चैत ३, २०८०
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
बैशाख २३, २०७९
देशभरबाट चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।
सत्तारुढ गठबन्धनबीच केन्द्रीय स्तरबाटै तालमेल भएको भरतपुरमा एमालेले राप्रपालाई उपमेयर दिएर तालमेल गरेको छ । मेयरका प्रत्यासी रहेका विजय सुवेदीसँग गठबन्धनको सामना र भावी रणनीति सम्बन्धमा लोकान्तरले कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
चर्चामा रहेको भरतपुर महानगरको मेयरका लागि चुनावी मैदानमा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
म भरतपुर महानगरपालिकाको पश्चिम खण्ड मेघौली क्षेत्रबाट २०५६ र २०६४ मा चुनाव लडेको थिएँ । मेघौलीमा दोहोर्याएर चुनाव गरेर मलाई हराइएको थियो । २०७० सालमा चुनाव लडिनँ । २०७४ सालमा म भरतपुरको कोर क्षेत्रमा आएर प्रदेश सभामा चुनाव लडें । त्यस क्षेत्रका मतदाताको मलाई प्रतिनिधि बनाउने र मैले त्यस क्षेत्रमा सेवा गर्ने इच्छा अधुरो छ । यसले केही काम गर्छ भन्ने जनताको विश्वास छ र मलाई काम गरेर देखाउने इच्छा छ ।
पार्टी नेतृत्वमा बसेर विभिन्न कामको माध्यमबाट गोलाघाटदेखि कविलास क्षेत्रसम्म सक्रिय छु । म २०५१ सालदेखि नै जाने र काम गर्ने गरिराखेको छु । म उम्मेदवार भएर जाँदादेखि जनताको न्यायो स्वागत, सम्मान र आशीर्वाद पाएको छु ।
तपाईंको प्रतिद्वन्द्वी उम्मेदवार गठबन्धनको साझा हुनुहुन्छ, गठबन्धनको चुनौतीलाई कसरी लिनुभएको छ ?
गठबन्धनलाई मैले ठूलो चुनौतीको रूपमा लिएको छैन । भरतपुरमा अघिल्लोपटक पनि गठबन्धन भएको थियो । हामीले २ सय मतको अन्तरले मात्र हारेका हौं । त्यसमा पनि पहिलो राउन्डमा त देवी ज्ञवालीले जित्नु भएको थियो । दोस्रो राउन्डमा प्राविधिक रूपले हराइएको थियो । जनमतको हिसाबले पहिलो राउन्डमा चुनाव एमालेले नै जितेको हो ।
भरतपुरमा अहिले ३५ हजार नयाँ मतदाता थपिनुभएको छ, उहाँहरूको सहानुभूति पनि मलाई प्राप्त छ । विदेशमा कति विकास भएको छ, हामीले गर्न नसकिने होइन । म नेता होइन व्यवस्थापक हुन चाहन्छु । संयोजन गर्न चाहन्छु । म नेता भएर होइन, सबै नागरिकलाई सहभागी गराएर विकास गर्न चाहन्छु । त्यो विकासको मोडेल मसँग छ । २०६२/०६३ सालको जनआन्दोलनपछि मैले चितवनको विकासका लागि रणनीति र गुरुयोजना बनाउने अथवा सामाजिक क्षेत्रका काममा संलग्न भएको छु । कस्तो काम गर्यो भने चितवनलाई समृद्ध बनाउन सकिन्छ भन्ने मलाई राम्रो जानकारी छ ।
चितवनलाई अन्तर्राष्ट्रिय मापदण्डको शहर बनाउनका लागि मसँग खाका नै छ । जनसहभागिताका आधारमा विकास गर्ने मेरो योजना हो । निर्वाचित भएपछि पनि जनमत लिएर काम गर्न चाहन्छौं, जनमत भनेको भोट मात्र होइन । यहाँ नीति बनाउनु पर्दा यहाँका मतदातासँग सहभागितामूलक ढंगले काम गर्छौं ।
महानगरमा बाटो फराकिलो गर्ने कुरामा पनि जनताको इच्छाभन्दा बाहिर जाँदिनँ । जनतालाई कन्भिन्स गरेर मात्र काम गर्छु । अहिले चितवनदेखि ठोरी जाने बाटो विस्तारको कुरा छ, यसमा पनि जनताको राय लिएर काम गर्छु । सडक सञ्जालमा वैकल्पिक रुटको व्यवस्थाका बारेमा पनि मैले छलफल गर्छु । भरतपुरका लागि नेता र शासक चाहिएको होइन, सहजकर्ता चाहिएको हो ।
चितवनलाई अन्तर्राष्टिय स्तरको शहर बनाउने प्रतिबद्धता र इच्छाशक्ति भएको एउटा व्यवस्थापक चाहिएको छ । म सहजकर्ता हुने ठानेको छु । यो निर्वाचनमा यहाँका १ लाख ८५ हजार ७ सय ३२ मतदाताको मप्रति पूर्ण विश्वास रहने कुरा विश्वस्त छु । महानगर प्रमुख भएर भरतपुरको मुहार फेर्छु भन्ने प्रतिबद्धता छ ।
गठबन्धनबाट रेनु दाहाल प्रतिस्पर्धामा हुनुहुन्छ । कतिपय राम्रो काम गरेको भनेर प्रचार भएको छ । उहाँलाई कत्तिको चुनौती ठान्नुभएको छ ?
