×

NMB BANK
NIC ASIA

काभ्रेस्थली हुँदै जान थाल्यो काठमाडौंको फोहोर

बैशाख २२, २०७९

NTC
Premier Steels

काठमाडौँ  उपत्यकाको फोहोर सिसडोल पुर्‍याउन फोहोर व्यवस्थापन गर्ने    मजदुरले    काभ्रेस्थली    मार्गबाट    फोहोर  सिसडोल  लैजान  थालेका  छन्  ।  

Muktinath Bank

मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म ८० कन्टेनर  फोहोर  काभ्रेस्थली  भएर  सिसडोल  लगिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोहोर १० दिनदेखि उठ्न सकेको थिएन । सहरका  केही  भाग  अहिले  सफा  भएको  छ  ।  


Advertisment
Nabil box
Kumari

वर्षा  र  सिसडोलका  स्थानीयको  सङ्घर्षको दोहोरो समस्याका कारण काठमाडौँ महानगरपालिकाका सडकमा थुप्रिएका फोहोर सिसडोल  डम्पिङ  साइट  लैजाने  कार्य  अरू  अनिश्चितजस्तै  थियो  ।

Vianet communication

 फोहोर  व्यवस्थापन  गर्ने मजदुरले काभ्रेस्थलीको बाटो प्रयोग गरे, काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई भन्छिन् ।

काभ्रेस्थलीको यो बाटोमा कुनै अवरोध छैन ।

सिसडोल        पुग्ने        पासाङ        ल्हामु राजमार्गअन्तर्गत तिनपिप्ले–छहरे–मुड्खु सडक  खण्ड  कालोपत्रे  गर्ने  कार्य  वर्षाका  कारण रोकिने सम्भावना भने छ ।

त्यस्तै यो सडक खण्डमा बाटो मर्मत भएन भनेर भइरहेको सङ्घर्ष पनि टुङ्गोमा पुग्न सक्ने अवस्था छैन । राजमार्ग  मर्मतको  माग  गर्दै  सङ्घर्षरत  समितिबीच  सरकारी  निकायको  सहमति  भए  पनि यो कार्यको थालनी नै हुन सकेको छैन ।

वातावरण विभाग प्रमुख सरिता राईका अनुसार दिउँसो बाटो मर्मत गर्ने र बिहान २ देखि ८ बजे बीचसम्म फोहोर सिसडोल पुर्‍याउने सहमति भएको थियो तर स्थानीय प्रशासनको र प्रहरीको सहयोग पाउन सकिएको छैन । मजदुरहरूले काभ्रेस्थलीको बाटो प्रयोग गरेका छन् ।

राईका अनुसार यी दुई स्थानीय प्रशासनको  सहयोग  मागिएको  थियो,  अहिले  पनि सहयोग मागिएको छ तर नेपाल प्रहरीका प्रवक्ता  विष्णु  केसीले  फोहोर  व्यवस्थापनका  लागि कतैबाट पनि प्रहरीको सहयोग नमागिएको स्पष्ट  गरे ।

बाटो  मर्मतको  माग  गर्दै  सङ्घर्षरत स्थानीय समितिले माग पूरा नहुञ्जेल सिसडोलमा फोहोर लैजान नदिने गरी राजमार्गमा अवरोध  गरेका  कारण  वैशाख  ११  गतेदेखि  काठमाडौँका सहरका बाटोघाटोमा थुपारिएका  फोहोर  उठाउन  सकिएको  थिएन  ।

काठमाडौँ  महानगरपालिकाबाट सरदर दैनिक ५४५ मेट्रिक टन  फोहोर  सिसडोल  लैजाने  गरिएको  छ  ।  काठमाडौँबाहेक आसपासका महानगर क्षेत्रबाट एक हजार दुई सय मेट्रिक टन अलग्गै फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

निजी क्षेत्रका  दुई  सय  र  महानगरपालिकाको  बीस  कन्टेनर दिनहुँ सिसडोलमा फोहोर व्यवस्थापनका लागि पुग्ने गरेका थिए । महानगरपालिका नगर प्रहरी बल प्रमुख धनपति सापकोटाका अनुसार काठमाडौँ   महानगरपालिकाको   प्रशासकीय   अधिकृतको  संयोजकत्वमा  गठित  र्‍यापिड  एक्सन टास्क फोर्स हाल फोहोर व्यवस्थापनमा सक्रिय रहेको छ ।

२०७८  फागुन  २६  गते  प्रधानमन्त्री  तथा  मन्त्रिपरिषद्  कार्यालयले  सहरी  विकास  मन्त्रीको  संयोजकत्वमा  उच्चस्तरीय  समिति  गठन  गरेर  फोहोर  व्यवस्थापनका  विषयमा  अध्ययन  थालेको  थियो  तर  यो  सक्रिय  हुन  सकेको छैन ।

फोहोर व्यवस्थापनमा लागेको बी एन्ड पी क्लिनिङ सर्भिसका इन्चार्ज बुद्व मगरका अनुसार घरघरका फोहोरसम्म उठाएर टेकुमा    व्यवस्थापन    गर्न    सकिएको    छ । टेकुमा पनि फोहोर व्यवस्थापन गर्न सकिने अवस्था   नभएकोले   काभ्रेस्थलीको   बाटो   अपनाइएको हो । गोरखापत्र दैनिकमा सरोज आचार्यले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x