कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
बैशाख १८, २०७९
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेट्रो रेल गुडाउनेदेखि केबुलकार झुन्ड्याउने, भ्युटावर बनाउनेदेखि पार्क सजाउनेसम्मका एजेण्डा लिएर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन् । अन्य पालिकाका उम्मेदवारले ठूला र महत्त्वाकांक्षी एजेन्डा बोकेर जनताकोमा गइहेको समयमा नेपालको एउटा नगरपालिका जहाँ अहिले चुनावी एजेन्डा बनेको छ– बाँदर धपाउने कुरा ।
नेपालमा प्रस्तावित भएका ‘स्मार्ट सिटी’मध्येको एक स्याङ्जाको वालिङ नगरपालिकाको मेयरका प्रत्यासीको एउटा चुनावी एजेन्डा बाँदर धपाउने छ ।
निवर्तमान मेयर दिलिपप्रताप खाँणको पहलमा केही वर्ष पहिले बाँदर धपाउने यन्त्र बनाएर वितरण गरिएको थियो । तर, त्यो दिगो समाधान भएन ।
शुरूशुरू बन्दुक पड्काएको जस्तो आवाजले बाँदर भागेपनि अहिले भने बाँदरले टेर्न छाडेकाले नयाँ विकल्पको खोजी शुरू भएको छ । मेयरका प्रत्यासी कांग्रेस उम्मेदवार दिलिप खाँण तथा नेकपा एमालेका उम्मेदवार कृष्ण खाँण दुवैले बाँदर नियन्त्रणलाई एउटा चुनावी एजेन्डा बनाएका छन् ।
वालिङको ठूलो सामाजिक समस्याको रूपमा बाँदर रहेकाले यसलार्य चुनावी एजेण्डा बनाएको एमालेबाट मेयरका प्रत्यासी कृष्ण खाँणले बताए ।
‘वालिङको ठूलो सामाजिक समस्याको रूपमा बाँदर पनि परेको छ, मतदाताले यो कुरा उठाइरख्नुभएको छ । यहाँका बाँदरलाई छोपेर राष्ट्रिय निकुजमा लैजान सकिन्छ कि ? बन्ध्याकरण गरेर उनीहरूको संख्या बढ्न नदिने उपाय हुन्छ कि भनेर सोचिरेका छौं,’ खाँणले भने । यस्तै जोडिएका नगरपालिकासँग समन्वय गरेर कुनै जंगलमा बाँदर राख्ने र उनीहरूलाई खानाको व्यवस्था गर्न सकिन्छ कि भन्ने सोचाइ पनि रहेको उनले बताए ।
नेपाली कांग्रेसका उम्मेदवार दिलिप खाँण विश्वस्तरमा भएका अनुभवका आधारमा बाँदरको समस्या समाधान गर्ने बताउँछन् । ‘बाँदरले दिएको समस्या र चुनौतीलाई कसरी समाधान गर्ने, चुनौतीलाई अवसरमा बदल्न सकिन्छ कि भनेर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीसँग मिले अध्ययन गर्ने सम्झौता भइसकेको छ । बाँदर नियन्त्रणमा अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर समस्या समाधान गर्छौं,’ निवर्तमान मेयर रहेका दिलिपले भने ।
नगरपालिकाले बनाएको बाँदर धपाउने यन्त्रले बाँदर त्रर्सिन छाडेकाले अर्को विकल्पमा जानुपर्ने उनले बताए ।
सँगै स्कूल पढेका र त्यहीँ पढाएका खाँण दाजुभाइको प्रतिस्पर्धा
