×

NMB BANK
NIC ASIA

संविधान संशोधनको गोलचक्करः रोग एउटा, उपचार अर्को ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

स्थानीय तहको दुइ चरणको निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक स्थिरता र आर्थिक विकासकोे आशा पलाउँदैछ । संंसारका सभ्य र सफल देश जस्तै नेपालले समेत नयाँ प्रगतिमा यात्रारम्भ गर्ने सम्भावना फराकिलो हुदैछ । नागरिकका सरोकारसँग नजिक रहेने स्थानीय तहको निर्वाचनले विकासलाई तिब्रतामा लैजान सक्छ ।

निर्वाचन भएका ६ वटै प्रदेशहरु नागरिकको सेवामा खटिसकेकाछन् । सबैले आफनो तह राम्रो बनाउने प्रतिस्र्पधा गर्नेछन् । देशले नै समृद्धि र सफलतातिर पाईला बढाउनेछ । छोडिएको प्रदेश नं २ मा समेत छिट्टै निर्वाचन हुने र अन्य क्षेत्रको जस्तै त्यहाँको राजनीति पनि सकरात्मक बन्ने आशा छ । तर केही मधेशवादी दलहरुका असहमतिले संकट बढाउँदैछ ।

मधेशलाई विभेध गरेको आरोपमा सिमांकन, भाषा, नागरिकता जस्ता विषयमाथि संविधान संशोधनकोे माग तेरस्याईएकोछ । संशोधन नभएसम्म चुनावमा भाग नलिने र चुनावै बिथोल्ने सम्मका दुवाई दिइदैछ । यद्यपि गहिरिएर हेर्दा माग गरिए जस्तो संविधान संशोधन समाधान नभएर अर्को सकस बन्ने देखिन्छ ।

सौदावाजीको जोखिम
सम्पुर्ण तराईमात्र मिलाएका प्रदेशकोे माग अभैm चर्चामा भए पनि पाहाडबाट तराई अलग गर्ने एजेन्डा स्थानीय तहको निर्वाचनमा भारी मतले अस्वीकृत भैसकेको छ । बाकीठाँउमा निर्वाचनसमेत भै सकेकाले सिमांकनको हेरफेर अब सहज र स्वभाविकसमेत रहदैन ।

बिरगंजमा बसेर झापा अनि कन्चनपुर समेतको प्रदेश माग्नुको औचित्य र आवस्यकतासमेत पुस्टी हुदैन । त्यसले भोलि अन्य भागमा विद्रोहको विस्फोटन हुन्छ । यो त सम्वन्धित क्षेत्रका नागरिकको स्वेच्छाको विषय हो । विवादित क्षेत्रमा बस्ने मधेशी मुलकै मानिसहरु समेत ७ प्रदेशको खाकामा बढि खुसी देखिन्छन् ।

बिरगंजमा नमिसिएका प्रदेश बन्दा त्यहाँ मधेश मुलका नागरिकहरु अल्पसंख्यकको स्थानमा हुन्छन् । राज्यबाट समावेशी समानुपातिक प्रतिनिधित्वको अवसर उपभोग गर्न पाउँछन् । नागरिकले नेताहरुको मागभन्दा राज्यबाट आफुहरुले पाउने तुलनात्मक लाभहानीको बढि मुल्याकंन गर्छन् । स्थानीय चुनावले समेत यसलाई प्रस्ट पारीसकेको छ ।
लेखक दाहाल


तराईमा समथल भुभागको मात्र प्रदेश निर्माण दीर्धकाललाई घातक बन्छ । सुरक्षा, विकास अनि अन्य आवस्कयताले समेत यो हितकारी हुदैन । समथलमात्र भुभागमा खासै श्रोतसाधन छैन । भुमण्डलीकरण र तापमान वृद्घिका प्रतिकुल असरले समस्त विश्वलाई नयाँ चुनौती दिदैछ ।

आतंकवाद जस्तै तापमान वृद्घि, उष्ण वातावरण, प्रदुषण तथा मौसम असन्तुलनता साझा समस्या बन्दैछन् । परिणाम, अबको बसाई/सराई चक्र विपरित वन्नेछ । शहरबाट गाँउ र तराईबाट पाहाड सर्ने क्रम शुरुहुन्छ । तराईको मात्र प्रदेशमा उक्त समय मधेशका नागरिक विकल्प विहिन बन्नेछन् । सिमानामा छिमेकी राष्ट्र भारतबाट ठूला/ठूला बाँध बाँधिएपछि तराईमा डुवानको समस्या आउँछ । नागरिक व्यवस्थापन झन कठिन बन्नेछ ।

