फागुन ३, २०८०
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बैशाख १४, २०७९
पाँच वर्ष उपमेयर चलाउनु मेरो लागि चुनौती र अवसर दुवै रह्यो । जनतासँग सरोकार हुने विषयमा मैले प्रत्यक्ष काम गर्ने अवसर पाएँ । जनतालाई आफूनजिक नै सरकार भएको अनुभूति दिलाउन म सफल भएँ । समस्या समाधानका लागि सहजीकरण गर्ने र विकल्प दिने काममा सफल भएकाले म समस्या समाधान गर्न सक्षम छु भन्ने अनुभव मलाई भयो ।
हुन त हामीलाई पर्याप्त समय उपलब्ध भएन । कोरोनाका कारण लगाइएको लकडाउनले पनि हामीलाई समस्या पारिदियो । तैपनि जनताको अपेक्षाअनुरूपको काम गर्न हामी सफल भयौं । नगरवासीलाई समृद्ध बनाउन हामी तत्पर रह्यौं ।
शिक्षा, स्वास्थ्य र कृषिमा हामीले जोड दियौं । शिक्षाको कुरा गर्नुपर्दा हामीले पूर्वाधार बनायौं र शिक्षक दरबन्दी पनि सिर्जना गर्यौं । स्वास्थ्यको कुरा गर्दा, हामीले प्राथमिक चौकीहरूमा औषधिको अभाव हुन दिएनौं । उपमहानगरपालिकाका २४ वटै वडामा हामीले आधारभूत स्वास्थ्य चौकीको अवधारणा ल्यायौं । कोरोनाकालमा आइसोलेसनदेखि लिएर राहतसम्म सबैको व्यवस्थापन हामीले गर्यौं ।
कृषि र स्वरोजगारको क्षेत्रमा पनि हामीले काम गरेका छौं । अपांगता भएका व्यक्तिहरूलाई सेवासुविधा उपलब्ध गरायौं ।
अनि बाटोघाटो र पुलहरू बनाउन पहल गर्यौं । यी सबै काममा संलग्न रहेको आधारमा मलाई मेयरको उम्मेदवार बन्ने योग्यता निर्माण भएको अनुभव भयो ।
अनियमितताको आरोपको खण्डन
हामीले अनियमितता भ्रष्टाचार गरेको भनेर अफवाह फैलाइएको छ । हामीविरुद्ध अख्तियारमा उजुरीको चाङ छ भनेर हल्ला गरियो । तर त्यो उजुरी मात्र हो, अदालतबाट भ्रष्टाचार ठहर भएको हैन । उपभोक्ता समितिहरूले गरेको काम अर्को पक्षलाई मन नपरेको आधारमा उजुरी दिइएको थियो । भ्रष्टाचार भएको त प्रमाणित हुनुपर्यो नि ! अनियमितता भन्दा पनि जनप्रतिनिधिलाई शुरूमा कार्यभार सम्हाल्दा कानूनको ज्ञान नभएकाले केही गाह्रो परेको थियो ।
उपमहानगरपालिकाका लागि पाँच वर्षको भिजन
हाम्रो पार्टीले सुशासनयुक्त नगर बनाउने घोषणा गरेको छ । स्वच्छ र हराभरा नगर बनाउने योजना पनि हामीले बनाएका छौं । अघिल्लो चुनावमा हामीले जितपुर सिमरालाई मेगासिटी र स्मार्टसिटी बनाउनका लागि आधारशिला तयार गर्ने भनेका थियौं । तर आमजनताले पाँच वर्षमा मेगासिटी बन्छ भनी बुझे । त्यसका लागि पनि सपना त देख्नुपर्यो । त्यो सपना पूरा गर्न हामी लागिपरेका छौं ।
फोहर व्यवस्थापन गर्न हामीले सकेनौं किनकि ऐलानी जग्गामा फोहर फाल्नका लागि विभिन्न समस्या देखिए । तर आगामी पाँच वर्षमा हामीले डम्पिङ साइट बनाइसकेका हुनेछौं । फोहरलाई रिसाइकल गर्ने पूर्वाधारहरू हामीले तयार पारिसकेका हुनेछौं ।
यहाँ ध्वनि प्रदूषण र कलकारखानाबाट हुने प्रदूषणको समस्या पनि छ । त्यसलाई नियन्त्रण गर्न हामीले उद्योगहरूसँग सम्झौता गरेका छौं र भविष्यमा पनि गर्नेछौं । हामी वातावरण विज्ञ नै नियुक्त गरेर यसमा अघि बढिरहेका छौं । उद्योग कलकारखाना सञ्चालकहरूले पहिलेभन्दा अहिले अलि सुधार गर्नुभएको छ ।
