×

NMB BANK
NIC ASIA

रोकिएन राजस्व छलीका शृंखला

जेठ १०, २०७९

NTC
Premier Steels

राजस्व अनुसन्धान विभागले राजस्व छल्ने विरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् ।

Muktinath Bank

यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह, भविचन महत्तो कोइरी, श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध बिगोसहित अदालतमा मुद्दा दायर गरेको हो ।


Advertisment
Nabil box
Kumari

विभागले उच्च अदालत पाटनमा दायर गरेको सो मुद्दामा निरज ट्रेडर्स एन्ड सप्लायर्स र राज ट्रेडर्स कम्पनीमार्फत राजस्व छली गरेको पाइएको हो । उनीहरूले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई राजस्व छलेको विभागको आरोप छ ।

Vianet communication

अनुसन्धानका क्रममा उनीहरूले मालवस्तु तथा ढुवानीका साधन अनगुमन प्रणालीमा एकपटक प्रविष्ट भएको सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई मालवस्तु ढुवानी गरी काठमाडौं ल्याई बिक्रीवितरण गरेको पाइएको हो । यसैगरी नेपाल सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर छली गरेको देखिएको विभागले जनाएको छ ।

विभागले यस्तो कार्यमा पर्सा जिल्ला घर भई भरतपुर चितवनमा व्यवसाय गर्दै आएका निरज ट्रेडर्स एन्ड सप्लायर्सका प्रोपाइटर श्रीराम ठाकुर र सोही सप्लायर्सका सञ्चालक जटाशंकर जैसवाल रहेको बताएको छ । उनीहरूले कर छली गर्ने उद्देश्यले जालसाजीयुक्त नक्कली तथा झुटो मूल्यअभिवृद्धि कर बिजक खरिद गरी ऐन तथा नियमानुसार तिर्नुपर्ने कर नतिरी राजस्वट चुहावट गरेको विभागको दाबी छ ।

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को प्रथम संशोधनसहितको कानुनबमोजिम उनीहरू विरुद्ध त्यसबापत हुन आउने मूअकरतर्फ २ करोड ४१ लाख ३५ हजार ९ सय ४१ र आयकरतर्फ ५ करोड ५७ लाख १६ हजार ६ सय १२ सहित कुल बिगो हुन आउने ७ करोड ९८ लाख ५२ हजार ५ सय ५३ को शतप्रतिशत जरिमाना गरी १५ करोड ९७ लाख ५ हजार १ सय ६ रुपैयाँबराबरको मागदाबी गरिएको विभागले जनाएको छ ।

यसैगरी, महोत्तरीको गौशाला नगरपालिका–१ स्थायी घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने राज ट्रेडर्स नामक फर्मका प्रोप्राइटर राजकिशोर सिंह कुशवहा, सोही ठाउँका पुष्करकुमार सिंह र महोत्तरीको गौशाला नगरपालिका–१० स्थायी घर भएका भविचन महत्तो कोइरीले भारितीय चिनी अवैध रूपमा चोरीपैठारी गरी राजस्व छलेको अभियोगमा छलिएको राजस्व र त्यसको शतप्रतिशत जरिमानासहित ३ करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँ असुलको मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

२८ पटकसम्म कागजात सच्याई भारतीय चिनी चोरीपैठारी गर्ने राज ट्रेडर्सका तीनै जनाविरुद्ध विभागले राजस्व चुहावटसम्बन्धी ऐनअनुसार कायम बिगो १ करोड ८६ लाख २९ हजार ३१ रुपैयाँको शतप्रतिशत जरिमानासहित ३ करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको बताएको छ ।

यसअघि पनि विभागले विभिन्न तरिका अपनाएर करोडौं रुपैयाँ राजस्व छलीमा संलग्नविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेको जनाएको छ । । राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x