×

NIC ASIA

बहुसांस्कृतिक उत्सव ‘नमस्ते ईद २०२२’ भव्यताका साथ सम्पन्न

बैशाख २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा यस शनिवार एउटा भिन्नै प्रकारको रौनक थियो। उक्त रौनक थियो - ‘नमस्ते ईद २०२२’ को।

Muktinath Bank

ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना गरिँदै आएको उत्सवको यो चौथो संस्करण थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नमस्ते ईद' नेपालमा मनाइने एक मात्र र सबैभन्दा ठूलो बहुसांस्कृतिक उत्सव हो जसले रमजान उपवास महिनाको अन्त्य भएको र ईद–उल–फित्र उत्सवको जनाउ दिन्छ । ईद मूलतः एक महिनाको व्रत पूरा गरेपछि मनाइने पर्व हो । 'नमस्ते ईद’ को मूल उद्देश्य बहुसांस्कृतिक कार्यक्रमको रुपमा ईद मनाउने नेपालीहरूको सकारात्मक मनोबल दर्शाउनु हो । कार्यक्रमले सांस्कृतिक सुन्दरता, विविधता र एकता झल्काएको थियो।


Advertisment
Nabil box
Kumari

Vianet communication

उत्सवको मुख्य आकर्षणको रुपमा नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन शो’ रहेको थियो ।

साथै, नेपालस्थित अमेरिकी दूतावासकी सांस्कृतिक मामिला अधिकृत साराह जास्मिन नाइट, अभिनेत्री ऋचा शर्मा र मिस नेपाल २०१० तथा मिडिया पर्सनालिटी सदिक्षा श्रेष्ठ जस्ता चर्चित व्यक्तित्वहरू मोडलहरूसँगै र्‍याम्पमा देखिएका थिए । उत्सवमा 'प्रोजेक्ट सारंगी' का संस्थापक किरण नेपालको विशेष सांगीतिक प्रस्तुति पनि रहेको थियो ।

कार्यक्रममा हलाल आउटलेट, हेन्ना आटिस्टदेखि पर्फ्युम र पहिरन लगायतका स्टलहरू थिए । कार्यक्रममा किड्स जोन, खेलकुद, सुफी तथा कवाली र नृत्य प्रस्तुतिहरू समेत रहेका थिए ।

काठमाडौं उपत्यकाका मेयर उम्मेदवारद्वय बालेन शाह र केशव स्थापित समेत यस उत्सवमा सहभागी थिए  । साथै, मिथिलेश झा, युवराज शर्मा, रोनाली अमात्य, सञ्जय गुप्ता, दीपाञ्जली लामा शाह लगायतका समाजमा विभिन्न पेशा र क्षेत्रबाट योगदान पुर्याएका चर्चित व्यक्तित्वहरू पनि उत्सवमा सहभागी थिए ।

सफलतापूर्वक उत्सव सम्पन्न भएपछि कार्यक्रमकी संस्थापक तथा निर्देशक फैजा परवीन भन्छन्, “सबै पृष्ठभूमिका मानिसहरूलाई सहभागी गराउने उद्देश्यले खुला बहुसांस्कृतिक कार्यक्रमका रुपमा सन् २०१७ देखि हामीले नमस्ते ईद आयोजना गर्न थालेका हौँ । यसको उद्देश्य अन्तरविश्वास, समझदारी, मित्रता र बहुसांस्कृतिक प्रवर्द्धन गर्ने पनि रहेको छ । नेपालका विभिन्न समुदायबीच विविधतामा एकता र मेलमिलाप झल्काउनु र सांस्कृतिक उत्सवको माध्यमबाट स्थानीय समुदायलाई मजबुत र एकतावद्ध बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x