कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
विकास निर्माणमा नातावादको ज्वलन्त उदाहरण बनेको छ कञ्चनपुर जिल्लामा बनेको एक पक्की कल्भर्ट । करीब २०० मिटरको दूरीमा त्यो विकासको नमूना देख्न सकिन्छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–२ गोकुलपुर गाउँमा स्याली नाला बग्ने गर्छ । नाला भएर दिनापुर, टेढुवा, बैजुडाँगा लगायतका गाउँका स्थानीय हिँड्ने सार्वजनिक बाटो छ । जुन नालामा कल्भर्ट नहुँदा स्थानीयलाई आवतजावतमा निकै सास्ती छ ।
नालामा कल्भर्टका लागि जग तयार छ तर वर्षौंदेखि बजेट नभएको भन्दै ढलान गरिएको छैन । पैदल यात्री तथा २ पांग्रे सवारीसाधनका लागि साँघु बनाइएको छ, जुन साँघु भएर स्थानीयको दैनिक गुर्जछ ।
नालाको करीब २०० मिटरको दूरीमा भने पक्की कल्भर्ट सरकारी बजेटमा निर्माण गरिएको छ । पक्की कल्भर्ट पारी कुनै बाटो छैन, छ त केवल एक व्यक्तिको घर । सो एक घरमा जानलाई पक्की कल्भर्ट बनाइएको स्थानीयको भनाइ छ ।
स्थानीय लेखबहादुर थापाले नालामा कल्भर्ट नहुँदा दिनहुँ दुर्घटना हुने गरेको दुखेसो सुनाए । विद्यालय जाने बालबालिकाका लागि एकदमै जोखिम रहेको थापाको भनाइ छ । उनले जहाँ जनताको आवश्यकता छ, त्यहाँ कल्भर्ट नभएको तर आवश्यकता नै नभएको ठाउँमा कल्भर्ट बनाइनुले आफूहरूलाई दुखित तुल्याएको स्थानीयको भनाइ छ ।
नयाँ बनाइएको कल्भर्टलाई स्थानीयले ‘सम्धी योजना’को नामले समेत सम्बोधन गर्ने गरेको बताइन्छ । स्थानीय माधव पौडेलले नाताको आधारमा खर्च हुने विकास बजेटले आमनागरिकलाई निकै सास्ती भएको बताए ।
स्थानीयका अनुसार बेलौरी नगरपालिका–२ का वडाध्यक्ष कलवीर चौधरीले आफ्ना सम्धी नाता पर्ने कृष्ण चौधरीको घर जाने नालामा २ लाख २५ हजारको लागतमा कल्भर्ट निर्माण गरिदिएका छन् ।
पछिल्लो ५ वर्षको अवधिमा समेत नालामा पुल बनाउन स्थानीय निकायको ध्यान गएन । मात्र चुनाव जित्ने एजेण्डा मात्रै बनेको बताइन्छ ।
बेलौरी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ढलान सहितको कल्भर्ट बनाउन १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो तर आर्थिक वर्षको अन्तिममा बजेट आएको र कार्यान्यनमा ध्यान नदिँदा समस्या त्यूँकात्यूँ रहेको छ ।
बेलौरी नगरपालिका–२ का वडाध्यक्ष कलबीर चौधरीले भने सम्पूर्ण वडावासी आफ्नो आफन्त भएको बताउँदै जहाँ आवश्यक्ता पर्छ, त्यहाँ बजेट छुट्याइने जिकिर गरे । वडाध्यक्ष चौधरी नेकपा एमालेबाट दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...