×

NMB BANK
NIC ASIA

रूग्ण उद्योग चलाउने मोडालिटीमा गृहकार्य

जेठ ९, २०७९

NTC
Premier Steels

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालनका लागि सार्वजनिक–निजी–साझेदारी र अन्य मोडालिटीमा गृहकार्य भइरहेको बताएका छन् । यस्ता उद्योग सञ्चालन गरेर उत्पादन र रोजगारी बढाई आत्मनिर्भरतातर्फ जानुपर्ने भन्दै उनले निजीक्षेत्रलाई तयारीका साथ आउन आग्रह गरे ।

Muktinath Bank

नेपाल उद्योग वाणिज्य महासंघले आइतवार काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवम् समाधानका उपाय’ विषयक कार्यक्रममा उनले यो जानकारी दिएका हुन् । ‘विगत वर्षहरूदेखि नै नीति तथा कार्यक्रममा आएको यो विषय कार्यान्वयन गर्न बजेट तथा कार्यक्रम नै ल्याउनेछौं,’ बडूले भने, ‘अहिले घोषणा भइरहेका औद्योगिक क्षेत्र सञ्चालनमा पनि निजीक्षेत्र आउनुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

औद्योगिक क्षेत्र घोषणा गरी जमीन छाडिएको तर पूर्वाधारमा लगानी गर्न सरकारसँग बजेट नभएको उनले बताए । उनले रासायनिक मल कारखाना स्थापनादेखि उत्पादनसम्ममा निजीक्षेत्र आउनुपर्ने बताए । मन्त्री बडूले अहिले इन्धनको मूल्यमा उच्च वृद्धि देखिएको भन्दै मूल्य प्रतिस्पर्धी बनाउन नेपाल आयल निगमको एकाधिकार तोड्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘निजीक्षेत्रका आपूर्तिकर्तालाई पनि इन्धन विक्री खुला गर्दा मूल्यमा प्रतिस्पर्धा हुन्छ र यसले उपभोक्तालाई सस्तो पर्नेछ,’ बडूले भने, ‘यद्यपि खाना पकाउने ग्यासमा भने सहुलियत दिन सकिँदैन ।’ हाल विश्वका विभिन्न देश (भारतलगायत)हरूले खाद्य सुरक्षालाई लिएर निर्यात प्रतिबन्धको नीति लिँदा त्यसको प्रभाव नेपालमा देखिएको भन्दै उनले आयात घटाउँदै उत्पादन बढाएर आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताए । पछिल्लो समय गहुँ निर्यातमा भारतले लगाएको प्रतिबन्धले मैदा, सुजी, आटाजस्ता उत्पादनमा केही महीनामै प्रभाव देखिने उनको भनाइ छ ।

Vianet communication

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष आयात परिणाम र मूल्यमा पनि उच्च वृद्धि देखिएको बताए । ‘सामान्यतया उपभोग घटाउन मूल्यमा चाप दिने गर्छौं,’ उनले भने, ‘जतिसुकै मूल्य बढोस् हामी उपभोक्ता किन्न राजी छौं ।’ अलिकति सजग भएर उपभोग गर्न सके अर्थतन्त्र सहज अवस्थामै हुने उनको भनाइ छ । ‘आन्तरिक ऋण तथा कर्जा विस्तारले खासै फरक पर्दैन,’ अधिकारीले भने, ‘आयात गर्दा जाने रकम हो, विप्रेषणले आयातको ४० प्रतिशत धान्ने गरेको छ ।’ सरकार तथा केन्द्रीय बैंकले लिएका नीतिले काम गरेको पनि उनले बताए । ‘अहिलेलाई नाफाभन्दा पनि समग्र अर्थतन्त्रलाई निजीक्षेत्रले ध्यान दिनुपर्छ,’ अधिकारीले भने, ‘सबैले ध्यान दिँदा अन्यत्रजस्तो समस्यामा हामी पर्दैनौं, यद्यपि अहिलेसम्मको डाइरेक्सन त्यति सकारात्मक नभए पनि हामी सचेत र सजग भएर काम गर्नुपर्छ ।’

‘९ महीनामा हामीले २ अर्ब ३८ करोडको डलर सञ्चिति गुमाएका छौं,’ गभर्नर अधिकारीले भने, ‘यो अति संवेदनशील कुरा हो । हामीसँग भएको साढे ९ अर्ब डलरको रिजर्भ वर्षमा २/३ अर्ब डलर गुमाउन सकिँदैन ।’ यसमा सरकार, केन्द्रीय बैंकमात्रै नभई निजीक्षेत्रको पनि सहयोग आवश्यक पर्ने उनले बताए । आर्थिक अभियान दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x