×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

बनेपाको रोचक चुनावी भिडन्त : विरासत फर्काउन र अघिल्लो नतिजा जोगाउन प्रतिस्पर्धा

बैशाख २२, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसको लामो समयदेखिको विरासत पल्टाउँदै २०७४ सालमा एमालेले बाजी मारेको काभ्रेको बनेपा नगरपालिकामा यसपालि पनि रोचक चुनावी भिडन्त हुने देखिएको छ । 

Muktinath Bank

एमाले आफ्नो वर्चस्व कायम गर्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको छ भने कांग्रेस गठबन्धन सहयात्री दलहरूको साथ लिएर नतिजा उल्ट्याउने दाउमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बनेपामा यसपटक एमालेका तर्फबाट मेयरमा रत्नकुश रञ्जितकार र उपमेयरमा विमला सापकोटालाई उठाइएको छ ।


Advertisment
Nabil box
Kumari

अर्कातर्फ पाँचदलीय गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका शान्तिरत्न शाक्य र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रघुवर चौप्रधान उम्मेदवार बनेका छन् ।

Vianet communication

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि मेयर र उपमेयरमा आफ्नो उम्मेदवार नउठाएर गठबन्धनलाई सहयोग गरेका छन् ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट मेयरमा लक्ष्मीनरसिंह बादे श्रेष्ठ र उपमेयरमा रेखा सापकोटा दाहालले जितेका थिए । गत स्थानीय तहको निर्वाचनमा कुल १४ वडामध्ये ९ वडामा एमाले र ५ वडामा कांग्रेसले जीत हात पारेको थियो । 

दुवै प्रतिस्पर्धीको व्यापारिक पृष्ठभूमि 

एमालेबाट मेयर पदमा उठेका रञ्जितकार निजी बोर्डिङ स्कूल सञ्चालन गर्छन् । स्ट्यान्डर्ड सहकारीका अध्यक्ष समेत रहेका रञ्जितकार पनि व्यापारिक पृष्ठभूमिका युवा नेता हुन् । उनी २०६७ सालमा एमाले प्रवेश गरेका थिए । 

अर्कातर्फ कांग्रेसका उम्मेदवार शाक्य पनि मोटर पार्ट्सका डिलर सञ्चालक हुन् । त्यसबाहेक महाचण्डी शुभलक्ष्मी पेपर इन्डस्ट्रिजका चेयरम्यान हुन् । तर उनी व्यापारका साथै लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।

२०५४ सालमा नेपाली कांग्रेसबाटै साविकको वडा नम्बर ९ मा वडाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । 

भोट माग्दै कांग्रेस उम्मेदवार

'जसरी म व्यापारमा लागेको छु, त्यसैगरी राजनीतिमा पनि सक्रिय भएको ३२ वर्ष भइसकेको छ । २०५४ सालदेखि २०५९ सालसम्म यही पुरानो नगरमा नेपाली कांग्रेसबाट नै वडा नम्बर ९ को वडाध्यक्ष भएर काम गर्ने मौका पाएको थिएँ,' शाक्यले भने ।

२०७४ सालमा भएको स्थानीय चुनावमा पनि उनी मेयरको आकांक्षी थिएँ । टिकटका लागि प्रयास गरे पनि राम जोशीलाई पार्टीले टिकट दिएको थियो । पछि कांग्रेसको बनेपा नगर अधिवेशनमा सभापति लड्दा उनी १ मतले पराजित भएका थिए । 

पार्टीभित्र मेयर पदमा १७ जना आकांक्षी थिए, तर पार्टीले उनलाई टिकट दिएर मैदानमा उतारेको छ । 

'हाम्रै पार्टीभित्र पनि धेरै संख्यामा साथीहरू आकांक्षी हुनुहुन्थ्यो,' शाक्यले लोकान्तरसँग भने, '१६-१७ जना साथीमध्ये योपटक शान्तिलाई दिँदा यो ठाउँमा पार्टीको मजबुती हुन्छ । मेयरमा जितिन्छ भन्ने ठानेर नै टिकट दिएको हो ।'

यता पूर्व वडाध्यक्ष एवं एमाले नेता राजन शाक्य भने बनेपाको युवा जमातमा आफ्ना उम्मेदवार रञ्जितकारको पकड राम्रो रहेको बताउँछन् । 

'एमालेले यसअघि टिकट दिएर जितेका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठ ८१ वर्षको भइसक्नुभयो,' शाक्यले भने, 'यसपटक फेरि उहाँलाई बनाउनुभन्दा पनि युवा नेतृत्वमा सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने नगरवासीको मागअनुसार नै पार्टीले रञ्जितकारलाई टिकट दिएको हो ।'

निवर्तमान मेयरले पार्टी परित्याग गरेपछि एमालेलाई झट्का 

आफूलाई दोहोर्‍याएर टिकट नदिएपछि निवर्तमान मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले एमाले परित्याग गरेका छन् ।

उनले पार्टी परित्याग गरेपछि बनेपाको वडा नम्बर ६ र १० मा एमालेलाई ठूलै प्रभाव पर्ने देखिएको स्थानीय नेता/कार्यकर्ता विश्लेषण गर्छन् । 

तर मेयरका उम्मेदवार रञ्जितकारले भने बादेको पार्टी परित्यागले एमालेलाई कुनै प्रभाव नपर्ने जिकिर गरे ।

