×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

कीर्तिपुरको चुनावी रंग : नतिजा उल्ट्याउने दाउमा कांग्रेस, के भन्छन् मतदाता ?

बैशाख १८, २०७९

NTC
Premier Steels

काठमाडौंको कीर्तिपुर नगरपालिकामा गत स्थानीय निर्वाचनमा नेकपा एमालेको पल्ला भारी भएको थियो ।

Muktinath Bank

यसपालि कांग्रेस त्यो नतिजा उल्ट्याउने रणनीतिसहित जसपासँग चुनावी गठबन्धन गरेर मैदानमा उत्रिएको छ । एमाले विभाजन र कम्युनिस्ट जनमत छिन्नभिन्न रहेको अवस्थामा कांग्रेस आत्मविश्वासी भएर मैदानमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसका तर्फबाट मेयरमा राजकुमार नकर्मी र जसपाका तर्फबाट उपमेयरमा सुनिता शाक्यले उम्मेदवारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मेयर/उपमेयर सहित सबै पदमा छुट्टाछुट्टै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

Vianet communication

एमालेबाट नयाँ अनुहारहरू मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा विन्दु महर्जनले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रबाट मेयरमा प्रा.डा. हरिशरण महर्जन र उपमेयरमा सुशीला बस्नेत, नेकपा एसबाट मेयरमा बटुकृष्ण थापा र उपमेयरमा कमला महर्जनले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। राप्रपाबाट मेयरमा जीतबहादुर विष्टले उम्मेदवारी मनोनयन गराएका छन्।

साविकमा नेकपा एमालेले मेयर, उपमेयरसहित कुल १० वटामध्ये ६ वटा वडामा वडाध्यक्ष जितेको थियो । ४ वटा वडामा नेपाली कांग्रेसले जीत हात पारेको थियो ।

एमालेका तर्फबाट मेयरमा रमेश महर्जन र उपमेयरमा सरस्वती खड्का निर्वाचित भएका थिए । एमालेका तर्फबाट १ नम्बर वडामा हर्ष महर्जन, २ नम्बर वडामा राजेन्द्र महर्जन,६ नम्बर वडामा न्हुच्छेबहादुर महर्जन, ७ नम्बर वडामा राजकुमार माली र ९ नम्बर वडामा गंगाराम महर्जन वडाध्यक्षमा निर्वाचित भएका थिए।

त्यसैगरी नेपाली कांग्रेसबाट ४ नम्बर वडामा राजेन्द्र बानियाँ, ५ नम्बर वडामा राजेन्द्रकुमार महर्जन, ८ नम्बर वडामा विनोद महर्जन र १० नम्बर वडामा अमन महर्जन वडाध्यक्षमा निर्वाचित भएका थिए ।  

तर यसपटक एमालेले मेयर/उपमेयरमा नयाँ अनुहार ल्याएको छ। कांग्रेसले भने यसअघि पराजित भएका राजकुमार नकर्मीलाई नै उम्मेदवार बनाएको छ ।

के भन्छन् मतदाता ?

कीर्तिपुर नगरपालिका वडा नम्बर ३ मा चिया पसल सञ्चालन गरिरहेका माइला भनिने अशोक महर्जन नेताहरूले जितेर गएपछि सर्वसाधारणका लागि केही काम नगरेको गुनासो गर्छन् ।

'भोट लिने बेला नेताहरू हजुर–हजुर भन्दै आउँछन्, तर जितेर गएपछि चिनेको, भोट दिएर जिताएको मान्छेले पनि चिन्दैनन्,' उनले लोकान्तरसँग भने ।

सोही वडाको पाटीमा ४ जना ज्येष्ठ नागरिकहरू ७५ वर्षीय बद्री महर्जन, ६५ वर्षीय भुइ महर्जन, ७५ वर्षीय भुइराज महर्जन र ६४ वर्षीय रत्न महर्जन एक आपसमा कुरा गरेर बसेका थिए।  उनीहरूले पनि जितेर गएपछि जनप्रतिनिधिहरूले नचिन्ने गरेको बताए ।

'५ वर्षअघि चुनाव लड्ने बेलामा नयाँ बजारमा भाषण गर्दा खानेपानीको व्यवस्था गर्छु भनेका थिए,' ७५ वर्षीय बद्री महर्जनले लोकान्तरसँग भने, 'तर ५ वर्षमा पनि हाम्रो गाउँमा खानेपानीको समस्या समाधान भएको छैन, पानीको यस्तो हाहाकार छ ।'

अहिले एकदिन बिराएर थोरैथोरै पानी आउने गरेको उनले बताए ।

त्यस्तै ७५ वर्षीय भुइराज महर्जन पनि नेताहरूले जितेर गएपछि कुनै वास्ता नगर्ने गरेको बताउँछन्।

'भोट माग्ने बेलामा नमस्ते हजुर भन्दै आउँछन्, तर जितेर गएपछि चिन्दैनन्,' उनले थपे, 'काम टर्‍यो, लौरो बिर्सियो भने जस्तै हामी गरीबलाई उनीहरूले चिन्न पनि छाड्छन् ।'

भूकम्पपछिको पुनर्निर्माणका लागि आएको राहतमा समेत विभेद भएको गुनासो उनीहरूको छ ।

'नेताका आफ्ना मान्छेले पटक–पटक गरेर ३ लाख रुपैयाँ पाए, तर मैले एकपटक पनि पाइनँ,' ७५ वर्षीय बद्री महर्जनले गुनासो गरे । ६४ वर्षीय रत्न महर्जनले ज्वरो आउँदा एउटा सिटामोलको त सुविधा नदिएको बताए ।

'भएकै जग्गा पनि बेचेर जसोतसो गुजारा गरेका छौं,' उनले भने, '८ वटा छड भएको पिलरसहितको घर बनाए मात्र नक्सा पास गरिदिने भन्छन्। हामीसँग त्यति पैसा नै छैन, ८ वटा पिलरवाला घर कसरी बनाउने ?'