वालिङ नगरपालिकाको मेयरका प्रत्यासी नेपाली कांग्रेसका दिलिप खाँण र नेकपा एमालेका कृष्ण खाँण एउटै स्कूल पढेका हुन् । पूर्णामृत भवानी उच्च माविमा सँगै पढेका उनीहरूले विद्यालयमा पढाएका पनि थिए । कांग्रेस र एमाले दुवैका उम्मदवार खाँण भएपनि उनीहरूको नजिकको नाता छैन ।
कृष्ण भीरकोटे खाँण हुन् भने दिलिप गरुङकोटे खाँण हुन् । ‘उहाँहरू सँगै पढेको र पढाएको मिल्ने साथी हो, दाजुभाइ होइन । अहिले मित्रवत प्रतिस्पर्धा गरिरहनुभएको छ,’ नेकपा एमाले स्याङ्जाका सचिव मोहन गुरुङले भने ।
२०५४ सालमा शिक्षक पेशाबाट राजीनामा दिएर उपमेयरमा उठेका कृष्ण त्यतिबेला पराजित भएका थिए ।
कांग्रेसबाट मेयरका प्रत्यासी दिलिपले आफूहरूले मित्रवत प्रतिस्पर्धा गरेको र एकले अर्कोप्रति आक्षेप लगाउने काम नगरेको बताए । ‘मैले त चुनावी अभियानमा सँगै हिडौं, एउटै सभामा भाषण गरौं, मतदाताले जसलाई जिताएपनि स्वीकारौं भनेको थिएँ, पार्टीका साथीहरू मान्दैनन् भनेर उहाँ सहमत हुनुभएन,’ दिलिपले लोकान्तरसँग भने ।
राजनीतिक दलले उम्मेदवार बनाएपछि श्रीमान् श्रीमतिबीच पनि प्रतिस्पर्धा स्वाभाविक हुने उनी बताउँछन् । ‘हामी राम्रो साथी हो । आफ्ना एजेन्डा लिएर मतदाताकोमा गएका छौं । जनताले सही मूल्यांकन गर्छन् भन्ने विश्वास छ,’ कृष्णले लोकान्तरसँग भने ।
के भन्छन् मतदाता ?
पाल्पा–पोखरा सिद्धार्थ राजमार्गको बीचखण्डमा पर्ने वालिङको अधिकांश भाग ग्रामीण भेगमा पर्छ । वालिङलाई भारतको जयपुरमा जस्तो पिंकसिटी बनाउन नगरपालिकाले गरेको आह्वानअनुसार यहाँका अधिकांश घर पिंक कलरले सजाइएका छन् ।
राजमार्ग भएर हिँड्ने यात्रुले चिटिक्क देख्ने यो नगरपालिकाको ग्रामीण क्षेत्र बाँदरले सताएको क्षेत्र हो । बाँदर आतंककै कारण कतिपय जनता बसाइँसराइ गर्न बाध्य छन् ।
स्थानीय हरि पंगेनी स्मार्ट सिटीलाई हाँक्नका लागि भिजन भएको मेयर आवश्यक रहेको बताउँछन् । ‘स्मार्ट सीटी भनिए पनि यहाँको एउटा समस्या बाँदर आतंक छ, बाँदरले किसानको खेतीबालीमा क्षति गरेका कारण जनताले कष्ट व्यहोरिरहेका छन् । जनताको पक्षमा काम गर्ने हो भने यसको समाधान खोज्नैपर्छ,’ उनले भने ।
वालिङमा एग्रिकल्चर र टुरिजम क्षेत्रमा काम गरिरहेका गणेश राउत ‘एग्रो टुरिजम’मा नगरपालिकाले सही नीति ल्याएमा पोखरा लगायतका क्षेत्रबाट आन्तरिक पर्यटक भित्र्याउन सकिने बताउँछन् ।
‘बेरोजगारी यहाँका युवाको मुख्य समस्या हो, आन्तरिक पर्यटक भित्र्याउने भनेको एग्रो टुरिजममार्फत हो, भिजन भएको मेयर हामीले खोजिरहेका छौं,’ राउतले भने ।
वालिङ नगरपालिका वार्ड नम्बर १४ का धनप्रसाद लुइँटेल चुनावको समयमा दिइएका आश्वासन पूरा नभएको गुनासो गर्छन् । ‘नेताहरूको केही भर हुन छाड्यो, चुनावको बेला सबैथोक गर्छु भन्ने, जितेपछि काम नगर्ने,’ लुइँटलले भने, ‘मेरो घरमा ४ जना भोटर छौं, सोच विचार गरेरै भोट हाल्ने हो ।’