'उहाँले पार्टी परित्याग गरेको विषयमा म अहिले केही बोल्न चाहन्नँ । उहाँले पार्टीसँग आफ्नो तिक्तता मात्र पोखेको हो,' रञ्जितकारले लोकान्तरसँग भने, 'उहाँको पार्टी परित्यागले केही क्षति भएको छैन । उहाँ आउँदा ६ जना आएको थियो, जाँदा पाँचजना जानुभएको छ ।' 

आफ्नो व्यक्तिको इगोका कारण पार्टी छाडेकाले उनलाई कसैले साथ नदिएको दाबी रञ्जितकारले गरे ।

प्रहरी वरिष्ठ उपरीक्षकबाट सेवा निवृत्त भएपछि बादे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय निर्वाचनमा उम्मेदवार भएका थिए । त्यतिबेला उनले १० हजारको हाराहारीमा मत ल्याए । त्यसपछि उनलाई एमालेमा प्रवेश गराइएको थियो ।

'पार्टी प्रवेश गराउने बेलामा नै २०७४ सालको स्थानीय निर्वाचनमा बनेपाको मेयरको टिकट दिन्छु भन्ने प्रतिबद्धता गरिएको थियो, सोही प्रतिबद्धताअनुसार उनलाई पार्टीले टिकट दिएर मेयरमा जिताएको थियो,' एमालेका नेता राजन शाक्यले लोकान्तरसँग भने, 'निवर्तमान मेयरको पार्टी बहिर्गमनले हामीलाई चुनाव जित्न झन् सहज भएको छ । अब सबै सिटमा क्लिनस्विप गर्छौं ।' 

जनता परिवर्तनको पक्षमा छन्, जितेपछि बनेपाको मुहार फेर्छु : कांग्रेस उम्मेदवार शाक्य 

कांग्रेसका उम्मेदवार शाक्य भने बनेपाको मुहार फेर्न जनताले आफूलाई जिताउने दाबी गर्छन् ।

'हिजोअस्ति विना मौसममा पानी पर्दा पनि बनेपा शहर डुबानमा पर्‍यो । बाहिरका मानिसको नजरमा बनेपा डुबान क्षेत्र नै हो कि भन्ने इमेज बनिसक्यो । वास्तवमा बनेपा डुबान क्षेत्र त होइन नि,' उनले लोकान्तरसँग भने, 'सानो खोल्साजस्तो खोला छ । सानो पानी पर्दा पनि डुबान जस्तो हुन्छ । त्यो खोलालाई लेभलिङ गरेर सफा गरेको भए, जाम खुलाउने प्रयत्न गरिएको भए त्यस्तो हुँदैनथ्यो होला । मैले नगरको सेवा गर्ने मौका पाएँ बनेपामा अब डुबान हुनेछैन ।' 

कांग्रेस उम्मेदवार शाक्य

खानेपानीको समस्या समाधान गर्नेदेखि स्वास्थ्य, शिक्षा, सिञ्चाइ, फोहोरमैला व्यवस्थापन आदिमा काम गर्ने उनले बताए । पछिल्लो ५ वर्षमा नगरमा कुनै खास काम नै नभएकाले सम्पूर्ण नगरवासी परिवर्तनको सोचमा रहेको आभास पाएको उनको भनाइ छ ।

जनता गठबन्धनको पक्षमा छैनन्– रञ्जितकार, एमाले उम्मेदवार

एमालेका तर्फबाट मेयरका उम्मेदवार रत्नकुश रञ्जितकारले गठबन्धनले आफूलाई हराउन नसक्ने दाबी गरे ।

'पात्रको बीचमा गठबन्धन भएर हुँदैन । नेतृत्वको बीचमा मात्र गठबन्धन भएको छ । मतदातामा त गठबन्धन भएको छैन,' रञ्जितकारले लोकान्तरसँग भने, 'मतदाताले त आफ्नो दिमाग लगाउनुहुन्छ । हाम्रो नगरपालिकाको मतदाता गठबन्धनको पक्षमा छैनन् ।'

जितेर नगरपालिकामा खुट्टा टेकेकै दिनदेखि जनता बाँच्नका लागि चाहिने सबै आधारभूत आवश्यकता पूरा गर्दै जाने उनले बताए ।

एमाले उम्मेदवार रञ्जितकार

'स-सानो कुराबाट अघि बढ्दै बनेपालाई व्यवस्थित बनाउनेतर्फ अग्रसर हुन्छु,' उनले थपे, 'कृषि, शिक्षा , स्वास्थ्य, व्यापार सबै क्षेत्रमा फरक तरिकाले जीवन सुरक्षाका साथ लक्जरियस, सुव्यवस्थित शहरको रूपमा परिचित गराउँछु ।'

एमालेले जितेको बनेपामा भ्रष्टाचार शून्य रहेको उनले दाबी गरे । 'नेपालमै एकमात्र नगरपालिका बनेपा नै यस्तो नगरपालिका होला जहाँ भ्रष्टाचार नै छैन,' उनले थपे, 'विकासको मूल नफुटेको होइन । धूलोधूवाँरहित हाइवे बनाउनुपर्ने कुरा, खानेपानी अझ व्यवस्थित बनाउनुपर्ने कुरा, फोहोर व्यवस्थापन गर्ने कुरा हामी शुरूआतबाट नै गर्छौं ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x