×

NMB BANK
NIC ASIA

धरहराको पुनर्निर्माण अझै अधुरै

बैशाख १७, २०७९

NTC
Premier Steels

भूकम्पबाट भत्किएको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गरेको १ वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन ।

Muktinath Bank

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ११ वैशाख २०७८ मा नै धरहराको उद्घाटन गरेको थियो । विस्तारित धरहराअन्तर्गत धरहरा टावरको संरचना बन्न साथ हतारमा उद्घाटन गरेका कारण अहिलेसम्म पनि सर्वसाधारणका लागि खुला हुन नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धरहरा पुनर्निर्माणअन्तर्गत अहिले पनि रंगरोगन, लाइटिङ लगायतका काम जारी रहेको छ । धरहराको अन्डरग्राउन्ड पार्किङ समेत सम्पन्न हुन सकेको छैन । धरहराको टावरमुनि ३ तले भूमिगत पार्किङ बनाउने काम भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक निर्माणको नयाँ योजना पनि रहेको छ । जसको काम पनि बाँकी छ । बगैंचा, पार्क निर्माणको कामसमेत बाँकी रहेको छ ।

Vianet communication

निर्धारित समयमा पुनर्निर्माण सम्पन्न नभएपछि उद्घाटन गरेको १ वर्षपछि धरहराको पुनर्निर्माण म्याद फेरि करीब १ वर्ष थप्न थालिएको छ । धरहराको पुनः निर्माण अवधिको म्याद चैत मसान्तमा सकिएपछि सरकारले धरहरा पुनर्निर्माणका लागि पुनः म्याद थप्न लागेको हो । धरहरा गत मंसिरमा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको थियो तर सरकारले कोभिड महामारीको कारण प्रभावित परियोजनालाई थप ६ महिना समय दिएको थियो ।

११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले करीब आधा मात्र भौतिक प्रगति भएको अवस्थामा नै धरहराको उद्घाटन गरेका थिए ।

शहरी विकास मन्त्रालयले हालसम्म धरहराको करीब ७५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले असोजसम्ममा काम सम्पन्न गर्ने गरी म्याद थप गर्ने तयारी भइरहेको जनाएको छ ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा धरहरा निर्माणको काम हुँदै आएको थियो । गत ९ पुसबाट भने प्राधिकरणको विघटन भएपश्चात् सहरी विकास तथा भवन निर्माण विभाग मातहतमा धरहरा पुनर्निर्माणको काम हुँदै आएको छ ।

१२ वैशाख २०७२ को भूकम्पले भत्किएको धरहरा बाहिरबाट देखिँदा ११ तला र भित्रबाट २२ तलाको हुनेछ । धरहरा रहेको ४२ रोपनीमा विस्तारित रूपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजनाअनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएर धराहराको पुनर्निर्माण गरिरहेको हो ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङ लगायतका सुविधा हुनेछन् ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x