स्थानीय मीनाकुमारी बगाले वालिङको विकास गर्ने मेयर आफूहरूले खोजिरहेको बताउँछिन् ।
‘विकास गर्ने राम्रो मान्छेले चुनाव जितुन् भन्ने हाम्रो चाहना छ,’ उनले भनिन् । खानेपानी, सरसफाइजस्ता कुरामा नगरपालिकाले ध्यान दिनुपर्ने उनले बताइन् ।
यस्तो छ राजनीतिक दलहरूको दाबी
नेकपा एमालेकी सचिव पद्मा अर्याल तथा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको निर्वाचन क्षेत्र रहेको वालिङमा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।
सोही सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पद्माले गोपालमानको विरासत ढालेकी थिइन् ।
वालिङको मेयरका लागि माओवादीका नित्यानन्द तिवारीले पनि उम्मेदवारी दिएका छन् । मतदाताहरूका अनुसार मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेबीच हुने देखिन्छ । नेपाली कांग्रेस विगतमा भन्दा आफ्नो पोजिसन राम्रो भएकाले चुनाव जितिनेमा ढुक्क छ भने एमाले पनि यसपटक वालिङमा सहज जीत हासिल पार्न सकिनेमा विश्वस्त छ ।
वालिङ– ९ का वडाध्यक्ष समेत रहेका नेपाली कांग्रेसका स्थानीय नेता पिताम्बर भुसाल पहिलो कार्यकालमा गरेका कामकै आधारमा यसपटक चुनाव जित्न सहज रहेको दाबी गर्छन् । ‘नगरपालिकाको धेरै ठाउँमा कुलो र सिँचाइको व्यवस्था गरेका छौं । कोभिडको समयमा मेयरको सक्रियताले जनता उहाँको कामबाट धेरै सन्तुष्ट छन्,’ भुसालले भने ।
मुख्य राजमार्गमा रहेका अस्थायी संरचना हटाएकाले दुर्घटना घटेको, भित्री सडकहरू कालोपत्रे गरेको, फोहोर व्यवस्थापन गरेको जस्ता कारणले दिलिपलाई दोस्रोपटक मेयरको उम्मेदवार बनाइएको भुसाल बताउँछन् ।
एमालेका जिल्ला कमिटी सचिव मोहन गुरुङ नेकपा एमालेका उम्मेदवार आम मतदातासँग परिचित रहेकाले यसपटक एमालेले चुनाव जित्ने दाबी गर्छन ।
‘जनताको दुखः सुखको साथीको रूपमा कृष्ण खाँणको पहिचान स्थापित छ । जनताका समस्यामा जोडिएकाले वालिङका ३१ हजार मतदातामध्ये ९० प्रतिशतलाई खाँणले चिन्नुहुन्छ,’ गुरुङले लोकान्तरसँग भने ।
विकास बजारबाट ल्याउने होइन गाउँबाट गर्ने हो भन्ने कृष्णको परिभाषा रहेको उनले बताए ।
२०७४ सालको चुनावमा कांग्रेस उम्मेदवार खाँणले १० हजार ६ सय मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी एमालेका पुण्यप्रसाद अर्यालले ८ हजार ७ सय ४९ मत प्राप्त गरेका थिए ।
उपमेयरमा पनि ९ हजार ८ सय ९५ मतसहित कांग्रेसकी कल्पना तिवारी विजयी हुँदा एमालेकी खगिसरा थापाले ९ हजार ३ सय ५७ मत प्राप्त गरेकी थिइन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...