एमालेबाट टिकट पाएका थिए । उता भक्तपुरमा चार नगरपालिका छन् । तीमध्ये चाँगुनारायण नगरपालिकामा सोमप्रसाद मिश्रले फेरि मेयर टिकट पाएनन् २०७४ मा उनी एमालेबाट निर्वाचित भएका थिए । तर, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापालाई भने यसपटक पनि एमालेले मेयरको उम्मेदवार बनाएको छ ।

Vianet communication

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति पनि फेरि मेयरको उम्मेदवार बन्ने अवसर पाएका छन् । मध्यपुर थिमी नगरपालिकामा पनि एमालेले मदनसुन्दर श्रेष्ठलाई नै फेरि मेयरको टिकट दिएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर रमेश महर्जनले फेरि मेयरको टिकट पाउन सकेनन् । दक्षिणकालीका मेयर मोहन बस्नेत फेरि उम्मेदवार बनेका छन् । चन्द्रागिरिमा घनश्याम गिरीले पनि फेरि मेयर टिकट पाएका छन् । नागार्जुनमा मोहन बस्नेतले फेरि मेयरमा उम्मेदवारी दिएका छन् । उनीहरू तीनै जनाले कांग्रेसबाट फेरि मेयरको टिकट लिन सफल भएका हुन् ।

तारकेश्वर नगरपालिकामा एमालेले रामेश्वर बोहोरालाई फेरि मेयर उम्मेदवार बनाएको छ । टोखामा प्रकाश अधिकारीले पनि फेरि टिकट पाएका छन् । उनी पनि एमाले हुन् ।

गोकर्णेश्वरका मेयर सन्तोष चालिसे, कागेश्वरी मनोहराका कृष्णहरि थापा, शंखरापुरका सुवर्ण श्रेष्ठ र बुढानीलकण्ठ उद्धव खरेलले भने मेयरका लागि फेरि टिकटका अवसर पाउन सकेनन् । उनीहरू चारै जनाले २०७४ मा एमालेबाट मेयर जितेका थिए । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x