×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव: पोखरा महानगरपालिका विशेष

पेचिलो बन्दै पोखराको निर्वाचन : कता ढल्किँदैछ कांग्रेसी मतदाताको मन ?

बैशाख २१, २०७९

NTC
बायाँबाट क्रमश: बराल, पहारी र तिमल्सिना
Premier Steels

पाँचदलीय सत्ता गठबन्धनबीच केन्द्रीय स्तरबाट तालमेल भएको पोखरा महानगरपालिकामा कांग्रेस कार्यकर्ताले के गर्लान् भन्ने आम चासो र कौतुहलता छ ।

Muktinath Bank

तालमेल नगरी पार्टीले एक्लै चुनाव लड्ने भन्दै कांग्रेस कास्कीका नेताहरू पटक–पटक सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौं पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला तहको आग्रहविपरीत नेकपा एकीकृत समाजवादीलाई पोखराको मेयर छाड्न कांग्रेस सभापति देउवा राजी भए । तर, उम्मेदवारी मनोनयनको दिनसम्म आइपुग्दा कांग्रेसका बागीले उम्मेदवारी दिए । फिर्ता पनि भयो । केही असन्तुष्टि देखिए पनि कांग्रेसका सक्रिय कार्यकर्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका नेकपा एसका नेता धनराज आचार्यको पक्षमा भोट माग्दै हिँडेका छन् । 


Advertisment
Nabil box
Kumari

आइतवार पोखराको जिरोकिलोस्थित एक पार्टी प्यालेसमा चुनावी रणनीति बनाउन गठबन्धनका नेता कार्यकर्ताको भेला थियो, जहाँ बहुसंख्यक कांग्रेस कार्यकर्ता थिए । गठबन्धनबाट मेयरका प्रत्यासी धनराज आचार्यले सम्बोधन गर्ने कार्यक्रममा उपस्थित कांग्रेस कार्यकर्ता गठबन्धनलाई सफल बनाउन प्रतिबद्ध देखिए । 

Vianet communication

‘कांग्रेसको बलियो आधार रहेको पोखरामा पार्टीको तर्फबाट मेयरको उम्मेदवार नहुँदा म व्यक्तिगत रूपमा असन्तुष्ट थिएँ, तर पार्टीले निर्णय गरिसकेको अवस्थामा गठबन्धनको उम्मेदवारलाई जिताउनु मेरो दायित्व र कर्तव्य हुन आउँछ,’ कांग्रेसका स्थानीय कार्यकर्ता दुर्गा तिमल्सिना (६५)ले भने । उम्मेदवार फेरिएकोमा एमालेभित्र असन्तुष्टि रहेकाले आफूहरूले चुनाव जित्ने उनले दाबी गरे । 

दुर्गा तिमल्सिना

‘राष्ट्रिय राजनीतिलाई ट्र्याकमा लैजान पनि पाँचदलीय गठबन्धन गर्नुपरेको हो । स्थानीय स्तरमा हाम्रो उम्मेदवार डायनामिक भएकाले चुनाव जित्न कठीन छैन,’ तिमल्सिनाले लोकान्तरसँग भने । 

बहुसंख्यक नेता कार्यकर्ता चुनाव प्रचारमा हिँडे पनि केही भने तटस्थ बसेका छन् ।  

नेपाली कांग्रेसकी महासमिति सदस्य माया बराल क्षेत्री कार्की पोखराको मेयरका लागि नगर कमिटीबाट सिफारिशमा परेकी थिइन् । गठबन्धन गर्दा नेकपा एसका धनराज बरालले मेयरको टिकट पाएपनि माया गठबन्धनको चुनाव प्रचारमा हिँडेकी छिन् । 

माया बराल

‘आफू हारेर पनि संविधान र देश बचाएको कांग्रेसको इतिहास छ । यसपटक पनि संविधानको रक्षार्थ बनेको गठबन्धनलाई जोगाइराख्न तालमेल गर्नुपर्ने भयो । पार्टीले गरेको निर्देशन मान्न हामी बाध्य छौं,’ कार्कीले लोकान्तरसँग भनिन् । 

२०७४ सालमा नेकपा एमालेले पोखरामा मेयर जिते पनि प्रतिबद्धता अनुसारको काम गर्न नसकेको उनको आरोप छ । ‘पोखराका सार्वजनिक जग्गा मिचिएका छन् । पोखराको पहिचान बनेको ताल पुरिँदा पनि संरक्षण भएन । वडा नम्बर १४ को कार्यालयमा चोरी भयो । त्यसैले यसपटक यहाँका मतदाताले सक्षम मेयर खोजेका छन्,’ कार्कीले भनिन् । 

कांग्रेसभित्रको असन्तुष्टिले गर्दा चुनाव जित्न सकिने एमालेको विश्लेषण छ । तर, कांग्रेसका कार्यकर्ताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिका कारण आक्रोशित देखिए । ‘पूर्व प्रधानमन्त्री भइसकेको व्यक्तिले कांग्रेसको घोषणपत्रलाई पागलहरूको प्रलाप भन्नुभयो, उहाँका यस्तै अभिव्यक्तिका कारण पनि कांग्रेस कार्यकर्ता एमालेको उम्मेदवार पराजित गर्नुपर्ने मनोविज्ञानमा छन्,’ कांग्रेसका स्थानीय कार्यकर्ता प्रकाश अधिकारीले भने ।

नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका ६ का वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारी केही कार्यकर्ताले असन्तुष्टि जनाएपनि संस्थागत रूपमा कांग्रेस चुनावी तालमेलको पक्षमा रहेको दाबी गर्छन् ।

