×

NMB BANK
NIC ASIA

प्रमुख दलहरूबाटै आचारसंहिता उल्लङ्घन, बत्तीस दललाई स्पष्टीकरण

बैशाख २२, २०७९

NTC
Premier Steels

प्रमुख  राजनीतिक  दलहरूले  नै  निर्वाचन  आचारसंहिताको  उल्लङ्घन  गरेको  पाइएको  छ ।

Muktinath Bank

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा  मागेको  जवाफमा  प्रमुख  राजनीतिक  दलकै सङ्ख्या बढी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी  पार्टी,  नेपाल,  नेकपा  (एकीकृत  समाजवादी)   र   राष्ट्रिय   प्रजातन्त्र   पार्टी   छन् ।


Advertisment
Nabil box
Kumari

आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको  पूर्ण  पालनाका  लागि  आग्रह  गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको  कानुन  तथा  राजनीतिक  दल  व्यवस्थापन  महाशाखा  प्रमुख  एवं  सहसचिव  यज्ञप्रसाद  भट्टराईले  ३२  दल,  उम्मेदवार  तथा  पदाधिकारीसँग   जवाफ   मागिएको   जानकारी   दिए ।

Vianet communication

उनले पाँच जनाको जवाफ अझै नआएको बताए   ।  पछिल्लो  पटक  आयोगले  नेकपा  (एमाले) र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो ।

निर्वाचन   आचारसंहितामा   १८   वर्ष   उमेर    नपुगेका    बालबालिकालाई    चुनाव    प्रचारप्रसारमा   प्रयोग   गर्न   नहुने   व्यवस्था   छ ।

 आयोगले आचारसंहिता जारी गरेको दुई दिन नबित्दै  उल्लङ्घनको  घटनामा  नेकपा  (एकीकृत  समाजवादी),  नेकपा  (माओवादी  केन्द्र),  नेपाली  काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल तथा गण्डकी प्रदेशका सभामुखलाई चित्तबुझ्दो जवाफ बुझाउन निर्देशन दिएको थियो ।

सबैले छुट्टाछुट्टै जवाफ पठाएपछि आयोगले सचेत गराउने निर्णय गरेको थियो । निर्वाचन आयोगले चैत २५ गतेदेखि आचारसंहिता लागू गरेको हो ।

आयोगले  अनुमति  नलिई  विदेश  भ्रमणमा  गएको सम्बन्धमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग समेत जवाफ मागेको थियो ।

आयोगको कानुन महाशाखाका अनुसार भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भन्दै नेपाली काँग्रेसबाट नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार सीता  गुरुङ,  धनगढी  उपमहानगरपालिकाका  उम्मेदवारले  भड्किलो  खर्च  गरेको  सम्बन्धमा  जवाफ मागिएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  त्रिलोचन  भट्ट  र  निर्वाचन  पर्यवेक्षण  समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्थापितको जवाफ आयोगले  नेकपा  (एमाले)बाट  काठमाडौँ  महानगरपालिकामा प्रमुख पदका उम्मेदवार  केशव स्थापितलाई  आचारसंहिता  उल्लङ्घनसम्बन्धी  दुई  घटनामा  अलग  अलग  जवाफ  मागेको  थियो । स्थापितले आयोगलाई बुधबार नै जवाफ पठाएका छन् ।

दुवै स्पष्टीकरणमा स्थापितले एकनासकै जवाफ बुझाएका छन् । आयोग स्रोतका अनुसार स्थापितले बुझाएको जवाफमा भनिएको छ, “आफ्नो कुरा स्पष्ट राख्ने क्रममा आफूले बोलेको कुराले कसैको चरित्रहत्या, मानहानी हुने भन्न मिल्दैन ।” आयोगले प्रमुख पदका उम्मेदवार स्थापितसँग महिलालाई दुरुत्साहन हुने तथा अर्का उम्मेदवार बालेन शाहलाई होच्याउने गरी अभिव्यक्ति दिएको सम्बन्धमा चौबीस घण्टाभित्र जवाफ मागेको थियो । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x