×

NMB BANK
NIC ASIA

रातो मच्छिन्द्रनाथको रथमा शृंगारको काम हुँदै

बैशाख २०, २०७९

NTC
तस्वीर सौजन्य : राजधानी दैनिक
Premier Steels

 वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई रथमा आइतबार रथारोहण गराए पनि पुल्चोकमा निर्माण सकेर शृंगारका लागि राखिएको रथमा मंगलबार र बुधबार दिउँसोसम्म पनि काम हुँदै छ । रथमा सिंगारपटार गर्ने काम रथ तान्ने बेलासम्म पनि हुने गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

Muktinath Bank

उनका अनुसार रथमा घँमा राख्ने र लुसा राख्ने काम पनि आइतबारबाट सुरु भएको छ । रथलाई आकर्षक बनाउने, झ्यालढोका राख्ने, पटुका बाँध्ने, सिंगार्ने, ध्वँजापता राख्ने र नेपालको झन्डा राख्ने काम रथयात्रा हुने दिनसम्म नै जारी रहन्छ, उनले भने । रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएपछि त्यहाँ २ जना मच्छिन्द्रनाथका पानेजु रहनेछन् भने २ जना प्रहरीले पनि रथमा सुरक्षार्थ पहरा दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुठी संस्थान ललितपुरले रथ निर्माणमा खटिएका ४२ जनालाई काम गरेको दिनको हाजिरी हेर्दै दैनिक १५ सय पारिश्रमिक दिएको छ । रथ निर्माणमा खटिनेलाई काम गरेको दिनमा १५ सय दिन्छौं, कार्यालय प्रमुख सुवेदीले भने, जम्माजम्मी ४२ जना खटिएका छन् । मिननाथको रथ पनि टंगालमा निर्माण भइसकेको छ । यसपालि रथमा नयाँ घँमा हालिएको छ । केही समयअघि नुवाकोटबाट काठ ल्याएर पुल्चोकमै घँमा तयार पारिएको हो ।


Advertisment
Nabil box
Kumari

तःबहालस्थित मन्दिरबाट विभिन्न बाजागाँजासहितको लावालस्करले खटमा राखी मच्छिन्द्रनाथको मूर्तिलाई आइतबार पुल्चोकमा रहेको रथमा विराजमान गराइएको हो । यसअघि शनिबार वैशाख कृष्ण औंसीका दिन रथको चारैदिशातर्फ लामा–लामा काठलाई ठाडो पारेर राखिएको थियो । रथको मुख्य आकार बनिसकेर यवाँलले बेतले बाँधिसकेपछि लस्सी कस्ने गरिन्छ । ती लामा लामा ठाडो पारेर रथमा समाहित गरिएको काठलाई लस्सी काठ भनिने रथको निर्माणमा संलग्न गुठियारहरू बताउँछन् ।

Vianet communication

रथ निर्माणमा यँवाल र बाराही समुदाय खट्ने परम्परा छ । जसअनुसार काठको काम बाराही समुदायले र काठलाई वेतले बाँने काम यँवाल समुदायले गर्छन् ।

नेपालकै लामो जात्राका रूपमा लिइने मच्छिन्द्रनाथको रथजात्रा बुधबार दिउँसो ४ बजेबाट सुरु गर्ने तयारी रहेको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख सुवेदीले बताए । राजधानी दैनिकमा नवीन लुइँटेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x