एउटा कुरा मैले भनिसकेको छु, मलाई ५ वर्षको समय पर्याप्त हुन्छ । युरोप अमेरिकाले डेढ सय वर्षमा गरेको काम रुसले ४० वर्षमा गर्यो । रुसले ४० वर्षमा गरेको कामचाहिँ चीन–जापानले २०/२५ वर्षमा गरे । त्यो २०/२५ वर्ष भनेको अहिलेको समयमा ५ वर्ष हो ।
भरतपुर महानगर विभिन्न नगरपालिका र गाविस मिसाएर बनेको हो । सोहीअनुसार ती क्षेत्रको पनि समुचित विकास गर्नुपर्यो । सबैभन्दा पहिलो काम यहाँको फिजिकल प्लानिङमार्फत एकरूपको विकास हो । त्यसका लागि यहाँको गुरुयोजना बनाउनु पर्यो । व्यवस्थित प्लानिङ हुनुपर्यो ।
यहाँ ३ लाख ७७ हजार नागरिक बस्नु हुन्छ । सबै नागरिक र मतदाताको बारेमा डाटाबेस बनेको छैन । कति जेष्ठ नागरिक, कति बालबालिका, कति अशक्त नागरिक छन् भन्ने कुराको यकिन डाटा छैन । सबैभन्दा पहिलो काम नै भएको छैन । अहिलेसम्मको विकास भनेको पञ्चायतकालमा भएको विकासमा थप वृद्धि जस्तो मात्र हो ।
विगतमा स्थानीय निकाय थियो । अहिले स्थानीय सरकार छ । सरकार भइसकेपछि काम गर्ने तरिका विगतभन्दा फरक हुनुपर्छ । सरकार भएको हुनाले नगरपालिकाले गरेजस्तो कामले पर्याप्त हुँदैन । भरतपुरलाई आधुनिक र समृद्ध नगर बनाउने काम अहिलेसम्म शुरू भएको छैन ।
यसरी नै विकास हुँदै जाने हो भने भरतपुर पनि अव्यवस्थित बसोवासको शहर हुन्छ । पश्चिम चितवनमा अहिले पर्याप्त जग्गा छ, समयमै व्यवस्थित प्लानिङ गरेर अगाडि बढ्यौं भने बसोबास गर्न योग्य शहर बनाउन सकिन्छ भन्ने मेरो योजना छ ।
विद्यालय, पार्क, युवाहरूका लागि व्यायामशाला चाहियो । बालबालिकाको खेल मैदान, विद्यालयलगायत सबै चाहियो । अन्तर्राष्ट्रिय स्तरको शहर बनाउने हो भने घरमात्र बनाएर त बन्न सक्दैन । हामीबाहेक अरूले जित्दा पुरानै निरन्तरता हुन्छ । पुरानै विकासले भरतपुरको आवश्यकता सम्बोधन हुँदैन । अहिले नै व्यवस्थित विकास शुरू गरेनौं भने काठमाडौंले व्यहोरेको समस्या र नियति भरतपुरले व्यहोर्नुपर्ने हुनसक्छ ।
यहाँ ढल निकासको व्यवस्थित योजना बनेको छैन । शहरको सडकमा फोहोर पानी जम्नु हुँदैन । ट्रिटमेन्ट गरेर मात्र खोलामा हाल्नु पर्दछ । एउटादुईटा पुराना ट्रिटमेन्ट प्लान्ट छन्, हिमबहादुर पिया र देवी ज्ञवालीको पालमा बनेका । अहिले ढल खोलामा गएर मिसिएका छन् । ढल सिधै खोलामा गएर मिसिएको छ, यो त विकास होइन ।
