×

NMB BANK
NIC ASIA

साताभर झण्डै ११८ अङ्कले घट्यो शेयर बजार

बैशाख २३, २०७९

NTC
Premier Steels

 यो साता तीन दिन खुला रहेको शेयर बजार झन्डै ११८ अङ्कले घटेको छ ।

Muktinath Bank

यो साता सोमबार, बुधबार र बिहीबार मात्रै कारोबार भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख १५ गते बिहीबार २,३५६.१७ मा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन बिहीबार २,२३८.६२ मा अडिएको छ ।


Advertisment
Nabil box
Kumari

बिहीबार नेप्से  परिसूचक  न्यूनतम  २२२५.७९  र  उच्चतम  २२७५.४२ बीच रह्यो ।

Vianet communication

बिहीबार  शेयर  बजारमापक  नेप्से  परिसूचक  ३७.०६  अङ्कले  ओरालो  लागेर  २२३८.६२  को  बिन्दुमा पुगेर रोकिएको हो ।

सेन्सेटिभ इन्डेक्स पनि ४.३४ अङ्कले ओरालो लागेर ४३२.५५ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको अन्तिम दिनको शेयर बजार १.६३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले ओरालो लागेको छ । बिहीबार एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार २४७ रुपियाँको कारोबार भएको छ ।

बिहीबारको कारोबार  रकम  अघिल्लो  साताको  बुधबारयताको  सबभन्दा बढी हो ।कारोबार भएको सेयरको सङ्ख्या पनि बढेर ४६ लाख ७४ हजार ९४० कित्ता शेयर पुगेको छ । बुधबार २७ लाख ३६ हजार ४१४ कित्ता शेयर कारोबार भएको थियो । बिहीबारको कारोबार भएको शेयर कित्ता विगत पाँच कारोबार दिनयताको सबभन्दा बढी हो ।

बिहीबार   कारोबारमा   आएका   १३   वटै   उपसमूहको परिसूचक ओरालो लागेको छ । विकास बैङ्क,  वित्त,  होटल  तथा  पर्यटन,  जलविद्युत्,  लगानी,  जीवन  बीमा,  निर्जीवन  बीमा  र  व्यापार  उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

त्यस्तै बैङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

बिहीबार   जाल्पा   लघुवित्तको   सेयरमूल्य   सर्वाधिक १० प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रो, मैलुङ खोला जलविद्युत् कम्पनी, शिवश्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, ग्रिन भेन्चर्स, पञ्चकन्या माई हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x