×

NMB BANK
NIC ASIA

मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !

बैशाख १७, २०७९

NTC
Premier Steels

बहालवाला मेयरहरू मेयरमै दाबी गर्छन् । कतिपय अवस्थामा मेयरमा टिकट नपाए प्रदेश वा संघमा जाने तयारीमा हुन्छन् तर सुनसरीको इनरुवामा भने रोचक भएको छ ।

Muktinath Bank

इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीले वडा सदस्यमै टिकट दिएकाले आफूले वडा सदस्यको उम्मेदवारी दिएको मेहेताले प्रतिक्रिया दिए । उनले फोन सम्पर्कमा भने, ‘पार्टीले मूल्यांकन गरेर वडा सदस्यमा टिकट दियो, पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

उनले इनरुवा नगरपालिका–२ बाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नगर सभापति समेत रहेका उनले भने, ‘पार्टीले जहाँ लड भन्यो, त्यहीँ उम्मेदवार दिएको हुँ, पार्टीको निर्णय मैले मात्रै होइन, सबैले मान्नुपर्छ ।’ उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने रहेको बताउँदै भने, ‘पार्टीले गरेको मूल्यांकन मैले मात्रै होइन, सबैले मान्नुपर्छ ।’

Vianet communication

इनरुवा–२ मा कांग्रेसबाट रन्जेश भट्टराई वडाध्यक्षको उम्मेदवार छन् । कतिपय नेताहरूले भने मेहेताले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख बन्नका लागि वडा सदस्यमा उम्मेदवारी दिएको बताउँदै आएका छन् । यस विषयमा छोटो प्रतिक्रिया दिँदै मेहेताले भने, ‘भोलिको दिन के हुन्छ, थाहा छैन । तर आज पार्टीले दिएको टिकटमा मैले चुनाव लड्दैछु ।’

उनले भोलिको दिन कसैले नदेखेको भन्दै आज वडा सदस्यमा आफ्नो उम्मेदवारी रहेकाले हाल घरदैलो अभियानमा रहेको बताए । यसअघि उनले मेयरमा दाबी गर्दै आएका थिए तर कांग्रेस सुनसरीका सभापति केदार भण्डारीलाई पार्टीले मेयरमा टिकट दिएपछि उनलाई वडा सदस्यको टिकट दिइएको बताइएको छ । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x