×

NMB BANK
NIC ASIA

व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्त ठूलो

बैशाख २०, २०७९

NTC
Premier Steels

 प्रहरी महानिरीक्षकमा बढुवा भएका धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका राजु अर्यालले सोमबारदेखि कार्यभार वहन गरेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित विशेष समारोहमा गृहसचिव टेकनारायण पाण्डेबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि दुवै महानिरीक्षकले आ–आफ्नो कार्यालयमा गई पदीय जिम्मेवारी वहन गरेका हुन् ।

Muktinath Bank

दज्र्यानी चिह्न प्रदान गर्न गृह मन्त्रालयमा आयोजित विशेष समारोह र त्यसपछि आ–आफ्ना प्रधान कार्यालयमा गई कार्यभार सम्हालेपछि दुवै महानिरीक्षकले दिएका निर्देशन सम्बोधनले प्रहरी÷सशस्त्र प्रहरीमा सुधारका संकेत देखिने धेरैले अपेक्षा गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फरक यति छ कि, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग संगठन सुधारका लागि प्रशस्तै समय छ । सशस्त्र प्रहरी नियमावलीअनुसार उनीसँग चार वर्ष पर्याप्त समय छ । तर, नवनियुक्त प्रहरी महानिरीक्षक सिंहसँग ११ महिना मात्र समय छ । यो छोटो अवधिमा धेरै काम गर्नुपर्ने दायित्व उनीसँग छ । आफ्नो नियुक्ति विवादको घेरामा रहेकाले धेरैभन्दा धेरै काम गरेर ‘आफूप्रति सरकारको विश्वास’ ठीक थियो भन्ने देखाउनुपर्ने अर्काे चुनौती पनि उनलाई छ ।


Advertisment
Nabil box
Kumari

विशेषगरी संगठनलाई व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्तबाट निर्देशित रहेर अघि बढाउने प्रतिबद्धता दुवैले जनाएका छन् । संगठनको सुदृढीकरण, प्रहरी कर्मचारीको क्षमता तथा वृत्तिविकास, चुस्त शान्ति सुरक्षा, नागरिकका अधिकार रक्षा गर्दै बदलिँदो स्थितिमा अपराध नियन्त्रणका लागि उपयुक्त रणनीति अख्तियार गरी अघि बढ्ने दुवै जनाको प्रतिबद्धता रहेको छ ।

Vianet communication

यति मात्र होइन, डेढ सातापछि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, भय र धाँधलीरहित तवरमा सम्पन्न हुने वातावरण तयार पार्ने जिम्मेवारी पनि दुवैमाथि छ । यी दुवै महानिरीक्षकको कार्यक्षमता यही स्थानीय तह निर्वाचनले पनि पुष्टि गर्छ ।

त्यसो त दुवै महानिरीक्षकले निर्वाचनलाई प्राथमिकतामाथिको पनि प्राथमिकतामा राखेको देखिन्छ । निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको अवस्थामा त्यही दिनदेखि आलोचनाको सिकार हुने डर पनि दुवैमा देखिन्छ । यी बाहेक अपराधविहीन समाज निर्माणमा लाग्नुपर्ने दायित्व पनि दुवैमा छ । विविध जघन्य अपराधका घटना नियन्त्रण, दोषी पक्राउ गरी कारबाही गर्नुपर्ने चुनौती, प्रविधिको दुरुपयोग गरीहुने आपराधिक गतिविधि नियन्त्रणमा संवेदनशील भएर लाग्नुपर्ने अवस्था पनि छ ।

त्यसो त दज्र्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै गृहसचिव टेकनारायण पाण्डेबाट ‘दुवै संगठनभित्र आन्तरिक विकृति विसंगति रहेको र त्यसलाई अन्त्य गर्न’ दिएको सुझावले सुरुमा घरैबाट काम थाल्नुपर्ने अवस्थामा पनि उनीहरूलाई पु-याएको छ ।

त्यसैले त आफ्नो पहिलो निर्देशन सम्बोधनका क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले भनेका छन्, ‘सांगठनिक क्रियाकलापलाई प्रक्रियागत एवं पारदर्शी बनाई कर्मचारीहरूमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णतः निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने, आपराधिक तत्वहरूसँगको साठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रित राखी सहकर्मीहरूको सहकार्यमा संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

उनले गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने बताउँदै भनेका छन्, ‘कानुनसम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरबाही र उदासीनता हुनेछैन । चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवं अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरूको पहिचान गरी कारबाही गर्ने सवालमा कठोर रूपमा प्रस्तुत हुने जानकारी गराउँछु ।’

सिंहजस्तै भनाइ नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षकले पनि राखेका छन् । उनले भनेका छन्, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलाप तथा कुनै पनि आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइएमा त्यस्ता कर्मचारीलाई कुनै पनि हालतमा छाडिँदैन ।’

महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाती राखी राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तिमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारी एकजुट भई सामूहिक भावनाकासाथ लाग्नुपर्ने बताउँदै संगठनबाट के लिन सक्छुभन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावनाका साथ व्यावसायिक भई कार्यसम्पादनमा लाग्न निर्देशनसमेत दिएका छन् । राजधानी दैनिकमा रोशन श्रेष्ठले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x