कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
भारत सरकारले गहुँको निकासीमा प्रतिबन्ध लगाए पनि नेपालमा भने तत्काल अभाव नहुने सम्बद्ध निकायले जनाएका छन् ।
अहिले गहुँको सिजन भएको र उद्योगसँग मौज्दात रहेकाले तत्कालका गहुँको अभाव नहुने भएको हो तर लामो समयसम्म आयात रोकियो भने गहुँ कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योगलाई समस्या पर्ने र गहुँ र त्यसबाट बनेका खाद्यवस्तुको मूल्य वृद्धि हुनसक्ने अनुमान गरिएको छ ।
नेपालगञ्जको विकास फ्लोर मिलका सञ्चालक विकास दुगडले आयात रोकियो भने तीन/चार महिनापछि गहुँको अभाव हुने बताए ।
उनले भने, “अहिले गहुँको सिजन भएको र मिलसँग निश्चित परिमाणमा मौज्दात रहेकाले तत्काल अभाव छैन, सरकारले तत्काल गहुँ आयात खुलाउन भारत सरकारसँग पहल गरे समस्या आउँदैन ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले गहुँको मौज्दात कति छ भनेर कृषि मन्त्रालयसँग माग गरिएको बताए ।
गहुँको अभाव भई सङ्कट आउन सक्ने अवस्था भए भारत सरकारसँग आयात प्रतिबन्ध खुलाउन पहल गरिने पनि उनले जानकारी दिए ।
बिस्कुट, चाउचाउ, पास्ता आयातित गहुँबाट बन्ने गर्छ । लामो समयसम्म गहुँ आयात रोकिएमा यी उद्योगमा समस्या आउने र गहुँबाट बन्ने केही खाद्यवस्तुमा मूल्य बढ्न सक्छ ।
मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले भने, “आन्तरिक उत्पादनले माग धान्न सक्दैन, गहुँ आयातमा प्रतिबन्ध लामो समयसम्म भए बजारमा अभाव देखिन सक्छ ।”
मुलुकभर ३२ वटा फ्लोर मिल (मैदा उद्योग) सञ्चालनमा छन् । व्यवसायीका अनुसार प्रत्येक मैदा उद्योगलाई क्षमताअनुसार वार्षिक दस हजारदेखि २५ हजार मेट्रिक टन गहुँ आवश्यक पर्छ ।
नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा आयातमै निर्भर हुनुपरेको छ ।
व्यवसायीका अनुसार नेपालमा गत वर्ष प्रतिक्विन्टल तीन हजार १५ रुपियाँ रहेको गहुँको मूल्य रुस–युक्रेन युद्धका कारण यो वर्ष प्रतिक्विन्टल १५० रुपियाँले मूल्य वृद्धि भएर तीन हजार १६५ पुगेको छ । गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले खबर लेखेका छन् ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...