×

NMB BANK
NIC ASIA

चुनावले बढायो पेट्रोलियम पदार्थको माग

बैशाख २१, २०७९

NTC
Premier Steels

स्थानीय निर्वाचनको चहलपहल बढ्न थालेसँगै पेट्रोलियम पदार्थको माग बढेको छ ।

Muktinath Bank

पछिल्लो १५ दिनमा करिब १० प्रतिशत माग बढेको नेपाल आयल निगमले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय  तहमा  चुनावी  चहलपहल  र राजनीतिक दलका प्रचारप्रसार तीव्र हुँदा डिजेल पेट्रोलको माग बढेको हो ।


Advertisment
Nabil box
Kumari

नेपाल आयल निगमका अनुसार हाल पेट्रोल दैनिक दुई हजार किलोलिटर बिक्री वितरण भइरहेको छ भने डिजेल दैनिक पाँच हजार  किलोलिटर  माग  छ  ।

Vianet communication

 एलपी  ग्यास  दैनिक एक लाख १० हजार सिलिन्डरको माग छ । यसअघि एलपी ग्यास दैनिक एक लाख सिलिन्डरको माग थियो । माग  अझै  बढ्न  सक्ने  निगमको  अनुमान छ । माग बढे पनि आपूर्ति सहज रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

पर्याप्त भण्डारण रहेकाले माग जति बढे पनि आपूर्तिमा समस्या नहुने उनको भनाइ छ ।

हाल  निगमले  ६८  हजार  ३७९  किलोलिटर  पूर्ण  भण्डारण  क्षमतामा  ७७  प्रतिशत भण्डारण गरेको छ । ११ हजार ३०३ किलोलिटर  पेट्रोल  भण्डारण  क्षमतामा  ८१  प्रतिशत भण्डारण रहेको छ । ४४ हजार ८४९ किलोलिटर भण्डारण क्षमतामा ८२ प्रतिशत डिजेल मौज्दात रहेको निगमका सहप्रवक्ता पुष्कर  कार्कीले  जानकारी  दिए ।  

आठ  हजार  १५३  किलोलिटर  भण्डारण  क्षमता  रहेको हवाई इन्धनमा ८९ प्रतिशत भण्डारण भएको छ । मट्टितेल ३८ प्रतिशत भण्डारण छ  ।  वैशाख  १८  गते  इन्डियन  आयल  कर्पोरेसनबाट प्राप्त मूल्य सूचीमा पेट्रोलियम पदार्थको  मूल्य  बढेर  आए  पनि  मूल्य  समायोजन गरिएको छैन । १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको निगमले पछिल्लो दुई पटक समायोजन गरेन ।

निर्वाचनको समय भएकाले घाटा भए पनि पछिल्लो समय मूल्य समायोजन  नगरिएको  प्रवक्ता  उपाध्यायको  भनाइ छ ।

निगमका  अनुसार  नयाँ  मूल्यअनुसार  पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैसा, डिजेल १० रुपियाँ १८ पैसा र हवाई इन्धन सात रुपियाँ १२ पैसाले बढेर आएको थियो ।

एलपी ग्यासमा प्रतिसिलिन्डर  ११८  रुपियाँ  बढेर  आए  पनि  समायोजन भएको छैन । पेट्रोलियम पदार्थबाट हाल निगमलाई १५ दिनमा करिब पाँच अर्ब १९ करोड रुपियाँ घाटा छ ।  गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x