×

NMB BANK
NIC ASIA

सत्तारुढ गठबन्धनमा चुनावी समीक्षा : संघीय र प्रदेश निर्वाचनमा पनि होला तालमेल ?

जेठ ९, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।

Muktinath Bank

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आवद्ध पाँचै दल हौसिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेलबारे समीक्षा भएको थियो ।


Advertisment
Nabil box
Kumari

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेलबारे सत्ता गठबन्धनमा सन्तुष्टि रहेको र अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेल हुने जानकारी दिए ।

Vianet communication

‘स्थानीय तहमा आएको परिणामले सत्ता गठबन्धनमा सन्तुष्टि छ, मुलुकलाई जोगाउन प्रतिगमन विरोधी तथा लोकतन्त्र पक्षधर दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको छ, अब सत्ता गठबन्धन संसदीय निर्वाचनसम्म नै जान्छ, हाम्रा बीचमा चुनावी तालमेल जारी रहन्छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा सोचे जति नतिजा नआए पनि आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन सँगसँगै अघि बढ्ने बताए ।

‘देशको अग्रगतिका लागि गठबन्धन अझै अघि जानुपर्छ, प्रतिगमन विरोधी शक्तिहरूलाई तह लगाउन पनि आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक छ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले गठबन्धनको कोर्स प्रतिगमन विरुद्धको कोर्स रहेको र जनप्रतिनिधिमूलक संस्थालाई बचाउन तथा संविधानको रक्षा गर्न गठबन्धन अघि बढेको बताए ।

‘गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स हो, संघको निर्वाचनमा पुगेपछि त्यो कोर्स पूरा हुन्छ तर स्थानीय निर्वाचनमा गठबन्धनको जुन स्प्रिट थियो त्यो क्याच भएन,’ माओवादी केन्द्रका नेता पोखरेलले भने ।

आइतवार राति अबेरसम्म ७१८ स्थानीय तहको प्राप्त परिणामअनुसार सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस ३१४ स्थानीय तहमा प्रमुख/ अध्यक्ष जितेर स्थानीय तहमा पहिलो शक्ति बन्ने निश्चित भइसकेको छ ।

नेकपा एमालेले २०७४ सालमा जितेका करीब ९० स्थानीय तह गुमाउने देखिँदा सो दलले आइतवार राति अबेरसम्म १९५ स्थानीय तहमा जित्दै दोस्रो शक्ति बन्ने पक्का भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तहमा प्रमुख/अध्यक्ष एमालेले जितेको थियो भने कांग्रेसले २६६ स्थानीय तहमा जितेको थियो ।

सत्ता गठबन्धनको अर्को शक्ति माओवादी केन्द्रले विगतको परिणामलाई उछिन्दै १२० स्थानीय तहमा जीत हात पारिसकेको छ । सो दलले २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा १०६ स्थानीय तहमा जीत हात पारेको थियो ।

हालसम्म प्राप्त परिणामअनुसार गठबन्धनमा आवद्ध दल जसपा स्थानीय तहमा चौथो तथा नेकपा एस पाँचौं शक्ति बन्ने देखिएको छ । जसपाले आइतवार राति अबेरसम्म २९ र नेकपा एसले १७ स्थानीय तहमा जीत हात पारेका छन् ।

लोसपाले १४ स्थानीय तहमा जीत हात पार्दा अन्य दल तथा स्वतन्त्र उम्मेदवार गरी २९ तहमा जीत हात पारेका छन् । अब ५ महानगरपालिकासहित ३५ स्थानीय तहको परिणाम आउन बाँकी छ । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x