मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
चुनावको मिति नजिकिएसँगै सुदूरपश्चिमको एक मात्रै धनगढी उपमहानगरमा उम्मेदवारहरू मतदाता रिझाउन व्यस्त छन् ।
उम्मेदवारमध्ये कोही आफ्नो विरासत जोगाउने कसरतमा छन् भने कोही मतदाताको घरदैलोमा आफूलाई उभ्याइरहेका छन् ।
सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रमुख व्यापारिक केन्द्र समेत रहेकाले धनगढीको आसन्न निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।
वैशाख ३० गते हुने निर्वाचनमा मेयर/उपमेयरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन छ । यससँगै अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीको रूपमा स्वतन्त्र उम्मेदवार र सांगठनिक रूपले बलियो मानिने नेकपा एमाले पनि बलियो प्रतिस्पर्धीको रूपमा देखिएको छ ।
धनगढी उपमहानगरको मेयरका लागि ३ जना स्वतन्त्र उम्मेदवारसहित ९ जना प्रतिस्पर्धामा छन् । गठबन्धनबाट नेपाली कांग्रेसले नृपबहादुर वडलाई मेयरमा दोहोर्याएको छ । अघिल्लो निर्वाचनमा वडकै निकटतम प्रतिस्पर्धी रहेका गोपाल हमाल आसन्न निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार छन् । नेकपा एमालेले रणबहादुर चन्दलाई मेयरको उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनको मतपरिणाम र अहिलेको चुनावी माहोल हेर्दा धनगढीमा वड, चन्द र हमालबीच नै कडा टक्कर हुने देखिएको छ ।
२०७४ सालको मतपरिणाम
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बनेका वड १४ हजार ३२४ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रहेका स्वतन्त्र उम्मेदवार वडले ११ हजार ५२७ मतमा चित्त बुझाउनुपरेको थियो । नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसमझ राना १० हजार २०९ मत ल्याउँदै तेस्रो स्थानमा पुगेका थिए भने एमालेका उम्मेदवार दुर्गा जोशी ९ हजार ९४६ मतमा सीमित थिए । राप्रपाका विष्णु शाहले ८२८ मत, मधेशी जनाधिकार फोरमका प्रेमकुमार बिसीले ४५९ मत र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २१६ मत प्राप्त गरेका थिए ।
अघिल्लो निर्वाचनमा धनगढीका जम्मा मतदाता ७६ हजार ४३० जना थिए । त्यसताका ८७.११ प्रतिशत मत खसेको थियो भने २ं.११ प्रतिशत मत बदर भएको थियो ।
आसन्न निर्वाचनमा ९३ हजार १५१ जना मतदाताले आफ्नो अमूल्य मत दिई धनगढीको भविष्य कोर्नेवाला छन् । गत निर्वाचनभन्दा १६ हजार ७२१ जना बढी छन् ।
उम्मेदवारको ध्यान थारु समुदायमा
धनगढीको जनसंख्यामा मुख्यगरी सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट बसाइ सरेर आएका, यहाँका रैथाने थारु र रानाथारु जातिको जनसंख्याले भूमिका खेल्छ । करीब ५० प्रतिशत जनसंख्याको प्रतिनिधित्व यिनै समुदायको रहेको बताइन्छ ।
यीभित्र करीब २० हजार बढी मतदाता थारु समुदाय, करीब ८ हजार बढी मतदाता रानाथारु समुदायका रहेको आकलन गरिन्छ । यद्यपि निर्वाचन आयोगले भने जातीय रूपमा मतदाता वर्गीकरण गरेको पाइन्न ।
