×

NMB BANK
NIC ASIA

माधव नेपालको पार्टी र सत्ता गठबन्धनमा ७ समस्या !

जेठ ३१, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको स्थायी कमिटी बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेश गरेका छन् । सो प्रतिवेदनमा उल्लेख भएको ‘निर्वाचनका सन्दर्भमा देखिएका समस्याहरू’ शीर्षकको बुँदामा चुनावका क्रममा देखापरेका समस्याहरुलाई उजागर गरिएको छ । 

Muktinath Bank

जसमा पार्टीभित्र र सत्ता गठबन्धनभित्र सातथरी समस्या भएको उल्लेख गरिएको छ । यस्तै चुनावका क्रममा केही प्राविधिक एवं प्रशासनिक समस्या पनि देखिएको नेपालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । 
 गठबन्धनभित्र देखापरेका समस्याका रुपमा नेपालले ७ बुँदामा उल्लेख गरेका छन् ।  जसमा  पहिलो, गठबन्धन गर्न नै नचाहने, दोस्रो गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रो गठबन्धनभित्र उपगठबन्धन गर्ने, चौथो गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्न,  पाँचौं गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने, छैठौं गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना कमजोर रहेको र सातौंमा गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने प्रवृत्ति भएको नेपालले उल्लेख गरेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै पार्टीभित्र देखापरेका समस्यालाई पनि उनले ७ बुँदामै उल्लेख गरेका छन् । ‘हाम्रो पार्टी पङ्क्तिमा मुख्य गरी निम्न प्रकारका समस्या देखापरे’, नेपालले प्रतिवेदनमा भनेका छन्, ‘पहिलो, गठबन्धन भैहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने । दोस्रो, आफुलाई केन्द्रविन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात जहाँ हाम्रो सङ्गठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रविन्दुमा राखेर सिट लिन चाहने । तेस्रो, गठबन्धन हुँदा उम्मेदवारी दिन तछाडमछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने । चौथो, चुनावलाई जनतामाझ राजनीति पु-याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने । पाचौं, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने । छैठौं, आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिँड्ने । सातौं, आफ्नो वास्तविक शक्ति र प्रभावको आँकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकाँक्षा राख्ने।’


Advertisment
Nabil box
Kumari

साथसाथै निर्वाचनका क्रममा मतपत्रको छपाइमा भएको गोलमालले मत बदर हुँदा पार्टीका धेरै उम्मेदवारहरूले पराजित हुनुपरेको पनि नेपालको निष्कर्ष छ ।  ‘त्यसरी पराजित घोषित भएका उम्मेदवारमा हाम्रो पार्टीका उम्मेदवार सबैभन्दा धेरै रहनु भएको छ । प्रशासनिक हिसावले हेर्दा पहिलो कुरा त निर्वाचन आयोग नै पूर्ण रूपले निष्पक्ष रहेन’, नेपालको निष्कर्ष छ, ‘उसले भन्ने एउटा गर्ने अर्को समेत गर्यो । उदाहरणको लागि महानगरपालिकाको हकमा उम्मेदवार भएका चिन्ह मात्र राखेर मतपत्र छाप्ने भन्यो तर काम उल्टो गर्यो । उम्मेदवार नभएका चिन्ह पनि राखेर मतपत्र छाप्यो । कतिपय निर्वाचन अधिकृतहरूले निष्पक्ष ढंगले काम गरेनन् । कैयन ठाउँमा प्रहरी प्रशासनले पनि निष्पक्ष व्यवहार गरेन ।’
नेपालले निर्वाचनमा संगठन पक्ष कमजोर भएको अनुभूत भएको भन्दै अब बलियो संगठन निर्माणमा लाग्ने बताएका छन् । 

Vianet communication

समाजवादीको नजरमा पार्टीको उपलब्धी
विभिन्न प्रकारका समस्या र कमी कमजोरीका बाबजुद पनि निर्वाचनबाट केही उपलब्धि हासिल भएको नेपालको प्रतिवेदनमा उल्लेख छ ।  पार्टीको तर्फबाट उम्मेदवार बनेका एक महानगरपालिका प्रमुख र एक उपमहानगरपालिका प्रमुखलगायत २० पालिकामा प्रमुख वा अध्यक्ष र २३ पालिकामा उपप्रमुख वा उपाध्यक्षमा विजय हासिल गरेको समाजवादीको भनाइ छ  । यस्तै १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित महिला सदस्य र ३८९ खुला सदस्य गरी जम्मा ९८६ जना विजयी हुनु सानै भए पनि उपलब्धि भएको समाजवादीको निष्कर्ष छ । 

साथसथै पार्टी र पार्टीको चुनाव चिन्हको प्रचार केही हदसम्म भएकाले पनि पनि एकखाले उपलब्धी भएको सो पार्टीको निष्कर्ष छ । 

रिपोर्ट पेश

आजको बैठकमा सातै प्रदेशका इन्चार्जबाट रिपोर्ट पनि पेश भएको छ । यसअघिको सचिवालय बैठकले स्थानीय चुनावमा गठबन्धनबाट धोका भएको निष्कर्ष निकाल्दै देशभरबाट विवरण सार्वजनिक गर्ने निर्णय भएको थियो । 

सोही अनुसार मंगलबार अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकमा  ७ वटै प्रदेशबाट इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेका हुन् ।  त्यसरी रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेस प्रदेशबाट रामचन्द्र यादब, बागमती प्रदेशबाट सावित्रा भुसाल, गण्डकी प्रदेशबाट केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट भागवत विश्वासी, कर्णाली प्रदेशबाट प्रकाश ज्वाला र सुदुरपश्चिम प्रदेशबाट गरिमा शाह गरेकी छन् । 

बैठक बुधबार बिहान ११ः०० बजे पुनः बस्नेछ भने भोलिको बैठकमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने महासचिव बेदुराम भुसालले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x