अलिअलि सडक कालोपत्रे बनेको छ । सडक कालोपत्रे गर्नु मात्र विकास होइन । यस्तो कालोपत्रे त पोखरा र बुटवलमा गएर हेर्नुस् त कति बनेको छ । केन्द्रीय सरकारको बजेटका कारण पुल्चोक गोन्द्राङ सडक बनिरहेको छ । बाइपास रोड केन्द्रीय बजेटबाट बनेको हो । यसमा मेयर मात्र होइन हामीले पनि योगदान गरेका छौं । केपी ओली सरकारको पालमा केन्द्रीय सरकारबाट स्वीकार नगरेको भए बजेट आउँदैनथ्यो ।
चुनावमा पेचिलो पक्ष पैसाको जोहो बनेको छ । चुनावमा कार्यकर्ता खटाउनु भएको छ । कति खर्च गर्ने आकलन गर्नुभएको छ ? खर्चको जोहो कसरी हुँदैछ ?
वडाका उम्मेदवारले आफ्नो व्यवस्थापन आफैँ गर्नुभएको छ । मैले गर्ने भनेको महानगरको मेयर र उपमेयको प्रचार हामी दुई मिलेर निकालिरहेका छौं । एउटा घोषणापत्र निकाल्ने काम गर्यौं । प्रचारमा सीमित मान्छे हिँड्छौं । निर्वचन आयोगले तोकेको सीमाभित्र रहेर काम गर्छौं ।
तपाईं मेयरमा निर्वाचित हुनुभयो भने पाँच वर्षपछि आउँदा भरतपुरमा के परिवर्तन देख्न पाइन्छ ?
पहिलो, अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिकल्पना गरेर व्यवस्थित सीटीको रूपरेखा तयार भई काम प्रारम्भ भएको हुनेछ । दोस्रो, सम्पूर्ण नागरिकको अभिलेखीकरण हुनेछ । सबैको बारेमा कम्प्युटरमा रेकर्ड पाइन्छ । हाल गरीबीको रेखामुनि रहेका नागरिक कोही पनि गरिबीको रेखामुनि रहने छैनन् । भरतपुरमा २ जनालाई २–२ वटा रुख रोप्न लगाएर ४ लाख रुख हुर्किँदै गरेका हुनेछन् । सडक आसपासमा फलफूलका बिरुवा लगाइने छ ।
फोहोरको कुनैपनि टुक्रा हुने छैन । सबै मान्छे ढुक्कले, सुरक्षित तरिकाले हिँडडुल गरिरहेका हुनेछौं ।
सरकारी विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरेको हुनेछौं । महानगरको अस्पतालको क्वालिटी राम्रो हुनेछ । यहाँका सबै मानिस केही न केही काममा लागेका हुनेछन् ।
सम्पूर्ण भरतपुरवासीलाई भन्न चाहन्छु, विकास निर्माणको काममा सबैसँग मिलेर अगाडि बढ्छु । निष्पक्ष सक्रियतापूर्वक काम गर्छौं । भरतपुरको सम्पूर्ण जनताको पक्षमा काम गर्छु । बीपी, पुष्पलालले देखेको सपना व्यावहारिक रूपमा भरतपुरमा पूरा गर्छौं । जनताको सेवा गर्ने बचपनदेखिको विश्वासलाई यथार्थमा परिणत गर्नका लागि महानगर प्रमुखको जिम्मेवारी महत्त्वपूर्ण सावित हुनेछ । विजय सुवेदीलाई मत दिएर राम्रो गरेछु भन्ने पार्नेछु ।
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...