भदौ ९, २०८०
दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...
रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह गराइदिएका हुन् ।
लक्ष्मीधरले ६ वर्ष अघि जेठो छोरा ध्रुव गौतम र धना न्यौपानेको धुमधानका साथ विवाह गराएका थिए ।
२७ वर्षीय धुव्रको तीन वर्ष अघि करेन्ट लागेर मृत्यु भएपछि लक्ष्मीधरले परिवारको सहमतिमा बुहारीको अर्को विवाह गराएका हुन् ।बुहारी धनाको भविष्यका लागि सैनामैना रामापुर कलौनीका अमृत पौडेलसँग कन्यादान दिएर अन्माएका हुन् ।
धना र अमृतको विवाह शुक्रवार सामाजिक परम्पराअनुसार बुटवलस्थित एक पार्टी प्यालसेबाट गरिएको हो ।
धनाको वैवाहिक समारोह सकेपछि ५४ वर्षका लक्ष्मीधरले लोकान्तरसँग भने, ‘बुहारी बनाएर धनालाई भित्राएँ, छोरी बनाएर अन्माएँ, उसको (धना)को जीवनलाई सुखी र खुसी देख्नको लागि बुहारीकै इच्छाअनुसार विवाह गरिदिएँ।’
नेपाली समाजले परम्परागत र रूढिवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा यो विवाहलाई यस क्षेत्रमा धेरैले लिएका छन् ।
लक्ष्मीधर इजरायलमा रोजगारीको लागि मजदुरी गर्थे । जेठो छोरा ध्रुवले सैनामैनामा इलेक्ट्रिक पसल सञ्चालन गर्थे । विक्रम सम्बत २०७४ मा झापाको विर्तामोडकी धनासँग उनको प्रेम विवाह भएको थियो ।
२०७७ फागुनमा छिमेकीको घरमा पङ्खा बिग्रिएपछि उनलाई बनाउनको लागि बलाइयो ।
ध्रुव पङ्खा बनाउन त्यतातिर गए । पंखा बनाउने क्रममा अकस्मात् विद्युत सट भएर ध्रुवलाई करेन्ट लाग्यो । उनी त्यहीँ ढले । उपचारको लागि बुटवलस्थिल लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा उनको बाटोमै बाटोमै निधन भएको थियो ।
परिवारमा ठूलो वज्रपात आइ लाग्यो । विवाह भएको तीन वर्ष भए पनि ध्रुव र धनाबाट बालबच्चा जन्मिएका थिएनन् । २७ वर्षको कलिलो उमेरमा धनाको सिउँदो पुछियो । परिवारले त्यो दुखद पीडालाई बिर्सनुपर्ने बाध्यता नै थियो ।
दुर्घटनामा छोरो गुमेपछि परिवारले धनालाई झन् धेरै माया गरे । अर्कातिर लाऊँलाऊँ खाऊँखाऊँ भन्ने उमेरमा बुहारी धना विधवा बनेको देखिरहनुपर्दा परिवारमा पीडा त थियो । ‘जोसँग जीवन बिताउँछु भनेर प्रेमलाई विवाहमा परिणत गएर जोडी बनेर उहीँ नै रहेन’, गौतम भन्छन्, ‘बालबच्चा पनि भएका थिएनन् । बुहारी धनाको इच्छा र चाहनाअनुसार उनको भविष्यलाई हेरेर विवाह गरिदिएँ ।’
अमृत साउदी अरेबियाको एक कम्पनीमा कार्यरत रहेका गौतम परिवारले जनाएको छ ।
विवाहको लागि उनी केही समय अघि मात्रै घर आएका हुन् । उनी पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर बसेका बताइएको छ । धनाको विवाहमा माइतीलाई झापामा खबर गरे पनि उनीहरू भने सहभागी बनेका थिएनन् ।
'तिम्रो माइती घर पनि यही हो । घर पनि यही हो । मेरा छोरी छैनन् । तिमीलाई मैले सधैं छोरी सम्झिने छु । चाडपर्वमा यही घरलाई माइती सम्झिएर आउनू', धनालाई अन्माउँदै लक्ष्मीधरले भने ।
उनले हाम्रो घरको ढोका तिमीलाई सधैं खुला रहनेछ भन्दै गर्दा धेरैका आँखा रसाएका थिए । लक्ष्मीधरका अन्य दुई छोराहरू छन् । उनीहरू दुवै जनाको विवाह हुन बाँकी छ ।
धनाले सैनामैना क्षेत्रमा केवल नेटवर्कमा काम गर्दै आएकी छिन्। अमृतसँग उनको केही समय अघिदेखि चिनजान भएको थियो ।
अमृत र धनाको दुवैको खुसीको लागि यो विवाह जुरेको हो ।
दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...
केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...
बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो । चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...
चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...
मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...