×

NMB BANK
NIC ASIA

आकाशमा हेरौँ ग्रहहरूको परेड

बैशाख १५, २०७९

NTC
Premier Steels

आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताएका छन् । ग्रहहरू धर्तीमा झर्न उद्यत भएको यो अकल्पनीय दृश्य बारम्बार नआउने अवलोकनकर्ताहरू बताउँछन् ।

Muktinath Bank

उनीहरूका अनुसार पृथ्वीको परिक्रमा गर्ने ग्रहहरूमध्येका चार ग्रह र चन्द्रमा एकै लहरमा आकाशमा पौडी खेल्न लामबद्ध भएर बसेझैँ गरी बसेको हेर्न पाइन्छ । यो दृश्य जुनसुकै बेला हेर्न पाइने होइन । खुला आकाशमा खुला आँखाले नै यो दृश्यावलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको उक्त समितिले यस विषयमा अध्ययन अवलोकन गरेपछि आमसर्वसाधारणलाई हेर्न अपिल गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार बिहान ३ बजेपछि सूर्य उदाउनु अघिसम्म यो अनुपम दृश्य नेपालका जुनसुकै कुनाबाट हेर्न सकिन्छ । हेर्दाको अनुभव बताउँदै शर्माले भने, “सूर्य उदाउने पूर्व दिशातिर फर्केर १० डिग्रीदेखि ४५ डिग्रीसम्म माथि फर्केर हेर्दा वृहस्पति, शुक्र, मङ्गल र शनि ग्रह एउटै लहरमा पश्चिमतर्फ लर्केर बसेका हुन्छन् । बीचमा अर्ध चन्द्रमा तिनकै लहरमा मिसिएझैँ गरेर छेउ लागेर उभिएको हुन्छ ।” यसले माथिल्लो ब्रह्माण्ड नै पृथ्वीमा सयर गर्न आएको अनुभूति दिलाएको उनले सुनाए ।


Advertisment
Nabil box
Kumari

दुई दिनयता देखिन सुरु भएको ग्रहको समूह पृथ्वीको नजिक पर्न आउँदाको अवस्थामा देखिएको हो । शर्माले थपे, “शुक्र निकै चम्किलो देखिन्छ, अनि मङ्गल केही रातो देखिन्छ, शनि र वृहस्पतिको दर्शन पनि अझ मजाले हेर्न  सकिन्छ ।” एउटा ग्रहभन्दा अर्को ग्रह के कम भनेजस्तै परेडमा को पहिलो हुने अनौठो प्रतिस्पर्धामा ग्रहको समूह उत्रेको मनोरम दृश्यले अध्ययनकर्ताको ध्यान तानेको छ । 

Vianet communication

यो कुनै समयको अन्तराल, कालखण्ड वा सामान्य अवस्थामा देखिने दृश्यावलोकन होइन । पृथ्वीलाई आधार मानेर परिक्रमा गर्ने ग्रहहरू पृथ्वीको एक कोणमा कुनै समयमा आइपुग्दा पृथ्वीको सतहबाट नजिक र खुला आँखाले देख्न सकिने भएको समितिले जनाएको छ । काठमाडौँबाट यी ग्रहहरूको अवलोकन गर्दा वायु तथा प्रकाश प्रदूषण न्यून रहेको स्थानबाट पूर्व–दक्षिण दिशाको ९० डिग्रीदेखि १४० डिग्री र उचाइ कोणमा १० डिग्रीदेखि ४५ डिग्रीको कोणमा खुला आँखाले अवलोकन गर्न सकिन्छ । 

समितिका अनुसार नेपालसहित पृथ्वीको दक्षिण र उत्तरी ध्रुवमा रहेका भारत, चीन, पाकिस्तानलगायत देशका नागरिकले पनि खुला आँखाले ग्रहहरूको आकाशमा परेड खेल्न बसेको जस्तो अवस्थाको दृश्यावलोकन गर्न सक्नेछन् । समितिले ब्रह्माण्डको ग्रह नक्षत्रको अध्ययनका लागि नगरकोट र कीर्तिपुरमा टेलिस्कोपसहितको अध्ययन लामो समयदेखि गरिरहेको छ । सोही क्रममा यसअघि नै गरेको अध्ययनअनुसार वैशाखमा यो अनुपम दृश्यावलोकनको अवसर आउने अनुमान समितिले गरेको थियो । सोही अनुमान दुई दिन अघिदेखि साकार भएको कार्यकारी निर्देशक शर्माले बताए । आकाशको यो अलौकिक दृश्य वैशाखभर देख्न सकिने भएकाले लाभ लिन पनि आमनागरिकलाई उनले अनुरोध गरे । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x