×

NMB BANK
NIC ASIA

उम्मेदवारका वाचा

कार्यकर्ता पाल्नु छैन, भ्रष्टाचारमा गएको पैसा किसानको खेतमा हाल्छु– गोपाल हमाल [अन्तर्वार्ता]

बैशाख १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिमको एकमात्रै धनगढी उपमहानगरमा चुनावी माहोल तातेको छ । राजनीतिक दल तथा तिनका उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । यसैबीच स्वतन्त्र उम्मेदवारी दिई दलीय उम्मेदवारलाई उछिन्ने हरसम्भव प्रयत्नमा छन्, गोपाल (गोपी) हमाल । २०७४ को निर्वाचनमा निर्वाचित मेयरका निकटतम प्रतिद्वन्द्वी रहेका उनले यही वैशाख ३० गते हुने निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरका लागि बलिया उम्मेदवारको रूपमा आफूलाई उभ्याएका छन् । धनगढीका व्यवसायी तथा सुन्दर सुदूरपश्चिमका अभियन्ता समेत रहेका उनै हमालसँग उनको चुनावी एजेन्डाबारे लोकान्तरकर्मी लखन चौधरीले गरेको कुराकानीको सम्पादित अंशः

Muktinath Bank

दोस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ, यसपालि तपाईंलाई धनगढीवासीले किन भोट दिने ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरो यो उम्मेदवारी दोस्रो मात्रै होइन, अन्तिमपटक हो । धनगढीको कण–कणसँग भिजेको छु । परिचित छु । मैले यहाँ ठूलो समस्याको रूपमा देखेको प्रणालीको विकास नहुनु हो । भ्रष्टाचार व्याप्त छ । सिधा कुरा हो, भ्रष्टाचारको अन्त्य गर्न, सुशासन कायम गर्न र प्रणालीको विकास गर्नलाई मेरो उम्मेदवारी हो । सिस्टमको विकास किन भइरहेको छैन भन्दाखेरि समान्य कुराको सिफारिशदेखि लिएर कर्मचारी भर्नासम्म पार्टीगत स्वार्थ, गुटगत स्वार्थको रूपमा गर्ने भएकाले हाम्रो एचिभमेन्ट भइरहेको छैन ।


Advertisment
Nabil box
Kumari

तपाईं खोज्न सक्नुहुन्छ, यो ५ वर्षको बीचमा उपमहानगरपालिकाले डीपीआर भनेर कति खर्च गरेको छ ? पत्ता लगाउन सक्नुहुन्छ, झण्डै १५ देखि २० करोड छ । कति पैसाको डीपीआर बनायो ? त्यो डीपीआर कस्तो थियो ? डीपीआरबाट कस्तो काम भयो ? भनेर माग्नुस्, तपाईलाई सूचना नै दिँदैनन्, किनभने त्यसमा १० करोडको घोटाला भएको छ ।

Vianet communication
Laxmi Bank

अब मैले त सार्वजनिक रूपमा प्रतिबद्धता जनाइसकेको छु, म भष्टाचार गर्दिनँ । गर्न पनि दिन्नँ । अब त्यो पैसाबाट किसानलाई निःशुल्क बिउ दिने हो । निःशुल्क यन्त्र उपकरण र सिँचाइ दिने हो । एउटा गाउँमा एकपटक निःशुल्क दिएपछि अर्कोपटक दिनुपर्दैन नि । भ्रष्टाचारको पैसा जोगाएर कृषिमा लगानी गरेँ भने कायापलट हुन्छ । यहाँ कुनै पनि काम गुरुयोजनाअनुसार भइरहेको छैन ।

सबै पहुँचको भरमा भइरहेको छ । हामी आउनेबित्तिकै गुरुयोजनाअनुसार काम हुन्छ । 

चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू आ–आफ्ना एजेन्डा तथा घोषणापत्र सार्वजनिक गरी मैदानमा छन् । तपाईंको पनि आयो । करीब–करीब सबैका विकासे एजेन्डा समान देखिन्छन् । तपाईं आफूलाई अरूभन्दा कसरी फरक पाउनुहुन्छ ?