संघीयताको मुख्य उदेश्य सेवाको विकेन्द्रीकरण हो । एउटै सरकारले सबै नागरिकलाई सेवा सुविधाको प्रभावकारी वितरण गर्न नसकेको भनिन्छ । तर ५२ प्रतिशत जनसंख्या बस्ने तराईमा १ वा २ अनि ४८ प्रतिशत नागरिक बस्ने पहाडमा ७, ८ राज्य किन मागियो ? काठमाडौचाहिँ टाडा भएका सेवाग्राहीलाई महाकालीबाट बिरगंज वा जनकपुर पुग्नु पनि उस्तै सकस बन्छ । यदि निरन्तर सिमांकन हेरफेर गर्ने भए अन्त्यहिन विवाद र बिग्रह शुरुहुन्छ । सिमांकनलाई चलाउनु भनेको अन्तयहिन कलहमा फस्नुमात्र हो ।

भाषाको विवादसमेत सतही कुरा हो । अहिलेका आम युवा नागरिकहरु अन्तराष्ट्रिय पहिचान कायम गर्न चाहन्छन् । देश/विदेश घुम्ने तथा अन्तराष्ट्रिय निकायहरुमा जागिर खाने सोच राख्छन् । अन्तराष्ट्रिय भाषाको प्रर्वधन र सिकाई उनीहरुको ईच्छा हुन्छ । तर भाषाको अधिकार भन्दै हामी पुराना भाषाहरुको प्रयोगको तर्क गर्छौँ । नेपालका मौलिक भाषाको संरक्षण र प्रबद्धन जरुरी छ, तर हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा भित्राउने कदमलाई उचित भन्न सकिदैन ।

देश भित्रकै पनि सबै भाषालाई सार्वजनिक तथा सरकारी अभ्यासमा ल्याउन सम्भव हुदैन । संम्वधित सबै नागरिकलाई आप्mनो भाषा प्रयोग र संरक्षण गर्न पाउने अधिकार सदैब छ र अरुले त्यस्को सम्मान गनुपर्छ । तर धेरै मानिसले जुन भाषामा संचार संवाहन गर्न सक्छन् सार्वजनिक प्रयोजनको लागि त्यो भाषा स्वीकार्नुको विकल्प हुदैन । नेपालीचाहिँ खसहरुको भाषा भयो भन्ने पुर्वाग्रहमा अव कसैले लिम्बु, कसैले राई, कसैले मैथिली, अनि कसैले तामागं भाषाको प्रयोग माग्ने भए त्यसले संचारमा सहजता हुन्छ कि असहजता ? आप्mना÷आप्mना मातृभाषामा गरिने अध्ययनबाट उत्पादित जनशक्तिलाई भोलि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारले स्वीकार्छ ? अनी हामी विश्वका अन्य मानिसहरुसँग प्रतिस्पर्धा गर्न सक्छौ त ? अहिले अन्तराष्ट्रिय बजारमा आप्mनो काँैशलता देखाउने सोच राख्ने पुस्ता उदाउँदै छ, खाँचो पनि यसैको छ । तर नेतृत्वचाहिँ परम्परागत भाषा सिकाउन जिकिर गर्छ । यसले विडम्वना निम्त्याउछ कि विरासत ?

बाझिएका सत्य र भ्रम
इतिहासको कुनै समय राज्यले मधेशलाई पछि पारेको थियो तर समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चिततापछि त्यो अवस्था छैन । देशको प्रथम राष्ट्रपतिदेखी सफल व्यपारी, उद्योगी, मन्त्री लगायत उच्च पदस्थ तथा सम्मानित मानिसहरुको उल्लेख्य संख्या मधेश मुलकै छ ।

यद्यपि मधेशमा नै केही आन्तरिक समस्या छन् । जमिनदारी, कमरा/कमारी, दहजको कुरीति छ । छोराको मोलमोलाई गर्ने र विवाहालाई विक्रीवितरण बनाउने समस्या छ । बुहारी जिउदै जलाउने र महिलामाथि आततायी हिंसा छ्, जातीय भेदभाव चरम छ । भुमिसुधार निती लागुगर्न दिईएको छैन । यसका कारण अधिकांश मधेशी नागरिक प्रताडित छन् । मधेशले यी समस्यामा आफु परिवर्तन हुनुपर्छ । अन्य समुदायलार्ई औँला सोभ्mयाउनुको केही अर्थ रहन्न ।

मधेशको आडमा हिन्दु राज्य तथा राजसंस्था पुर्नस्थापनाको माग आउन लागेको भनिन्छ । यसले मधेश कसैको लागि प्रयोग भएको त छैन भन्ने शंका जन्माउछ । अझ आदीवासी मधेशी नागरिकलाई पन्छाउदै अंगिकृतलाई सशक्तिकरण गर्नुपर्ने मागले आश्चर्यजनक शंका उत्पन्न हुन्छ । यसको मार मधेशकै मुल नागरिकलाई हुनेछ ।

आत्मसात गर्नुपर्ने सत्य
पछिल्लो समय अन्तराष्ट्रिय शक्तिहरुको प्रभावमा देश नराम्ररी फस्दैछ । भारत वुद्घमाथि आक्रमण गर्छ, युरोपका कतिपय देशहरु धर्मको व्यापर गर्दैछन् । अमेरिकीहरु जातको व्यानरलाई सार्मथ्यको आधार बनाएर नेपालीहरुलाई फुटाउँदैछन् ।

