×

NMB BANK
NIC ASIA

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तन हुने

बैशाख १५, २०७९

NTC
Premier Steels

 नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् । 

Muktinath Bank

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गते अनिवार्य अवकाश पाउने भएकाले दुइटै सुरक्षा सङ्गठनको नेतृत्व परिवर्तन हुन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले सुरक्षा सङ्गठनको नेतृत्व परिवर्तनका लागि आवश्यक गृहकार्य थालिसकेको गृह मन्त्रालयले जनाएको छ । चार दिनपछि प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ नेतृत्व आउने छ । २०७९ सालमा प्रहरी सङ्गठनले तीन जना प्रहरी महानिरीक्षक पाउने भएको छ । 


Advertisment
Nabil box
Kumari

वर्तमान महानिरीक्षक थापाक्षेत्रीको अवकाशपछि नियुक्त हुने महानिरीक्षकको सेवा अवधि पनि ३० वर्षे सेवा अवधिका कारण करिब ११ महिनाको हुनेछ । यही वर्षको चैतमा पुनः अर्को महानिरीक्षक नियुक्त हुने देखिन्छ ।

Vianet communication

त्यस्तै तत्कालीन सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालले चार वर्षे कार्यकाल पूरा गरी चैत २८ गते अवकाश पाएपछि सरकारले ज्येष्ठता र वरिष्ठताका आधारमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट पुष्पराम केसीलाई महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल १९ दिन रहेको छ । 

महानिरीक्षक केसीको अवकाशपछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल महानिरीक्षक बन्ने सम्भावना बलियो छ । उहाँ आफ्ना समकक्षीलाई पछि पार्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भइसकेका छन् । 

नेपाल प्रहरीमा ज्येष्ठता र वरिष्ठताका आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल पहिलो नम्बरमा र सहकुल थापा दोस्रोमा छन् । धिरजप्रताप सिंह र रविन्द्र धानुक दुई हप्ता अगाडि मात्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका हुन् । उनीहरू चारै जनालाई प्रहरी महानिरीक्षकको दाबेदार हुन् । उनीहरू प्रहरी निरीक्षक पदबाट एकै पटक प्रहरी सङ्गठनमा प्रवेश गरेका हुन् । 

प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ ले एआईजी वा एआईजी नभएको अवस्थामा डीआइजीहरू मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्नसक्ने तथा आफूभन्दामुनिका प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई महानिरीक्षक नियुक्त गर्नसक्ने व्यवस्था छ । गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x