अघिल्लो निर्वाचनमा संगठनविहीन रहेका स्वतन्त्र उम्मेदवार हमालले कस्तो मत पाएका थिए र आसन्न निर्वाचनमा ती मतदाता कता ढल्किनेवाला छन् ? हेर्न बाँकी छ । ती मतदातालाई चलायमान मतदाताको रूपमा लिने गरिन्छ । धनगढीका ती चलायमान, थारु र रानाथारुको मत जसले तान्न सक्यो, उसैको जीत सुनिश्चित हुने विश्लेषण गरिँदैछ ।
धनगढीको निर्वाचनलाई सुक्ष्म रूपमा नियाल्दै आएका उद्यमी रविनकान्त पन्त भन्छन्, ‘धनगढीमा करीब १०% जति चलायमान मतदाता छन् । करीब २७ हजार रैथाने समुदायको मत छ र बाँकी पहाडी जिल्लाबाट बसाइ सरेर आएका छन् । यी मतदाता नै निर्णायक हुन् तर उम्मेदवारका एजेण्डा, पृष्ठभूमि र कसले कुन समुदायबाट उम्मेदवार उठाएको भन्ने कुराले पनि फरक पार्छ । जे होस् यसपालिको निर्वाचन हेर्नलायक छ ।’
हाल उम्मेदवारको ध्यान रैथाने समुदाय र चलायमान मतदातामा केन्द्रित छ । ती मत दलीय संगठनबाट भन्दा पनि उम्मेदवारको भूमिकाबाट अभिप्रेरित र प्रभावित हुने र एकैठाउँमा जान सक्ने आकलन गरिन्छ ।
थरुहट नेता लक्ष्मण थारुको विश्लेषण छ, ‘यहाँको मजदुर, किसान, रैथानेको मत नै चलायमान मत हो । यो मत नै निर्णायक हो । हामीले यसपालिको नतिजा स्पष्ट देखिरहेका छौं, यद्यपि नतिजा पर्खनैपर्छ ।’
यसपालिको निर्वाचनमा सत्तारुढ गठबन्धनले पनि भूमिका खेल्ने भएको छ । गठबन्धनले मेयरमा कांग्रेसका वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई उठाए पनि वडामा तालमेल नभएको प्रभाव मेयर र उपमेयरका उम्मेदवारलाई पर्ने आकलन हुँदैछ ।
गठबन्धन भित्रका दल वडा तहमा एकल प्रतिस्पर्धामा छन् । मेयर र उपमेयरको संयुक्त चुनावी कार्यक्रममा एकीकृत समाजवादीका नेताहरू देखिएका छैनन् । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले कविन्द्र ऐरलाई मेयरको उम्मेदवार बनाएको छ ।
मेयरका उम्मेदवार वड भने आफ्नो प्रतिस्पर्धी नै कोही नभएको दाबी गर्छन् । गठबन्धन हुनु र धनगढीमा कांग्रेसको आफ्नो संगठन पनि विगतभन्दा सुधार हुनुले सहज जीत हुने उनको आकलन छ ।
५ वर्षको अवधिमा मेयरको रूपमा आफूले गरेका काम पनि जित्ने आधार रहेको उनको भनाइ छ ।
यद्यपि स्वतन्त्र उम्मेदवार हमाल र नेकपा एमालेका उम्मेदवार चन्दले ५ वर्षसम्म धनगढीले विकासको मुहार फेर्न नसकेको, बरु भ्रष्टाचार बढेकाले अब विकल्प खोज्नुपर्ने विषयलाई आफ्नो मुख्य प्रचार एजेन्डा बनाएका छन् ।
मेयरमा स्वतन्त्रबाटै मदनकृष्ण भट्ट र उद्धवराज पन्तले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा र नागरिक उन्मुक्ति पार्टीबाट मीनकुमार चौधरी पनि उम्मेदवार बनेका छन् ।
उपमेयरमा ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेबाट कन्दकुमारी राना मुख्य प्रतिस्पर्धी छन् । कांग्रेस कैलालीका पूर्व कोषाध्यक्ष प्रभाकर भण्डारीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सबै उम्मेदवार आ–आफ्ना प्रतिबद्धतापत्र तथा एजेण्डा लिई मतदातामाझ पुगेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...