×

NMB BANK
NIC ASIA

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने

बैशाख २०, २०७९

NTC
Premier Steels

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

Muktinath Bank

राष्ट्र बैंकद्वारा परिपत्रमा भनिएको छ, ‘अबदेखि विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ । विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेस गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुठो ठहरिएमा कानुनबमोजिम सहुँला, बुझाउँला भन्ने बेहोराको विद्युतीय रूपमा स्व. घोषणा गर्न लगाउनुपर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी, राष्ट्र बैंकले क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो ।


Advertisment
Nabil box
Kumari

संशोधनअनुसार सामान्यतयाः क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइनेछैन । तर, अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन ।

Vianet communication

केन्द्रीय बैंकले क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । सो रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

क्रेडिट कार्डबाट रकम झिक्न र बैंक खातामा ट्रान्सफर गर्न कडाइ गर्दै क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको हो । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ संशोधनमार्फत क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको हो ।

सामान्यतयाः क्रेडिट कार्डबाट रकम झिक्न पाइँदैन । क्रेडिट कार्डमा भएको पैसा वस्तु तथा सेवा किन्दा भुक्तानीका लागि मात्र प्रयोग गरिन्छ । त्यस्तै, यो पैसा बैंकको खातामा ट्रान्सफर गर्न पनि मिल्दैन ।

अत्यावश्यक अवस्थामा भने ग्राहकले यस्तो कार्डमा लोड भएको रकमको १० प्रतिशतसम्म झिक्न सक्नेछन् ।

बैंकले कार्डमै कर्जाका रूपमा रकम लोड गर्न सक्नेगरी क्रेडिट कार्ड दिएको हुन्छ । व्यक्तिको कर्जा तिर्ने क्षमताको आधारमा बैंकले प्रयोग गर्न सक्ने सीमा यसमा तोकेको हुन्छ । क्रेडिट कार्डले ग्राहकको खर्च क्षमता बढाउँछ । हालसम्म १ करोड २ लाखभन्दा बढी क्रेडिट कार्ड जारी भएका छन् ।

यसैगरी, विद्युतीय वालेटमा रकम लोड गर्दा एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने नियमसमेत नेपाल राष्ट्र बैंकले ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली पनि संशोधन गरेको छ ।

अब मनिचेन्जरले इजाजतपत्र प्राप्त गर्नुअघि राष्ट्र बैंकका नाममा विनियम ७ बमोजिमको नगद धरौटी राष्ट्र बैंकबाट तोकिएको खातामा जम्मा गरेको भौचर पेस गर्नुपर्नेछ । अब मनिचेन्जरहरूले आफ्नो दैनिक कारोबारको सम्पूर्ण विवरणको लेखा स्पष्ट खुल्नेगरी राख्नुपर्ने प्रावधान राखेको छ । परिवत्र्य विदेशी मुद्रा तथा भारतीय मुद्राको अवमूल्यन वा पुनर्मूल्यनबाट उत्पन्न हुने सम्पूर्ण लाभ वा हानि मनिचेन्जर कारोबार गर्ने सम्बन्धित कम्पनीकै हुने र सोबापत कुनै किसिमको क्षतिपूर्ति नदिइने गरी संशोधन गरिएको छ ।

आपूmले सटही कारोबार गर्दा प्राप्त हुने नगद वा यात्रु चेक जाली वा नक्कली ठहर भएमा सोको सम्पूर्ण जिम्मेवारी मनिचेन्जर स्वयंले लिनुपर्ने विनियमावलीमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र उल्लिखित ऐनअन्तर्गत जारी गरिएका नियम, विनियम, आदेश, निर्देशन, परिपत्र, सूचनाको पालना गर्नु सम्बन्धित मनिचेन्जरको कर्तव्य हुने उल्लेख छ । मनिचेन्जरहरूले खरिद गरेको विदेशी मुद्रा खरिद गरेको दुई कार्य दिनभित्र नै राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा दाखिला गर्नुपर्नेछ । सो दिन सार्वजनिक बिदा परेमा सोपछि कार्यालय खुलेको दिन राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा दाखिला गर्नुपर्ने विनियमावलीमा उल्लेख छ । राजधानी दैनिकमा पूर्णभक्त दुवालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x