×

NMB BANK
NIC ASIA

मेचीनगरको स्थानीय चुनाव

शर्मा–सिटौला टसलले पार्टीको गढमै कांग्रेस 'धरमर', एमालेलाई बागीको डर !

बैशाख २७, २०७९

NTC
Premier Steels

नेपालकै सबैभन्दा सुदूरपूर्वी नगरपालिका मेचीनगरमा सदाबहार प्रतिस्पर्धी कांग्रेस र एमाले स्थानीय तहको चुनावमा एकले अर्कालाई पराजित गर्ने अन्तिम कसरतमा छन् । तर दुवै दलभित्र बाहुनडाँगीमा जंगली हात्तीले सिर्जना गर्नेभन्दा बढी त्रास छ । 

Muktinath Bank

मेचीनगर नगरपालिकाको वडा नम्बर २ र ४ मा पर्ने बाहुनडाँगी हरेक रात तर्सिने गरेको छ । भुटानदेखि भारत हुँदै कोशीटप्पु आउने हात्तीको आतंक त्यस क्षेत्रमा लामो समयदेखि छ । जंगली हात्तीले बाली नष्ट गरिदिन्छ । घर भत्काइदिन्छ । हात्ती आतंक नियन्त्रणको आश्वासन दिएर कैयौंले चुनाव जिते पनि स्थानीयको त्रास ज्यूँकात्यूँ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहको चुनावमा फेरि हात्ती आतंक राजनीतिक चर्चाको विषय बनेको छ । केही वर्षअघिबाट हात्ती प्रवेश रोक्नका लागि विद्युतीय फेन्सिङ त बनेको छ तर त्यसले पूर्ण रूपमा काम गरेको छैन ।


Advertisment
Nabil box
Kumari

नेपाल र भारतको पूर्वी सीमा छुट्ट्याउने मेची नदीको किनारमा रहेको मेचीनगर नगरपालिका दुई देशको खुला सीमाका कारण सिर्जित समस्यासँग पनि जुध्न बाध्य छ । मेची नदीमा हुने स्रोतको दोहन अर्को समस्या हो । यी सबै अहिले स्थानीय चुनावका राजनीतिक मुद्दा बनेका छन् । स्थानीय चासो र सरोकारका विषयमा भुँइ तह (स्थानीय तह)मा गरामगरम बहस चलिरहेको छ । नगरपालिकाको नेतृत्वमा पुग्न दलहरूले अनेक रणनीति लगाइरहेका छन् । 

Vianet communication

वैशाख ३० मा हुने चुनावका लागि एमालेसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । कांग्रेसका तर्फबाट इन्द्र बुढाथोकी मेयरको उम्मेदवार बनेका छन् भने माओवादी केन्द्रका प्रकाश भण्डारी उपमेयरको उम्मेदवार छन् ।

इन्द्रबहादुर बुढाथोकी

 

नेकपा एमालेले गोपाल बुढाथोकीलाई मेयरको उम्मेदवार बनाएको छ । उनी प्रदेश–१ को प्रदेश सभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा आएका हुन् । निवर्तमान उमपेयर मीना उप्रेती नै फेरि पनि सोही पदका लागि चुनावमा होमिएकी छन् । 

गोपाल बुढाथोकी

एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले भने उममेयरमा मात्रै उम्मेदवारी दिएको छ ।

त्यसबाहेक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेयरमा रमेश दाहाल र उपमेयरमा सविना बजगार्इंलाई उम्मेदवार बनाएको छ । 

२०७४ सालमा मेचीनगरको मेयरमा कांग्रेसले बाजी मारेको थियो भने उपमेयरमा एमालेले जीत निकालेको थियो । त्यसबेला कांग्रेसका विमल आचार्य मेयरमा निर्वाचित भएका थिए ।

राजवंशी र मेचे समुदायको बाहुल्य रहेको उक्त नगरपालिकामा ९० हजार २०२ मतदाता छन् । 

सिटौला र शर्माको लडाइँ 

मेचीनगर नगरपालिका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र हो । तर यहाँ कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको पनि उत्तिकै प्रभाव छ । दुई केन्द्रीय नेताको लडाइँ भुइँ तहको चुनावमा पनि मुखरित भएको छ । 

