×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

मध्याह्न नहुँदै दर्जन बढी ठाउँमा झडप र हवाई फायर, केहीमा अवरुद्ध, अधिकांशमा सुचारु

बैशाख ३०, २०७९

NTC
Premier Steels

स्थानीय निर्वाचनका क्रममा उत्पन्न विवादका कारण ठाउँठाउँमा झडप हुँदा मतदान प्रभावित भएको छ ।

Muktinath Bank

निर्वाचनको दिन मध्याह्न नहुँदै दोलखा, ओखलढुंगा, सर्लाही, रौतहटलगायतका ठाउँमा झडप हुँदा प्रहरीले हवाई फायर नै गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार दोलखाको बैतेश्वर, सर्लाहीको धनकौल र हुम्लाको चंखेरीमा मतदान नै अवरुद्ध भएको छ ।


Advertisment
Nabil box
Kumari

अन्य कतिपय स्थानमा केहीबेर प्रभावित भएको मतदान पुन: सुचारु भएको छ ।

Vianet communication

देशभरका मुख्य तनावका घटनालाई नियालौं :

दोलखाको बैतेश्वर मतदानस्थल र मेलुङ गाउँपालिकाको ४ नम्बर मतदान स्थलमा झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी गंगाप्रसाद पौडेलका अनुसार मतदान स्थलमा ढुंगा प्रहार गर्दा १ जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रहरीले बैतेश्वरमा ११ राउण्ड र  मैलुङमा दुई राउण्ड हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिएको डीएसपी पौडेलले लोकान्तरलाई बताए ।

अहिले दुवै ठाउँको मतदान स्थगित भएको छ ।

***

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ स्थित मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ । 

बिहान मतदान स्थलमा लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले हवाई फायर खोल्नु परेको ओखलढुङ्गाका प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिए । 

मतदान स्थलमा ३ जना प्रहरी र ५ जना म्यादी प्रहरी सुरक्षामा खटिएका थिए ।

अहिले त्यहाँको अवस्थामा सामान्य भइसकेको र सर्वदलीय बैठक बसेपछि मतदान शुरू भएको प्रहरीले जनाएको छ ।

***

रौतहटको गढीमाई नगरपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । 

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार मतदानस्थल भन्दा बाहिर दुई पक्षबीच झडप भएको हो । 

'मतदान स्थलभन्दा बाहिर अलिअलि झडप भएको छ,' उनले लोकान्तरसँग भने, 'तर मतदान स्थलभित्र भने कुनै अवरोध भएको छैन, मतदान सुचारु नै छ ।'

***

रामेछापमा दुई पक्षबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ । 

रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मतदान केन्द्र र खाँडादेवी गाउँपालिको वडा नम्बर १ मा झडप हुँदा ९ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।

प्रहरीले खाँणादेवीमा ७ राउण्ड गोली चलाएको छ भने सैलुङमा २ राउण्ड हवाई फायर गरेको छ ।

***

सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । 

उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा झडपको स्थिति उत्पन्न भएपछि हवाई फायर गरिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार मतदान स्थलमा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडपको स्थिति उत्पन्न भएको थियो । 

'दुई पक्षबीच ढुंगा हानाहान भएर मतदानस्थल असुरक्षित हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो,' प्रमुख जिल्ला अधिकारी गौतमले लोकान्तरसँग भने, 'स्थिति नियन्त्रणमा आएको छ । मतदान पनि सुचारु गर्न पहल भइरहेको छ ।'

***

वृद्ध आफन्तको भोट कसले हालिदिने भन्ने विषयमा विवाद हुँदा काभ्रेको चौँरी देउराली गाउँपालिकामा तनाव सिर्जना भएको छ । 

जिल्ला प्रहरी कार्यालयका काभ्रे एसपी चक्रराज जोशीका अनुसार एक जना वृद्धका आफन्तले कसले भोट हालिदिने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो ।

झडपपछि मतपेटिका बाहिर निकालेर फालिएका छन् । उनका अनुसार अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x