भोट दिएर जिताएकाहरूले अरू केही नभए पनि खेतीबालीका लागि केही गरिदेलान् कि भन्ने आशा पनि तुषारापात भएको उनीहरूले बताए ।

'खेती गर्न हामीलाई केही अनुदान दिएनन्, आफ्नै पैसा खर्चेर पनि मल त पाइएन,' उनीहरूले एकमतले भने, 'न त सिँचाइको सुविधा गर्‍यो, न मल तथा बिउविजनको नै । स्थानीय सरकारले हामीलाई त्यस्तो केही सुविस्ता दिएन ।' अरू केही नगरे पनि भ्रष्टाचार अन्त्य गर्‍यो भने सुधार हुने उनीहरूको आशा छ ।

'सबै नेताहरू आ-आफ्नो खल्ती भर्ने मात्र आए, नेपाल बनाउने र सर्वसाधारणका लागि काम गर्ने कोही पनि आएनन्,' उनीहरूले लोकान्तरसँग भने, 'सर्वसाधारणको काम हुन कि त गोजीमा पैसा हुनुपर्‍यो, कि उनीहरूको मान्छे हुनुपर्‍यो । अर्को कुनै विकल्प छैन।'

कीर्तिपुर नगरपालिकाको वडा नम्बर ५ का ५० वर्षीय विकास श्रेष्ठले स्थानीय जनप्रतिनिधिले विकास निर्माणको काम गरे पनि चाहेजति काम नभएको बताए ।

'कामै नगरेको पनि होइन तर उनीहरूले भोट माग्ने बेला गरेको प्रतिबद्धता अनुसार चाहिँ काम नगरेकै हो,' उनले लोकान्तरसँग भने, 'खानेपानीको जे जति राम्रो सुविधा हुनुपर्थ्यो त्यो भएन । ढल विकासको पनि समुचित व्यवस्थापन भएको छैन।'

शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतको क्षेत्रमा कुनै काम नै नभएको उनले बताए।

'५ वर्षमा ६-७ अर्ब रुपैयाँ नगरपालिकाले खर्च गरेको छ तर त्यसको सही सदुपयोग भने भएको छैन,' उनले थपे, 'प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा हातमा कुचो समातेकै भरमा आफ्ना कार्यकर्तालाई दैनिक १ हजार रुपैयाँसम्म बाँडेका छन्।'

विकास निर्माणको काम कागजमा देखाइएको भए पनि व्यवहारमा जनताले त्यसको अनुभूति गर्न नपाएको उनले बताए।

नेपाली कांग्रेसबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार रहेका सुविन्द्र महर्जन पार्टीको सम्पर्क कार्यालयमा भेटिएका थिए।

उनले विकास निर्माणप्रति लक्षित गरी एमालेविरुद्ध आक्रोश पोखे ।

'कीर्तिपुर नगरपालिकाको रिङरोडमा जानु भयो भने धूलोधुँवा नै पाउनुहुन्छ,' उनले लोकान्तरसँग भने, 'नगरमा फोहोर बढेकोबढ्यै छ, सरसफाइको कुनै काम भएको छैन, तर कर भने बढेको बढ्यै छ।'

वडा नम्बर ३,४ र ९ लाई स्मार्ट वडा बनाउने भनेर प्रतिवद्धता गरिएको थियो तर हालसम्म स्मार्ट वडाका नाममा कुनै काम नभएको उनले बताए ।

'भन्नका लागि पोखरीहरू खनायो तर त्यसमा पानी छैन,' उनले भने, 'कुनै पनि विकास निर्माणको काम गर्दा कोठामै उपभोक्ता समिति बनाएर अपारदर्शी तरिकाले काम गरेर बजेट सिध्याएको छ ।'

के कति योजना बनेका छन्, कति लागतको काम भइरहेको छ भनेर सूचना कहिल्यै सार्वजनिक नगरी भ्रष्टाचार गरेको आरोप उनले लगाए ।

'चालू आर्थिक वर्षमै १ अर्ब ४९ करोड ६५ लाख ८९ हजार रुपैयाँ बजेट छुट्याइएको थियो तर कुन–कुन शीर्षकमा खर्च गरिएको छ, त्यसको सूचना नै सार्वजनिक गरिएको छैन,' उनले भने, 'विगत ५ वर्षमा ८ अर्ब रुपैयाँ खर्च भएपनि ८ अर्ब त के १ अर्बको पनि विकास देखिएको छैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x