×

NMB BANK
NIC ASIA

सर्वोच्च अदालतमा स्वचालित पेसीको तयारी

बैशाख १९, २०७९

NTC
Premier Steels

 सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ ।

Muktinath Bank

गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो ।


Advertisment
Nabil box
Kumari

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले स्वचालित प्रणालीको तयारी र जनशक्तिको तालिमलगायतका विषयमा सरकारसँग बजेट माग भएको बताए ।

Vianet communication

आइतबार बसेको सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट)ले बजेट माग गर्ने निर्णय गरेको उनले बताए । स्वचालित पेसी प्रणालीमा मुद्दाका सम्पूर्ण जानकारी सफ्टवेयरमा अपलोड हुनेछ । सफ्टवेयरले नै मुद्दाको विश्लेषणसमेत गर्नेछ ।

यसरी गरिएको विश्लेषणका आधारमा हालको पेसी व्यवस्थापनजस्तै मुद्दाको वर्गीकरणसमेत हुनेछ । इजलासको क्षमता सङ्ख्या, न्यायाधीशको नाम सबै सफ्टवेयरमा अपलोड हुनेछ । कुन न्यायाधीशले कुन मुद्दा हेर्न नमिल्नेलगायतका जानकारी पनि सफ्टवेयरमै राखिनेछ । जसले हेर्न नमिल्ने न्यायाधीशको इजलासमा मुद्दा जाने सम्भावना हुँदैन । 

सूचना प्रविधिमा आधारित वैज्ञानिक पेसी व्यवस्थापनका लागि समितिले उक्त सुझाव दिएको थियो । स्वचालित पेसी प्रणालीको पूर्ण कार्यविधि भने तय भएको छैन । गोला प्रणाली लागू नहुँदासम्म जिल्ला तहमा सुरुदेखि अन्त्यसम्म एउटै न्यायाधीशले मुद्दा हेर्ने अभ्यास थियो ।

सर्वोच्चमा प्रधानन्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशले पेसी तोक्ने प्रचलन थियो । अहिले हेर्दाहेर्दैमा रहेका, निसु चरणमा रहेकाबाहेकका इजलास गठन गोला प्रणालीबाट हुने गरेको छ । गोरखापत्र दैनिकमा नारायण काफ्लेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x