जगतबहादुर पहारी

‘मेरो वडाबाटै हामीले तालमेलको शुरूआत गरेका थियौं, माओवादी केन्द्र र एसलाई एक–एक खुल्ला सदस्य दिएर तालमेल गरेका छौं,’ सोही वडाका पूर्वअध्यक्ष समेत रहेका पहारीले लोकान्तरसँग भने, ‘बाहिर प्रचार गरिएजस्तो कांग्रेसमा विद्रोह र असन्तुष्टि होइन । हामीले मित्रवत ढंगले तालमेल गरिरहेका छौं ।’

पोखराको लेकसाइडमा भेटिएका अर्का एक कांग्रेस कार्यकर्ताले भने तालमेलका कारण आफ्ना शुभेच्छुकहरूमा असन्तुष्टि बढेको बताए ।

‘हारजीत जे भएपनि कांग्रेस एक्लै चुनावमा जानुपर्थ्यो, कम्युनिस्टहरूको भर हुँदैन भन्ने शुभेच्छुकहरू पनि हुनुहुन्छ,’ चुनाव प्रचारमा हिँडेका ती कार्यकर्ताले भने । 

पोखरामा भेटिएका कतिपय कार्यकर्ता भने गठबन्धनको पक्षमा लाग्ने/नलाग्ने खुलेनन् ।

कांग्रेसको तर्फबाट भरपूर सहयोग पाएका छौं– नेकपा एस

पोखरा महानगरमा मेयरको उम्मेदवार पाएको नेकपा एसका नेताहरू कांग्रेसको तर्फबाट सहयोग पाएको बताउँछन् । अन्य ठाउँमा कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउन आफ्नो तर्फबाट इमान्दार प्रयत्न हुने र पोखरामा कांग्रेसबाट सोही अनुसारको व्यवहार अपेक्षा गरिएको उनीहरू बताउँछन् । 

‘हामीले एमालेमा विद्रोह गरेकै कारण शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्न सम्भव भएको हो, नत्र देउवा कसरी प्रधानमन्त्री बन्नुहुन्थ्यो ? गण्डकी प्रदेशमा हाम्रो एकजना पनि मन्त्री छैनन्, तैपनि हामी हाम्रो सरकार भनिरहेका छौं । अनि कांग्रेसले हाम्रो उम्मेदवारलाई सहयोग नगरे कसरी गठबन्धन चल्छ ?’ कास्की जिल्ला इञ्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले लोकान्तरसँग भने । 

श्रीनाथ बराल

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेले मेयर र उपमेयर जितेको थियो । कांग्रेसभित्रको असन्तुष्टिका कारण आफूहरूले यसपटक पनि सहज जीत हासिल गर्ने नेकपा एमालेको विश्लेषण छ । 

एसका इन्चार्ज बराल विगतमा एमालेले चुनाव जित्नुमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको र अहिले परिस्थिति बदलिएको दाबी गर्छन् । ‘विगतमा एमालेको मतान्तर हामीसहितको संख्या हो, धनराज बराल जस्तो लोकप्रिय नेता र कार्यकर्ता नरहँदा पनि एमालेको हालत उस्तै छ र ?’ बरालले भने, ‘रूखमा भोट हाल्ने बानी परेकाले सूर्यमा पो हाल्दैनन्, कलममा हाल्न केही अप्ठ्यारो छैन नि !’

कांग्रेसका नेताहरू धनराजलाई अगाडि लगाएर हिँडेकाले आफूहरूले कांग्रेसप्रति आशंका नगर्ने एसका नेताहरूले बताए । नेकपा एसका अर्का केन्द्रीय सदस्य चूडामणि जंगलीले पनि कांग्रेसका कार्यकर्ताले इमान्दारीपूर्वक सहयोग गरिरहेको बताए । 

‘अहिलेसम्म पोखराले व्यक्तिलाई मेयर बनायो अब पोखरालाई बनाउने मेयर निर्वाचित गर्नुपर्छ भनेर कांग्रेसका साथीहरू लाग्नुभएको छ, उहाँहरूको इमान्दारितामा प्रश्न छैन,’ जंगलीले भने । 

सामाजिक क्षेत्रमा सक्रिय र व्यक्तिगत रूपमा मिलनसार रहेका कारण कांग्रेस कार्यकर्ताहरू धनराजको पक्षमा खुलेर लागेको उनले दाबी गरे । 

कस्तो थियो विगतमा नतिजा ?

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका मानबहादुर जीसी मेयरमा निर्वाचित भएका थिए । ६० हजार १ सय १८ मतसहित जिसी विजयी हुँदा कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए । 

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ ५६ हजार ४ सय ४८ मतसहित विजयी भएकी थिइन् । कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत प्राप्त गरेकी थिइन् । 

यसपटक पोखरा महानगरपालिकामा ३९ हजार मतदाता थपिएका छन् । यी मतदाताले आफूहरूलाई भोट हाल्ने नेकपा एमाले र नेकपा एसका तर्फबाट मेयरका प्रत्यासीहरूको दाबी छ । 

मेयरका एमाले उम्मेदवार कृष्ण थापा सत्ता गठबन्धनले गरेको तालमेलले आफूलाई चुनाव जित्न रोक्न नसक्ने दाबी गर्छन् ।

कृष्ण थापा

‘गठबन्धन त कागजमा छ, यहाँ कहाँ गठबन्धन छ ? वार्डमा कांग्रेसका आफ्नै उम्मेदवार छन् । यो गठबन्धनलाई जनताले मन पराएका छैनन्,’ थापाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x