अनि संशोधनको वाहानामा जात, धर्म, भाषालाई लिएर लडाई गर्दा राजनीतिक धु्रविकरण बढेर संविधान निष्क्रिय बन्दै फेरि राजनीतिक संक्रमणकाल लम्विने हुन्छ । अन्य क्षेत्रमा निर्वाचन भएर एउटा रप्mतार बनीसक्यो, मधेश फेरी पछि पर्नसक्छ ।

नेपालमा अस्थिरतासँगै सदैब अन्योल देख्न चाहानेहरुलाई यी विषयहरु सुन्दर शान बन्नेछन् । संविधान कार्यन्वयन हैन, समाप्त हुनेछ । ९२ प्रतिशत सभासदले हस्ताक्षर गरेर लागुभएको संविधानलाई ६७ प्रतिशले संशोधन गर्दा त्यस्को स्वीकार्यता बढ्छ भन्ने सम्झनु पनि यथोचित हुदैन ।

अबको बाटो के ?
संविधानको परीक्षणपछि मात्र कस्तो संशोधन आवस्यक छ भन्ने ज्ञात हुन्छ । संशोधनको लफडाभन्दा सहृदयतासाथ कार्यन्वयन गर्दै सबैले सवल देश निर्माणमा सकारात्मक योगदान दिनुचाहिँ अहिलेको मुख्य आवस्यकता हो ।

नागरिकहरु मतदान गर्न तयार हुदाहुदै त्यस्को विरोध गर्नु सान्दर्भिक अनि सम्भव पनि हुदैैन । निर्वाचनको माध्यमबाट गलत र विकृतलाई बडार्दै ईमान्दारलाई स्थापित गर्नुपर्छ । साच्चै अन्य दलहरु मधेशका विरोधी हुन र उनीहरु मात्र त्यहाँका मसिहा भए वैधानिक चुनावबाटै अरुको पत्तासाफ गराउनुपर्छ ।

वैधानिक हिसाबले विजयी हुदा नै उनीहरुको आत्मसम्मानसमेत उचो हुन्छ अनि वहादुरी बैधानिक ठर्हछ । निर्वाचनको वहिस्कार केवल परीक्षा हलमा गएको विद्यार्थीले प्रश्न गाह्रो भएपछि परीक्षा लेख्दिन भन्नु जस्तै अशोभनीय हुन्छ । राजनीतिशास्त्री वेभर भन्छन् ‘राजनीतिक दलको एउटा परिचय नै चुनावमा भाग लिदै आप्mना कार्यक्रम लागुगर्न नागरिक अनुमोदन माग्नुसमेत हो । चुनावमै भाग नलिनेलाई राजनीतिक दल मान्नु आवस्यक हुदैन’ ।

आन्दोलनले जनताका समस्याको समाधान हुदैन, भष्ट्राचार रोकिदैन, नागरिकले सुख पाउँदैनन्, बाटो बन्दैन, गाँउको अर्थिक र सामाजिक प्रगति सम्भव हुदैन । बन्द, बिद्रोह र बहिस्कारका कुराबाट कसैको हित अनि हैसियत बन्दैन । निर्वाचनमा आम नागरिकको सदासायता र अपेक्षा रहदारहदै बन्द अनि बहिस्कार रोज्दा बंगलादेशमा बेगम खालिदा जियाको पार्टी जस्तै राजनीतिबाटै बर्हिगमन भईनसक्छ ।

त्यसैले अब उनीहरुले समेत नागरिकको जीवन स्त्तरोन्ति गर्ने, समाजको व्यापक पुर्ननिर्माण गर्ने अनि सबै जनतालाई सन्तुष्टि दिने कार्यक्रमहरु ल्याउनुपर्छ । मधेशको आम विकाश, व्यापक सामाजिक सुधार, गरिबी निवारण, भ्रस्टाचार निर्मुलिकरण, दमन र हिंसाको अन्त्य तथा बेरोजगारी व्यवस्थापन जस्ता अहंम मुद्दाहरुको पक्षमा ठोस कार्ययोजना बनाउनुपर्छ ।

ती कुरा कार्यन्वयन गर्न स्थानीय सरकारको जिम्मा दिनुस भनेर जनतालाई बुझाउनुपर्छ । स्थानीय तहमा अधिक राम्रो काम गरे भोली प्रदेश अनि राष्ट्रिय निर्वाचनमा समेत नागरिकले भारी मत दिनेछन् । भारतमा भएको मोदीमोह उनको गुजराँत मोडलबाटै बनेको हो ।

तसर्थ नागरिकलाई राम्रा कार्यकम दिदै निर्वाचन जित्ने र भविष्यको लागि विश्वास कमाउने प्रयास थाल्नुपर्छ । नागरिकले पत्याए भोली पनि उनीहरुले भने बमोजिम संशोधन गर्ने बाटो खुल्लै हुन्छ । तर अहिलेनै हतार हतारमा संशोधन समाधान नभएर सकसमात्र हुनेछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x