×

NMB BANK
NIC ASIA

त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कु-यै विद्यार्थी

बैशाख १५, २०७९

NTC
Premier Steels

देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बित्दासमेत परीक्षाफल प्रकाशन गरेको छैन ।

Muktinath Bank

त्रिविले समयमा नै परीक्षाफल प्रकाशन नगर्दा विद्यार्थीको ‘करिअर’मा नै असर पर्ने गरेको समेत पाइएको छ । शैक्षिक प्रमाणपत्र लिएर करिअरको बाटो तय गर्ने सपना बोकेका युवा विद्यार्थीमाथि त्रिविको ढिलासुस्तीले तनाव दिने गरेको विद्यार्थीहरूको गुनासो रहेको पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्नातक तह दोस्रो वर्षको परीक्षा गत वैशाख २०७८ मा भएको थियो । हालसम्म पनि त्रिविले सो परीक्षाको परीक्षाफल प्रकाशित गरेको छैन । एक विद्यार्थी परीक्षा दिएर विवाह गरेपछि बच्चा जन्मिएको र विवाहको वार्षिकोत्सवसमेत मनाउँदा पनि परीक्षाफल प्रकाशित नभएको बताउँछिन् ।


Advertisment
Nabil box
Kumari

स्नातक तहतर्फको प्रायः सबै संकायको परीक्षाफल लामो समयदेखि प्रकाशन नभएको पाइएको छ । भदौमा सम्पन्न एलएलबी प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित नभएको पाइएको छ ।

Vianet communication

कानुन संकायतर्फ भने दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएर पनि ब्याक पेपरको समेत परीक्षा सम्पन्न भइसकेको छ । त्रिविका स्नातक तह, स्नातकोत्तर तहका विभिन्न संकायको नतिजा प्रकाशनमा ढिला हुने गरेको छ ।

वार्षिक प्रणालीमा मात्र नभएर सेमेस्टार प्रणालीमा समेत परीक्षाफल ढिला हुने गरेको विद्यार्थीको गुनासो छ । गत साउन÷भदौमा डिन कार्यालयले लिएको सामाजिक शास्त्र, अर्थशास्त्रलगायत विषयको नतिजा हालसम्म पनि प्रकाशन हुन सकेको छैन । अन्य संकाय र तहको परीक्षाफल प्रकाशनमा समेत ढिलाइ हुने गरेको पाइएको छ ।

त्रिविले जनशक्तिको अभावका कारण समयमा नै नतिजा प्रकाशन गर्न नसकेको जवाफ दिएको छ । त्रिविले लामो समयदेखि जनशक्तिको अभावमा देखाएर परीक्षाफल प्रकाशनमा ढिलासुस्ती गर्ने गरेको पाइएको छ । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x