×

NMB BANK
NIC ASIA

शुरू भयो सिद्धबाबा सुरुङमार्गको डिजाइनको काम

बैशाख १४, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

सिद्धार्थ  राजमार्गअन्तर्गतको  बुटवल–तानसेन  सडक खण्डको सिद्धबाबा सुरुङमार्गको डिजाइन तथा सर्वे कार्य शुरू भएको छ ।

Muktinath Bank

सडक  विभागका  प्रवक्ता  शिव  नेपालले  सिद्धबाबा  सुरुङमार्ग  निर्माणका  लागि  ठेकेदार  कम्पनीसँग सम्झौता भई कम्पनीले सुरुङ निर्माण गर्ने ठाउँको सर्वे तथा डिजाइनको काम शुरू गरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो   सुरुङमार्गको   निर्माण   इन्जिनियरिङ   प्रोक्युरमेन्ट   कन्स्ट्रक्सन   (ईपीसी)   मोडलमा   भइरहेको हुनाले सम्झौता अनुसार सर्वे, डिजाइन तथा पूर्वतयारीका लागि नौ महिनाको समय छुट्याइएको छ  ।  


Advertisment
Nabil box
Kumari

सोहीअनुसार  निर्माण  कम्पनीले  अहिले  काम  शुरू गरेको हो ।

Vianet communication

सर्वे, डिजाइन तथा पूर्वतयारीको काम सम्पन्न भएपछि आगामी आर्थिक वर्षको तेस्रो चौमासिकदेखि सुरुङ खन्ने काम शुरू हुने उनले जानकारी दिए ।

निर्माण  कम्पनीले  पाँच  वर्षभित्र  सुरुङमार्ग  निर्माण  गरी  नेपाललाई  हस्तान्तरण  गर्नुपर्ने  हुन्छ  ।

 सुरुङमार्ग निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीले पाएको छ ।

कम्पनीले सात अर्ब ३४ करोड २१ लाख चार हजार ७३४ रुपैयाँमा ठेक्का पाएको हो ।

सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा नै यो सुरुङमार्ग निर्माण कार्यलाई समेटेको थियो ।

सो सडकको सिद्धबाबा खण्डमा जाने पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुँदै आएको छ ।

स्वदेशी लगानीमा बन्ने यो सुरुङमार्गका लागि अर्थ मन्त्रालयले २०७६ मङ्सिरमा दस अर्ब १५ करोड रुपैयाँको बजेट सुनिश्चित गरिसकेको छ ।

यस्तो हुनेछ सुरुङमार्गसिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा ढोका रहनेछ ।

चिडियाखोलाको खोच हुँदै दोभान नजिकै निस्कने यो सुरुङमार्गको दोहोरो  सवारीसाधन  जाने  मिल्ने  लम्बाइ  एक  किलोमिटरभन्दा बढी हुनेछ । सुरुङमार्गको प्रत्येक लेन ३.७५ मिटरको हुनेछ । एक मिटर सोल्डर र ड्रेनेज रहनेछ । एउटा मुख भएको सुरुङमार्गमा एउटा लेन प्रवेश र अर्को आगमनका लागि  हुनेछ  ।  

सुरुङमार्गभित्र  आपत्कालीन  ठाउँ,  सुुरुङको  खटप्वाल,  विद्युतीय  अनुगमन  प्रणालीको  व्यवस्था पनि निर्माण गरिनेछ । आकस्मिक अवस्थामा त्यसबाट एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधन चलाउन सकिनेछ । सुरुङमार्गसँगै पैदल यात्रुका लागि 'रक सेट’ पनि निर्माण हुनेछ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x