आगामी दिनमा हामीले बाटोघाटोहरूमा सुधार ल्याउनेछौं । अघिल्लो चुनावमा हामीले बाटो फराकिलो र पक्की बनाउने वाचा गरेका थियौं । त्यसमध्ये ५० प्रतिशत काम हामीले सम्पन्न गरिसकेका छौं । गाउँगाउँ दूरदराजमा जाँदा पनि अहिले राम्रै बाटाहरू बनेका छन् । बाटो नभएको ठाउँमा गोरेटो बाटोलाई विस्तार गरेर अनि ग्राभेल गरेर हामीले राम्रो बनाएका छौं । चुनाव जितिसकेपछि हामीले त्यसमा कालोपत्रे पनि गर्ने अवधारणा लिएका छौं ।
गठबन्धनविरुद्ध प्रतिस्पर्धा
पाँच दलले गठबन्धन बनाएको भए पनि हामी उनीहरूका विरुद्ध एक्लै लड्न तयार छौं । हाम्रो पार्टीले जुन नीति ल्याउँछ, त्यो गरेर देखाउँछ । हाम्रो संगठन बलियो छ, हामीसँग जनाधार छ र हाम्रो पार्टीप्रति जनताको विश्वास छ । त्यसैले गठबन्धनसँग लड्नका लागि हामी पूर्ण आत्मविश्वासका साथ मैदानमा आएका छौं ।
म पार्टीको केन्द्रीय सदस्य पनि हुँ । मलाई पार्टीका साथीहरूले माथि प्रदेश वा संघमा जान भनेका पनि थिए । तर म आमजनतासँग जोडिएर काम गर्न चाहन्थें र नगरपालिका त्यसका लागि उपयुक्त ठाउँ हो । त्यसैले मैले पार्टीसँग मेयरको टिकट मागें ।
जनताको साथ पाएकाले जित्नेमा ढुक्क
मलाई विश्वासै गरेर पार्टीले टिकट दिएको हो । मैले पार्टीलाई उपमेयरका रूपमा गरेको कामको फेहरिस्त लगाएर म मेयरका लागि योग्य छु र जितेर पनि देखाउँछु भनेको थिएँ ।
मेरा नगरवासीहरूले मलाई साथ सहयोग दिनुहुनेछ भनी म आश्वस्त छु । उपमेयरका रूपमा मैले उहाँहरूको आशा भरोसा जितेको छु । मैले जनाधार र संगठन बनाएको छु । पार्टीको माथिल्लो तहका नेताहरूसँग मैले सुमधुर सम्बन्ध बनाएको र विश्वास पनि जितेको भएर उहाँहरू मलाई जिताउन खटिनुभएको छ ।
मैले मेयरको टिकट पाउँदा पार्टीमा कोही पनि असन्तुष्ट छैन । मेयर पदमा हाम्रो पार्टीबाट १० जनाको दाबी थियो । तर जसले टिकट पाए पनि सबै मिलेर सहयोग गर्ने र पार्टीलाई चुनाव जिताउने भनी हामीले प्रतिबद्धता गरेका छौं । पार्टीमा भित्री अन्नतरद्वन्द्व त्यस्तो केही पनि छैन ।
'पहिलेको भन्दा बढी मत ल्याएर जित्छु'
अघिल्लो पटकको चुनावमा मैले १४ हजार ३६२ मत ल्याएर जितेको थिएँ । अहिले मतदाता संख्या बढेको छ । समग्रमा भन्नुपर्दा मैले १५ देखि १६ हजार मत ल्याएर जित्ने आकलन गरेकी छु । एकीकृत समाजवादीले मेरो भोट काट्छ जस्तो लाग्दैन । उहाँहरूले गठबन्धनको पक्षमा भोट माग्नुहुन्छ, म आफ्नो पार्टीका लागि माग्छु । तर जनतालाई थाहा छ, मैले उपमेयरका रूपमा काम गरेको छु । उहाँहरूले विश्वास गरेर मलाई जिताउनुहुनेछ ।
(जितपुर–सिमरा उपमहानगरपालिका प्रमुख पदकी एमाले उम्मेदवार सरस्वती चौधरीसँग लोकान्तर लागि विन्देश दहाल र उद्धव थापाले गरेको कुराकानीमा आधारित ।)
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...