उम्मेदवारको टिकट दिनेबेलामै मेचीको किनारदेखि काठमाडौंको बालुवाटारसम्म हंगामा भएको थियो । 

सिटौलानिकट केशवराज पाण्डे मेयरको टिकटका आकांक्षी थिए । उनलाई साथ दिएका थिए प्रदेश–१ का सभापति उद्धव थापाले । उनी १४ औं महाधिवेशनमा सिटौला खेमाबाट प्रदेश सभापति निर्वाचित भएका हुन् । तर महामन्त्री शर्मा भने कुनै पनि हालतमा सिटौला पक्षलाई टिकट नदिने अड्डी लिँदै थिए ।

नगरकमिटीले उम्मेदवारको नाम सिफारिस गर्‍यो । शर्माले भने प्रदेश सभापति थापालाई काठमाडौं बोलाएर मेचीनगरको उम्मेदवार केन्द्रले तोक्ने भएकाले प्रदेशमा निर्णय नगर्न भनिदिए । तर थापाले शर्माको निर्देशनविपरीत प्रदेश कमिटीबाट केशवराज पाण्डेलाई उम्मेदवार बनाएको भन्दै वैशाख ११ को साँझमा टिकट पठाइदिए ।

महामन्त्री शर्माका लागि यो सह्य थिएन । उनले ११ गते राति नै सभापति देउवासँग परामर्श गरेर प्रदेशको निर्णय उल्ट्याइदिए र केन्द्रबाट निर्णय गरेर इन्द्र बुढाथोकीको नाममा टिकट पठाइदिए । टिकटको यो घमासान स्पर्धा नजिकबाट भोगेका शर्मा निकटका एक स्थानीय नेताले लोकान्तरलाई दिएको जानकारी अनुसार, महामन्त्री शर्माले टिकट मात्रै पठाएनन् निर्वाचन आयोगका केन्द्रीय अधिकारीलाई मेचीनगरका मुख्य निर्वाचन अधिकृतलाई फोन गर्न लगाएर इन्द्र बुढाथोकीको उम्मेदवार दर्ता गराउन निर्देश नै गराए ।

‘दुवै जनासँग टिकट भएपछि जसको पनि उम्मेदवारी दर्ता हुनसक्थ्यो । निर्वाचन आयोगलाई त पत्र न चाहिन्थ्यो । तर केन्द्रबाटै फोन गर्न लगाएर उम्मेदवारी दर्ता गराइयो’, ती नेताले लोकान्तरसँग भने ।

उम्मेदवारी दर्ताको क्रममै पाण्डे र बुढाथोकीबीच झडपको अवस्था बनेको थियो । बुढाथोकीले टिकट पाएका कारण पाण्डे अर्थात् सिटौला पक्ष असन्तुष्ट छ । भलै, प्रदेश सभापति थापाले मेचीनगर पुगेर विवाद मिलाउने प्रयास गरे । त्यसपछि पाण्डे चुनावी प्रचारमा त देखिएका छन् तर यी दुई पक्षले एकअर्कालाई लगाएको घाउमा अझै खाटा बसिसकेको छैन ।

सिटौला पक्षले चुनावमा नसघाएको अवस्थामा कांग्रेसलाई जीत निकाल्न कठिन छ । अर्कोतर्फ, माओवादी केन्द्रले उपमेयरमा प्रकाश भण्डारीलाई उठाएको छ । कांग्रेस र माओवादीले एकअर्काको भोटमा सघाउलान् भन्ने विषयमा कांग्रेसी कार्यकर्ता भने शंका व्यक्त गर्छन् ।

मेयरका उम्मेदवार बुढाथोकी एमालेले संघीय सरकार चलाएदेखि नै उससँग जनता रुष्ट भएकाले स्थानीय तहको चुनावमा आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्छन् । 

‘एमालेसँग जनता रुष्ट छन् । चुनावी प्रचारको क्रममा देखिएको जनताको उपस्थिति र सहभागिता हेर्दा हाम्रो जीत सुनिश्चित देखिन्छ’, बुढाथोकीले भने । 

