फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको प्रभाव बढेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने ५० जना शङ्कास्पद बिरामी छन् । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार मङ्कीपक्स भाइरसको पहिलो बिरामी अफ्रिकी मुलुक नाइजेरियाबाट आएका थिए । विश्व स्वास्थ्य सङ्गठनले हालसम्म मङ्कीपक्स भाइरस ११ राष्ट्रमा फैलिइसकेको जानकारी दिएको छ ।
हाल देखापरेको भाइरसलाई सामान्य रूपमा लिन नहुने भन्दै सङ्गठनले उक्त भाइरस गैरस्थानीय देशमा देखिएकाले असामान्य रहेको बताएको छ । सङ्गठनले भाइरस प्रभावित देश तथा अन्य निकायसँग बैठक बसेर भाइरस कम गर्न काम गरिरहेको जनाएको छ । प्रभावित हुन सक्ने मानिसलाई खोज्न र रोग व्यवस्थापन गर्न सङ्गठनले सहयोग गरिरहेको छ । भाइरस नियन्त्रणका लागि सङ्गठनले विज्ञ र प्राविधिक सल्लाहकार समूहहरूको बैठक जारी राख्ने जनाएको छ ।
सरुवा रोग विशेषज्ञ तथा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनले एसियामा सन् २०१९ मा सिङ्गापुरमा नाइजेरियाबाट आएका व्यक्तिलाई मङ्कीपक्स भाइरस देखिएको जानकारी दिए ।
मङ्कीपक्स भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो । यही कारणले यो भाइरसको नाम मङ्कीपक्स राखिएको थियो । मानिसमा भने सन् १९७० मा कङ्गोमा पुष्टि भएको थियो । डा. पुनका अनुसार अफ्रिकाभन्दा बाहिर व्यक्ति तथा जनावरबाट पुगेको हो ।
डा. पुनका अनुसार मङ्कीपक्स भाइरस सङ्क्रमण भएको पाँचदेखि २१ दिनभित्र लक्षण देखिन्छ । सुरुको अवस्थामा लक्षण अरू सङ्क्रामक रोगसँग मिल्दोजुल्दो देखिने भन्दै उनले ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, जाडो हुने, लिम्फ ग्रन्थी सुन्निनेजस्ता प्रारम्भिक लक्षण देखापर्ने बताए ।
प्रारम्भिक लक्षण देखिएको एकदेखि तीन दिनमा अनुहार तथा शरीरमा पानीका फोकाजस्ता बिबिरा देखिने, फुट्ने, सुक्ने र झर्ने गर्छन् । बिबिरा अनुहार तथा हातखुट्टामा बढी देखिने र दुईदेखि चार हप्तामा आफैँ निको हुने गर्छ । वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले मङ्कीपक्स भाइरस नेपालमा पनि आउन सक्ने भन्दै सतर्कता अपनाउनुपर्ने बताए ।
उनले १० सङ्क्रमितमध्ये एकको जटिलताका कारणले मृत्यु हुने सम्भावना रहेको बताउँदै मङ्कीपक्स भाइरसले निमोनिया, अन्धोपनजस्ता जटिलता ल्याउन सक्ने बताए । मङ्कीपक्स भाइरस मानिसमा सङ्क्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ वा रगतबाट सर्न सक्ने हुँदा त्यसबाट बच्न उनले आग्रह गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अफ्रिकी मुलुक, युरोप तथा अमेरिका र बेलायतमा समेत मङ्कीपक्स फैलिएको जानकारी दिँदै नेपालमा सतर्कता अपनाउनुपर्ने बताए । उनले मङ्कीपक्स भाइरस नेपालमा भित्रन नदिन हालसम्म खास तयारी भने नभएको बताए । डा. पुनका अनुसार मङ्कीपक्सको विशेष औषधि छैन तर एन्टिभाइरल भ्याक्सिन प्रयोग गर्न सकिन्छ । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...