×

NMB BANK
NIC ASIA

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा बाग्मतीकै

बैशाख २३, २०७९

NTC
Premier Steels

 कुल गार्हस्थ उत्पादन (जीडीपीमा)मा बाग्मती प्रदेशको सबैभन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।

Muktinath Bank

नेपालको अर्थतन्त्रमा सबैभन्दा कम हिस्सा भने कर्णाली प्रदेशको रहेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत अर्थात् १ खर्ब ९८ अर्ब मात्रै योगदान हुने तथ्यांक रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा बाग्मती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको तुलनामा बाग्मती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान घटेको विभागको तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक विभागका निर्देशक गणेशप्रसाद आचार्यले प्रदेशस्तरीय आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदरनजिक रहेको बताए । उनले नेपालको कुल गार्हस्थ उत्पादनमा प्रदेश तहमा सबैभन्दा धेरै बाग्मती प्रदेशको योगदान रहेको बताए ।


Advertisment
Nabil box
Kumari

तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७८÷७९ मा बाग्मती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यस्तै, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.१७, कर्णालीको ५.४७, प्रदेश १ को ५.४१, लुम्बिनीको ५.३६, सुदूरपश्चिमको ४.९३ र मधेस प्रदेशको ४.८२ प्रतिशत रहेको विभागले जनाएको छ । कुल गार्हस्थ्य उत्पादनमा पनि बाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी छ ।

Vianet communication

कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको हिस्सा ३६.९, प्रदेश १ को १५.७, लुम्बिनीको १४.१, मधेसको १३.२, गण्डकीको ८.९, सुदूरपश्चिमको ७ र कर्णाली प्रदेशको ४.१ प्रतिशत रहेको छ । यस आर्थिक वर्ष देशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) ५.८ प्रतिशतले बढेको विभागको भनाइ छ । गत आर्थिक वर्ष ४.२ प्रतिशतले बढेको थियो । यस आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५२ अर्ब (उपभोक्ता मूल्यमा) हुने अनुमान गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा बाग्मतीको ३७.७ प्रतिशत, प्रदेश १ को १५.६ प्रतिशत, गण्डकी प्रदेशको ८.७ प्रतिशत, लुम्बिनी प्रदेशको १४.० प्रतिशत, मधेस प्रदेशको १३.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ६.९ प्रतिशत र कर्णाली प्रदेशको ४.० प्रतिशत रहेको थियो ।

चालू आर्थिक वर्षको ६ महिनादेखि नौ महिनाको आर्थिक गतिविधि, प्रशासनिक तथ्यांकलगायत मुख्य १८ वटा सूचकलाई आधार मानेर कुल गार्हस्थ्य उत्पादन प्रदेश तहको योगदान र आर्थिक वृद्धिदरको तथ्यांक सार्वजनिक गरेको बताएको छ । आर्थिक वर्ष २०७७÷७८ लाई आधार वर्ष मानेर तथ्यांक मापन गरिएको विभागले बताएको छ ।

प्रदेश १ को कुल गार्हस्थ्य उत्पादन ७ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । गत आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ६ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो । गत आर्थिक वर्ष ४.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको यस प्रदेशले चालू आर्थिक वर्ष ५.४ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशको ६ खर्ब ८४ अर्ब, मधेस प्रदेशको ६ खर्ब ४४ अर्ब, गण्डकी प्रदेशको ४ खर्ब ३२ अर्ब, सुदूरपश्चिम प्रदेशको ३ खर्ब ३९ अर्ब र कर्णाली प्रदेशको १ खर्ब ९८ अर्ब कुल गार्हस्थ्य उत्पादन पुग्ने अनुमान विभागले गरेको छ । मधेस प्रदेशको गत आर्थिक वर्ष वद्धिदर ३.८ प्रतिशत रहेकोमा चालू आर्थिक वर्ष ४.८ प्रतिशत कायम हुने अनुमान गरिएको छ । यसैगरी, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यस प्रदेशले ३.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो । गत वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको लुम्बिनी प्रदेशले चालू आर्थिक ५.४ प्रतिशत कायम हुने देखिएको छ ।

यसैगरी, कर्णाली प्रदेशले गत आर्थिक वर्ष ४.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकोमा चालू आर्थिक वर्ष ५.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विभागले प्रक्षेपण गरेको छ । यसैगरी, सुदूरपश्चिम प्रदेशले गत आर्थिक वर्ष ४.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकोमा चालू आर्थिक वर्ष ४.९ प्रतिशत हुने अनुमान छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान बाग्ममी प्रदेशको ३६.९ प्रतिशत रहेको छ । यसैगरी, प्रदेश १ को १५.९ प्रतिशत, लुम्बिनी प्रदेशको १४.१ प्रतिशत, मधेस प्रदेशको १३.२ प्रतिशत, गण्डकी प्रदेशको ८.९ प्रतिशत, सुदूरपश्चिमको ९ प्रतिशत र कर्णाली प्रदेशको ४.१ प्रतिशत रहेको छ । राजधानी दैनिकमा पूर्णभक्त दुवालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x