पार्टीभित्रको अन्तर्विरोध पनि मिलेको उनले दाबी गरे । ‘अहिले चुनावमा एमालेसँगको लडाइँ हो । टिकट वितरणको बेला हामीभित्र लडाइँ थियो । उम्मेदवारी दर्ताकै दिनबाट त्यो लडाइँ सकियो । अब सबैको एउटै लक्ष्य चुनाव जित्ने हो । टिकट नपाउँदा चोट पुगेको हुनसक्छ । तर त्यो अहिले सम्झिने बेला होइन’, बुढाथोकीले भने ।

एमालेले उम्मेदवार बनाउन योग्य मान्छे नपाएको कारण प्रदेशसभा सांसदलाई फिर्ता ल्याएकाले पनि एमाले बलियो नरहेको पुष्टि भइसकेको बुढाथोकीको दाबी छ । ‘उहाँलाई पाँच वर्षका लागि सांसद बनाएर पठाएको हो । केन्द्रको सरकार पनि मन लागेको बेला ढाल्ने, जनताको मत पनि सांसदले उपेक्षा गर्ने कुरा मतदाताले मन पराएका छैनन् । कांग्रेससँग प्रतिस्पर्धा गर्ने उम्मेदवार एमालेमा रहेनछन् भन्ने प्रमाण पनि हो यो’, बुढाथोकीले भने ।

एमालेलाई बागीको चिन्ता

एमालेले प्रदेश सांसद गोपाल बुढाथोकीलाई सांसद पदबाट राजीनामा गराएर मेचीनगर नगरपालिकाको मेयरको चुनावी मैदानमा उतारेको छ । तर उनका लागि चुनावी जीत निकाल्नु फलामको च्युरा चपाउनुजत्तिकै बनिरहेको छ ।

अघिल्लो चुनावमा एमालेले मेयरको उम्मेदवार बनाएका विष्णु प्रसाइँ पराजित भएका थिए । तर उनलाई केपी ओलीले वाग्मती प्रदेशको प्रमुख नियुक्त गरिदिएका थिए ।  

एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । यो नै बुढाथोकीका लागि मुख्य चुनौती हो । अर्कोतर्फ, एमाले टुक्रिएर नयाँ पार्टी बनेको छ । त्यतिमात्रै होइन, मेयरको आकांक्षी रहेका डिल्लीराम घिमिरेले टिकट नपाउने भएपछि रुँदै एमाले छाडेका थिए । त्यो राष्ट्रिय चर्चाको विषय समेत बनेको थियो । उनै घिमिरेले मेचीनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । घिमिरेले पनि एमालेकै मत काट्ने निश्चित छ । एमालेका मेयर र उपमेयर उम्मेदवार दुवैलाई अप्ठ्यारोमा पार्न सक्ने क्षमता घिमिरेसँग रहेको चर्चा मेचीनगरमा चल्ने गरेको छ । 

काँकडभिट्टा गाविस हुँदा अध्यक्ष निर्वाचित भएका घिमिरे एमालेका जिल्ला कमिटी सदस्य थिए । मेचीनगरमा उनको राम्रो सामाजिक प्रभाव पनि छ । 

काकडभिट्टाका एक स्थानीयले भने, ‘यहाँ कुनै विवाद मिलाउनुपर्‍यो भने डिल्लीराम घिमिरे नै अघि लाग्नुपर्छ । मान्छे जुटाउनुपर्‍यो भने उनी अघि बढ्दा झरप्प मान्छे जम्मा हुन्छन् । तर चुनावमा उनलाई कतिले भोट हाल्छन् त्यो त वैशाख ३० मा नै थाहा हुन्छ ।’

एमालेबाट मेयरको टिकट नपाएपछि घिमिरे माओवादी केन्द्रबाट उममेयरको उम्मेदवार बन्न खोजेका थिए । चुनावी गठबन्धन बन्ने र जित्ने अवस्था देखेपछि माओवादी केन्द्रका प्रकाश भण्डारी आफैं उपमेयरको उम्मेदवार बने । घिमिरे त्यहाँ पनि पन्छाइए । त्यसपछि मात्रै उनले स्वतन्त्र उम्मेदवारीको बाटो रोजेका हुन् । घिमिरे आफूले नजिते पनि एमालेलाई चुनावमा हराउन भने बलियो शक्ति बनेका छन् । 

