×

NMB BANK
NIC ASIA

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वयसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

जेठ १३, २०७९

NTC
Premier Steels

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय, प्राविधिक तथा निर्माण व्यवसायीसहित १८ जनाविरुद्ध तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ । 

Muktinath Bank

विभिन्न १३ वटा सडकखण्डको निर्माण कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियारले शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारका अनुसार ती सडकको ठेक्काहरूमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राविधिकहरूको उपस्थितिमा गुणस्तर परीक्षण नतिजाबाहेक खुद नापजाँचबाट निर्धारित प्रतिवेदनविपरीत नापजाँच गरी भुक्तानी गरेको पाइएको छ । 


Advertisment
Nabil box
Kumari

प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ । 

Vianet communication

गुणस्तरहीन कार्य गरेर पनि निर्माण व्यवसायीले बढी भुक्तानी लिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टविरुद्ध ७ लाख ६७ हजार ९८८ रुपैयाँ, अर्का प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीविरुद्ध २४ लाख ५१ हजार ५२६ रुपैयाँ, तत्कालीन इन्जिनियर पुर्ण कुँवरविरुद्ध ३१ लाख १९ हजार ५१४ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।

त्यसै गरी तत्कालीन सब-इन्जिनियर ज्ञानेन्द्र बुढाविरुद्ध ३२ लाख १९ हजार ५१४ रुपैयाँ, ल्याब टेक्निसियन धनबहादुर बिष्टविरुद्ध २९ लाख २८ हजार १६८ र निर्माण व्यवसायी कामी शेर्पाविरुद्ध २९ लाख २८ हजार २७४ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।

त्यसै गरी दोस्रो सडकको ठेक्कामा पनि उनीहरूविरुद्ध छुट्टै मुद्दा दर्ता गरिएको छ ।  

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टविरुद्ध १५ लाख १७ हजार ६९७ रुपैयाँ, तत्कालीन इन्जिनियर पुर्ण कुँवरविरुद्ध १५ लाख १७ हजार ६९७ रुपैयाँ विगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।

त्यसै गरी तत्कालीन सब-इन्जिनियर ज्ञानेन्द्र बुढाविरुद्ध १५ लाख १७ हजार ६९७ रुपैयाँ, ल्याब टेक्निसियन धनबहादुर बिष्टविरुद्ध १४ लाख ९६ हजार १५५ र निर्माण व्यवसायी हरि बिष्टविरुद्ध १५ लाख १७ हजार ६९७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दर्ता गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए । 

त्यसै गरी तेस्रो सडकको ठेक्का मुद्दामा पनि ७ जना विरुद्ध छुट्टै मुद्दा दर्ता गरिएको छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टविरुद्ध ४२ लाख ५३१ रुपैयाँ, अर्का प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीविरुद्ध ६ लाख ७८ हजार २२०, तत्कालीन इन्जिनियर पुर्ण कुँवरविरुद्ध ४७ लाख ७८ हजार ७५१ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।

त्यसै गरी तत्कालीन सब-इन्जिनियर भक्तराज जोशीविरुद्ध २७ लाख ५८ हजार ४३२ रुपैयाँ, सब इन्जिनियर नरेन्द्र शाही विरुद्ध २१ लाख २० हजार ३१९, ल्याब टेक्निसियन धनबहादुर बिष्टविरुद्ध ४० लाख १७ हजार ६०० र निर्माण व्यवसायी सन्तोष जोशीविरुद्ध ४८ लाख ७८ हजार ७५१ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x