वास्तवमा राजनीति पेशा होइन, सेवा हो भन्ने कुराको शुरूआत हुन्छ । म मेयर भइसकेपछि सरकारी कामको शिलशिलामा देशका विभिन्न भागमा सयौंपटक भ्रमण गर्नुपर्ने हुन्छ । त्यो क्रममा चाहिने खर्च म आफ्नो व्यक्तिगत खर्च गर्नेछु । एक रुपैयाँ पनि धनगढी उपमहानगरको लिन्नँ । पहिलो फरक त्यही हो ।

दोस्रो कुरा प्राथमिकताको आधारमा विकास हुन्छ । अघि पनि भनिसकें, अहिले के हुँदैआएको छ भने कार्यकर्ता पाल्नुपर्ने छ  । कार्यकर्ता कहाँ–कहाँ छन्, तिनीहरूलाई खोज्नुपर्‍यो । तिनीहरूको ठाउँमा मात्रै विकास हुन्छ । तर हाम्रो हकमा त्यस्तो हुँदैन । मलाई कार्यकर्ता पाल्नु छैन । हामीचाहिँ कुन ठाउँको प्राथमिकता कसरी निर्धारण गर्ने ? शिक्षामा के हुन्छ ? त्यो अनुसार विकासको कार्य अगाडि बढाउँछौ ।

पुनः भन्छु, भ्रष्टाचारको अन्त्य गर्छु । धनगढी उपमहानगरपालिकामा कुनै पनि योजनामा हामी भ्रष्टाचार हुन दिँदैनौ । र सुशासन कायम गर्छौं । जसले अहिले जनताले दुःख भोग्नुपरिरहेको छ । ढिलासुस्ती छ । पैसा खाने प्रवृत्ति छ । त्यो सबै अन्त्य गर्छौं हामी । 

कर्मचारी हामी शासक होइन, सेवक हुन् । हामी जनप्रतिनिधि पनि शासक होइनौं, सेवक हौं । आम धनगढी नगरवासीलाई चाहिँ वास्तवमा हामी नगरको असली हकदार हामी हौं, हामी सेवाग्राही हौं, हाम्रो नगरपालिकामा हामी सेवा गर्छौं भन्ने अनुभूति गराउँछौ ।

धनगढी उपमहानगरपालिकाको अधिकांश भूभाग ग्रामीण बस्तीले भरिएको छ । ग्रामीण भेगका मतदाताकोमा कसरी पुगिरहनुभएको छ ?

२०७४ को निर्वाचनलाई लक्षित गरी सवाल गर्नुभयो होला । ग्रामीण भेगका जनता कम चलायमान छन् भन्ने तपाईंको जिज्ञासा लाग्यो । वास्तवमा गत निर्वाचनमा म अप्रत्यासित रूपमा चुनावमा उठेको थिएँ । मैलै धेरै मान्छेलाई चिनेको पनि थिइनँ । तर अहिले अवस्था फरक छ । हामी सबै मतदाताको घरदैलोमा पुगेका छौं । गाउँका जनतालाई प्रताडित गरिएको छ ।

गाउँका जनताले त भन्दैनन् नि सिंहदरबार चाहिएको भनेर । त्यहाँका जनताले त भन्छन्, टाइममा मल चाहियो । टाइममा बीउ चाहियो । कृषिमा सिँचाइ चाहियो । त्यसकारण हामीले ग्रामीण जनताका समस्या समाधानको विषय उठान गरेका छौं । किसानका मुद्दा प्राथमिकतामा राखेका छौं । जुन कारण गाउँ र शहरका प्राथमिकता फरक छन् ।  यो अनुसार हामी गाउँ–गाउँमा पुग्दैछौ ।

अन्त्यमा, तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग ?

गएको निर्वाचन हेर्नुहुन्छ भने स्वाभाविक रूपमा गठबन्धनसँग प्रतिस्पर्धा हुन्छ । तर मतदाताहरू कुन मुडमा हुनुहुन्छ, म अनुमान गर्न सक्दिनँ । पोखरीभित्र कति माछा छन् ? म अनुमान लगाउन सक्दिनँ । मलाई जनताले कुन स्थानमा राख्नुहुन्छ, उहाँहरूको कुरा हो । जनताले जे निर्णय गर्छ, मैले शिरोधार्य गर्नुपर्ने हुन्छ । म एउटा स्वयंसेवकको रूपमा पाँच वर्षमा यो ठाउँको विकास गर्छु भनेर उम्मेदवारी दिएको छु ।

म पूर्णकालीन राजनीति गर्छु भनेर आएको मान्छे पनि होइन । त्यसकारण जनताले जे निर्णय गर्छन्, म स्वीकार गरेर जान्छु । अन्तिमपटक अनुरोध छ, एकपटक मलाई परीक्षा दिने मौका दिनोस् । मेरो एउटै लक्ष्य धनगढी बनाउने हो । धनगढीको मुहार हेरेर मात्रै भोट दिन आह्वान गर्दछु । धनगढीवासीलाई गर्व गर्नलायक धनगढी बनाएर देखाउँछु ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x