अर्कोतर्फ, एमालेले उपमेयरमा दोहोर्‍याएको मीना उप्रेतीको छवि उनको विगतको कार्यकालमा बिग्रिएको छ । एमालेका करीब २५ प्रतिशत मतदाताले उनलाई मत नदिने मेचीनगरका स्थानीयको विश्लेषण छ ।

काकडभिट्टामा होटल सञ्चालन गरिरहेका एक एमालेनिकट मतदाता भन्छन्, ‘अघिल्लो चुनावको बेला उनको हाईहाई थियो । तर पाँच वर्षमा छवि खस्कियो । उनको व्यक्तिगत स्वभावका कारण पार्टीकै कार्यकर्ताले उनलाई मत दिँदैनन् ।’

त्यसमाथि, उनी केन्द्रीय प्रभावमा उम्मेदवार बनेको आरोप पार्टीभित्र छ । एमाले अध्यक्ष केपी ओलीनिकट भएकै कारण उप्रेतीले टिकट पाएको स्थानीय बताउँछन् । उप्रेतीले यसैपटक मेयरको टिकट दाबी गरेको भए पनि अर्कोपटकको लागि केन्द्रबाट आश्वासन पाएको स्थानीय चर्चा छ । उपमेयर फ्याक्टर पनि एमालेको चुनावी विजयमा चुनौतीको रूपमा मेचीनगरमा देखिएको छ ।

तर मेयरका उम्मेदवार गोपाल बुढाथोकी भने जनताको मत आफ्नो पक्षमा अभिमतको रूपमा प्रकट हुने अवस्था मेचीनगरमा बनिरहेको दाबी गर्छन् । एमालेविरुद्धको गठबन्धनले एमालेको चुनावी जीत रोक्न नसक्ने उनी बताउँछन् । 

‘गठबन्धन एकातिर छ । तर हामी विजयोन्मुख छौं । जनताले उत्साहप्रद रूपमा हामीलाई रेस्पोन्स गरेको पाएका छौं’, बुढाथोकीले भने । 

आफू मेयरमा निर्वाचित भएमा जनतालाई सुसूचित गराउने, सेवाप्रवाहमा सुशासन र चुस्तता स्थापित गर्ने र योजनालाई अल्प, मध्य र दीर्घकालीन रूपमा छुट्ट्याएर कार्यान्वयन गर्ने बुढाथोकीले बताए । 

सीमापारिको मत निर्णायक 

मेचीनगर नगरपालिकाको निर्वाचनमा एक रोचक पक्ष छ । त्यहाँको जीतहारको निर्णायक मत नेपालभन्दा बाहिरबाट आउँछ । स्थायी रूपमा भारतमा बसोबास गर्ने नेपालीहरू मतदानमा सहभागी हुन नेपाल आउँछन् । 

मेचीनगर नगरपालिकामा मात्रै त्यस्तो मत करीब एक हजारको हाराहारीमा रहेको स्थानीय बताउँछन् ।

‘उनीहरू नेपाली हुन् तर स्थायी रूपमा भारतमा बस्छन् । तर उनीहरूसँग नेपालको परिचयपत्र छ । मतदानको क्रममा पार्टीहरूले उनीहरूलाई नेपाल ल्याउँछन्’, नाम उल्लेख नगर्ने शर्तमा काकडभिट्टाका एक स्थानीयले भने, ‘जुन पार्टीले उनीहरूमाथि खर्च गर्न सक्यो, उसैले उनीहरूको मत पाउने हो । नेपालमा जसले चुनाव जिते पनि उनीहरूका लागि कुनै अर्थ हुँदैन । जसले पैसा दिन्छ, उसैलाई मत दिएर जान्छन् ।’ 

उनीहरूलाई मतदानमा सहभागी गराउनका लागि सबै पार्टीले उत्तिकै पहल गर्ने गरेको ती स्थानीयले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x