×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

बागीलाई कांग्रेसले भन्यो– विज्ञप्ति निकालेर आधिकारिक उम्मेदवारलाई सघाए कारवाही गर्दैनौं

बैशाख १८, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागीहरूले अझै पनि विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएर पार्टी तथा गठबन्धनले अगाडि सारेका आधिकारिक उम्मेदवारलाई सघाएमा कारवाही नगर्ने भएको छ ।

Muktinath Bank

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वत: निष्कासित हुने भएपनि आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन नगरिने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने–


Advertisment
Nabil box
Kumari

‘हाम्रो विधानको व्यवस्थाअनुसार जसले पार्टीको निर्देशनविपरित उम्मेदवारी दिन्छ, त्यो स्वत: निष्कासित हुन्छ । तर पनि कसैले प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन सक्नुभएन र अझै पनि पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जानुहुन्छ भने विधानको जुन व्यवस्था छ, त्यसअनुसार कारवाही नगर्ने व्यवस्था हामी गर्छौं ।'

Vianet communication

प्रवक्ता महतले स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको पनि बताए । कतिपय ठाउँमा स्थानीय अवस्थाअनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आमरूपमा हेर्दा गठबन्धन सफल उनको विश्लेषण छ ।

‘हाम्रा पार्टीका साथीहरूले अत्यन्त अनुशासनका साथ जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी दर्ता गर्नुभयो । जहाँ हामीले तालमेल गर्‍यौँ, तालमेल गरिएको ठाउँमा पनि अधिकांश साथीहरूले पार्टीको निर्णय स्वीकार गरेर पार्टीको वृहत्तर हितमा काम गर्नुभएको छ । अपवाद ठाउँबाहेक सबैले पार्टीको निर्णयलाई स्वीकार गर्नुभएको छ । हामी सबैलाई थाहा छ, तालमेल वृहत्तर हितका लागि गरेको हो । देशमा संविधानवाद, कानूनी शासन र देशलाई सुशासनको बाटोमा उन्मुख गर्ने नेपाली कांग्रेसको लक्ष्य हो,' उनले भने ।

प्रवक्ता महतले पछिल्लो रिपोर्टअनुसार देशभरमा नेपाली कांग्रेसबाट ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताए । जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको उनले जानकारी दिए ।

यस हिसाबले हेर्दा ६३७ स्थानमा अध्यक्ष र प्रमुख पदमा कांग्रेसले उम्मेदवारी दिएको देखिन्छ । जम्मा ११६ स्थान मात्र विधिवत् रूपमा कांग्रेलाई गठबन्धन दललाई छाडेको तथ्यांकले देखाउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x